रिलिज हुन लागेको चलचित्र ‘माई लाईफ’ का प्रोड्यूसर सुरज आरडीले एग्रिमेन्ट अनुसार बाँकी रमक नदिएको भन्दै नायिका झरना थापाले उनी बिरुद्ध चलचित्र निर्माता संघमा उजुरी हालेकी छिन। झरनाले पैसाको लागि धेरै पटक निर्माता आरडीलाई फोन गरेको तर उनले पैसा दिन्छु भनेर झुलाई रहेकाले अन्तिम उपाय स्वरूप न्याय पाउँ भन्दै उजुरी दिएको बताईन्। चलचित्रमा एक लाख पचास हजारमा अग्रिमेन्ट भएको र पचास हजार लिन बाँकी रहेको भन्दै झरनाले भनिन्, ‘मलाई पैसा दिन पर्छ भनेर उहाँले मेरो डबिङ पनि अर्कैलाई गराउनु भएछ।’
झरनाका अनुसार उनको डबिङ पूर्वनायिका तथा हाल सर्चारकर्मीको रूपमा काम गर्दै आएकी कृती भट्टराईले गरेकी छिन्। झरना मात्र हैन सो चलचित्रका थुप्रै प्राबिधिकले पारिश्रमिक नपाएको बुझिएको छ।
चलचित्रका कयामेरा पर्स हरि हुमागाईंले पनि आफूले ४० हजारको हाराहारीमा पारिश्रमिक पाउन बाँकी रहेको बताएका छन्। उनले गत बर्ष रिलिज भएको सुरजकै चलचित्र’ भूल भए माफ गर’ बाट पनि करिब ३२ हजार पारिश्रमिक नपाएको दुखेको व्यक्त गरे। चलचित्र रिलिज हुन लागिसर्दा पनि पारिश्रमिक नपाएपछि हरीले पनि सो पारिश्रमिक दिलाई पाउँ भन्दै प्राबिधिक संघमा निर्माता विरूद्ध उजुरी दिने भएका छन्। करिब एक बर्षअगाडी छायाकंन भएको सो चलचित्रमा मेकअपको जिम्वेवारी पाएकी बिपना बस्नेतले पनि आफूले आठ हजार पाँच सय पारिश्रमिक पाउन बाँकी रहेको बताएकी छिन। उनले पनि निर्माता विरूद्ध उजुरी दिने बताईन्। निर्माताबाट ठगिएकी नायिका थापाले आफ्नो पारिश्रमिकको साथमा सो चलचित्रको डबिङ आफूले नै गर्नपाउनु पर्न बताएकी छिन।
आफूलाई एक वचन पनि नसोधी आफ्नो अभिनयमा अर्कैलाई डबिङ गराएको थाहा पाएपछि निकै क्रोधित बनेकी झरनाले पारिश्रमिक र डबिङ गर्न नपाएसम्म चलचित्र रिलिज गर्ननदिने समेत बताईन। सोमबार साँझ ४ बजे तिर एक प्राबिधिकको हातमा निर्माता संघमा उजुरी पठाएपछि जनदबाबसाग कुरा गर्दै झरनाले भनिन्, ‘मेरो अभिनयमा डबिङ गर्नपाउनु मेरो अधिकार हो।’ यता निर्माता संघका अध्यक्ष राजकुमार राईले झरना कलाकार भएकाले उजुरी कलाकार संघमा दिनुपर्न बताए। अन्यायमा परेकालाई न्याय दिनु संघको कर्तव्य भएपनि कलाकारलाई न्याय दिने कलाकार संघ नै भएको उनको तर्क छ। उजुरी दिन झरना आफैं उपस्थित हुनुपर्न बताउँदै अध्यक्ष राईले उजुरी दर्ता हुन नसकेको बताए।
Posted By: Narayan Nepal
can someone pass this message to jarna “i am making soon one music video on nepal i will provide as she need for that song clips amount”