कटरिनालाई १८ मिनेटको ३ करोड


बलिउडकी टप हिरोइन कटरिना कैफ महंगी नायिका हुन् भन्नेमा दुइमत छैन । तर उनको मूल्य कतिसम्म माथि चढेको रहेछ भन्ने कुरा भने बल्ल थाहा भएको छ । कटरिनालाई मुम्बइको एक पाँचतारे होटलले एक कार्यक्रममा नाचेबापत मोटो रकम दिने प्रस्ताव गरेको छ । १८ मिनेटको उनको प्रस्तुतीका लागि २ करोड भारु अर्थात् ३ करोड २० लाख रुपैयाँ दिने प्रस्ताव गरिएको हो ।

होटलले निकट भविष्यमा गर्न लागेको एक कार्यक्रममा कटरिनाको प्रस्तुतीका लागि यतिधेरै रकम खर्चिन होटल तयार भएको छ । अघिल्लो वर्ष डान्स फ्लोरमा शिलाकी जवानी बनेर धूम मच्चाएकी कटरिनाले उनले उक्त कार्यक्रममा नयाँ चिकनी चमेली अवतारमा प्रस्तुत हुनेछिन् । कटरिना अभिनित नयाँ फिल्म अग्नीपथको चिकनी चमेली बोलको गितमा उनले नाच प्रस्तुत गर्ने बताइएको छ । यो गित निकै हिट हुने अपेक्षा पनि गरिएको छ ।

भारतीय संचारमाध्यमहरुले कटरिनालाई यतिविधि पारिश्रमिक अफर गरिएको समाचार प्रकाशन र प्रशारण गरिरहेका भएपनि कटरिनाले भने अहिलेसम्म यसको खण्डन वा पुष्टि गरिसकेकी छैनिन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.