१२ बर्षको लामो इतिहास बोकेको माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लब र हिजोदेखी आजसम्मका यात्रा..


ईन्द्र भुषाल, कुवेत

“E-SAF-C च्याम्पियनशिप सफल पार्न क्लवले आयोजना गर्ने कल्चरल च्यारिटी शो”

कुवेतसँग नेपालको कुटनैतीक सम्बन्ध १९७० को दशकमा भएको भएपनी नेपालीहरु आफ्नो रोजगारीको लागि कुवेत आउन बाक्लिएको भने सद्दाम हुसेनले कुवेतमा आक्रमण गरेपछिको कुवेत लिब्रेसन भएपछी मात्र हो यद्दपी त्यो भन्दा पहिला कुवेत आईपुगेका नेपालीहरु पनी हामीले भेटिने गरिएको छ । ९० को दशकपछी बिस्तारै बाक्लिदै गएको नेपाली कामदारहरुको घनत्व २०१२ को आगमन हुने बेलासम्म ६० हजारको हाराहारिमा पुगेको देखिन्छ । जहाँ नेपाली त्यहाँ संस्था आजभोलि त्यही भएको छ कुवेतमा मात्र होईन नेपालीहरु भएका कुनै पनि मुलुकमा । नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनपछी जे-जसरी राजनीतिक पार्टिहरु उदाए अझभन्दा त सरकारी र गैरसरकारी संस्थाहरु खोल्ने र फुटाउने रोग नै लागेको छ ।

कुवेतको नेपाली समाजमा कृयाशिल सबैभन्दा पुरानो संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब आज आफ्नो १२ औ वार्षिक उत्सबको संघरमा उभिएको छ । खेलप्रेमी प्रबासी नेपालीहरु हसाबियाको धुले मैदानमा रमाइलोसँग खेलेको देख्दै अचम्म मान्नुभएका क्लबका बर्तमान बरिष्ट सल्लाहाकार राजेन्द्र तमाङ, मित्र सिंजाली, तारा वान्तवा, खेलकुद बिभाग प्रमुख जगत मगर, संरक्षक बालकुमार गुरुङ र सदस्य राम बस्नेतहरुको प्रयासबाट स्थापित संस्था आज एक दशकको लामो यात्रा पार गर्दै १२ औ वार्षिक उत्सबमा प्रबेश गर्दैछ । हिजोका ति दिनहरु जतिबेला नेपालीहरुको बाहुल्यता एकदम न्युन रहेको थियो त्यो बेलाको आत्मियता र खेल जीवन सम्झदै संस्थापकहरु आजको भिड्भाडको बाताबरण सबै कोणबाट निकै फरक रहेको बताउनुहुन्छ । नेपाल सरकारको खेलकुद मन्त्रालयमा दर्ता भई कुवेतमा खेलकुददेखी सामाजिक सेवा समेत गर्दै आएको संस्था बितेका १२ वर्षहरुको लामो अनुभब, सकारात्मक र नकारात्मक बितेका पलहरुको सम्झना गर्दै आज ३५ सदस्यीय बलियो कार्यसमिति र कुवेतको नेपाली समाजका चर्चित हस्तिहरुको ८ सदस्यीय सल्लाहाकार समिति सहित अनबरत रुपमा नेपाल र नेपालीहरुको सुख र दु:खको साथी बन्दै ईन्द्रवती जस्तै बगिरहेको छ । एम.बि बमजन गोल्डकपको लामो ईतिहास सँगै हरेक साल मनाउदै आएको वार्षिक बनभोज अनी सुबिधायुक्त हलमा खेलाईने अन्तर नेपाली भलिबल प्रतियोगिता र अन्तर्राष्ट्रिय टुर्नामेन्टहरुमा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाउनु क्लबका परिचित कार्यक्रम हुन भने नेपालीहरुको हितको लागि हरपल गरिने मानबिय सेवाहरु क्लबको सामाजिक पाटो हो ।

