छोरी बलात्कार गर्नेलाई १३ बर्ष कैद र २ हजार कोर्रा


आफ्नै छोरीलाई बलत्कार गर्ने बाबु जत्तिको अपराधि यो दुनियामा कोही पनि हुँदैन होला । त्यस्तो मान्छेले जस्तोसुकै सजायँ पाएपनि त्यो कम नै हुन्छ । मु्ख्य कुरो उसलाई आफ्नो अपराध बोध हुने किसिमको कस्तो सजायँ दिँदा उपयुक्त होला भन्ने हो । साउदी अरेबियामा हालै यस्तो अपराधीलाई निकै अचम्मको सजायँ सुनाइएको छ । उक्त व्यक्तिलाई बलत्कारको अभियोगमा १३ वर्षको जेल सजायँ मात्र सुनाइएको छैन, अबका १३ वर्षभित्रमा उसलाई २ हजार ८० पटक कोर्रा समेत हानिने छ ।

साउदी अरेबियाको समाचारपत्र ओकाजका अनुसार साउदी अरेबियाको मक्कास्थित एक धार्मिक अदालतले उक्त व्यक्तिलाई आफ्नी छोरीमाथि लगातार ७ वर्ष यौन अत्याचार गरेको ठहर गर्दै पछिल्लो सजायँ सुनाएको हो । बुवा भन्न पनि घिनलाग्दो त्यो पुरुषले छोरीलाई नशालु पदार्थ खुवाएर बलत्कार गर्दो रहेछ । उक्त पुरषलाई १३ वर्षभित्रमा २ हजार ८० पटक कोर्रा हान्ने सजायँ अदालतले सुनाएपनि एक दिनमा कतिपटकका दरले हान्ने भन्ने’bout भने केही खुलाइएको छैन ।

साउदी अरेबियामा धार्मिक कानुनको आधारमा अदालतले अपराधीलाई कोर्रा हान्ने सजायँ सुनाउँछ ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.