कुवेतमा नेपाली दुताबास स्थापना भन्दा अगाडि संस्थागत हिसाबले नेपालीहरुको मन मष्तिस्कमा परिचित संस्था आज पनि उत्ति नै लोकप्रिय छ सामाजिक होस् वा खेलकुद होस् कुनै पनि क्षेत्रमा । कुवेतको बर्तमान नेपाली समाज र सँघ-संस्थाहरुको बिचमा अलगै पहिचान र सिद्दान्त बोकेर सबै संस्थाहरुको कार्यक्रमलाई सफल पार्ने महान बिचार नै क्लबको सामाजिक परिवेशसँग मिल्न सक्ने र समय अनुसार परिबर्तित हुँदै आफ्नो मुलमन्त्रलाई सदा-सर्वदा मुलबाटो सम्झने गाथा भएको छ । हिजोका १२ बर्ष जे-जसरी नेपाली समाजमा बितेर गए आगामी दिनहरु पनि अझै छरितो र नेपाली भएपछी नेपाललाई चिनाउनु पर्छ भन्ने मान्यता मात्र होईन नेपालीले नेपालीलाई सहयोग नगरे अरु कस्ले गर्ला भन्ने गहिरो सवाल समेत संस्थाले सम्पूर्ण प्रबासी नेपालीहरुलाई सन्देश स्वरुप दिंदै आएको छ ।

क्लवले गर्ने साँस्कृतिक कार्यक्रम र E-SAF-C को उद्देश्य

कुवेतमा कृयाशिल अन्य नेपाली संस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने मात्र होईन आफ्नो जन्मसिद्ध सिद्दान्तलाई कुनैपनी कोणबाट खुम्चिन दिन नहुने समय आएको क्लवले अनुमान गरेको छ आफ्नो यो १२औ वार्षिक उत्सबको संघारसम्म आइपुग्दा ।

२००५ मा क्लबले आयोजना गरेको प्रबासी सार्क स्तरिय फूटबल प्रतियोगिता E-SAF-C केबल इतिहास नबनोस् भन्दै पुन नेपाल लगायत सात देशका प्रबासी खेलाडीहरुलाई समेट्दै क्लबले २०१२ मा E-SAF-C खेलाउँदै छ । जसको लागि क्लवले आगामी ६ जनवरी २०१२ मा नेपालदेखी चर्चित कलाकारहरु ल्याई ब्रिहत साँस्कृतिक च्यारिटी शो को आयोजना गर्दैछ भने कुवेत आउने कलाकारहरुसँग सम्झौता भईसकेको छ । साँस्कृतिक कार्यक्रमका संयोजक तथा क्लवका संस्थापक बरिष्ट सल्लाहाकार श्री राजेन्द्र तामाङ्(नेपाल गएको बेला) र क्लवका संरक्षक श्री बालकुमार गुरुङ्ले कलाकारहरुलाई भेटी सम्झौता-पत्रमा हस्ताक्षर गर्नु भएको छ । श्री तामाङ् NRNA कुवेतका अध्यक्ष र श्री गुरुङ् NRNA कुवेतका सल्लाहाकार समेत हुनुहुन्छ ।

यसैगरी उक्त शो को लगत्तै क्लवले एम.बी बमजन गोल्ड कप सन्चालन गर्नेछ भने गोल्ड कपको लगत्तै सम्पूर्ण कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाहरुको सह यात्रामा क्लवले E-SAF-C खेलाउने छ । १२ बर्षको आफ्नो लामो इतिहास र संस्थापकहरुले क्लब प्रति देखाएको माया र स्नेहलाई सुरक्षित राख्दै बर्तमानको चुनौतिपूर्ण परिवेशमा क्लवले सम्पूर्ण पदाधिकारीहरु एकसाथ जुटेर आगामी यात्राको सफर गर्नेछ भने क्लवको यस राष्ट्रिय अभियानमा हाम्रा सम्पूर्ण शुभचिन्तक र कुवेतमा कृयाशिल नेपाली संस्थाहरुले क्लब प्रति देखाउँदै आउनु भएको माया र सदभावलाई प्रमाणित गर्ने अबसर पनि हो यो वहाँहरुलाई । सदासर्बदा नेपालीहरुको सुख दु:खमा साथ दिने बचन हामीले निभाउनु छ र निभाउँदै आएका पनि छौं हिजोदेखी आजसम्म.. ।

One response to “१२ बर्षको लामो इतिहास बोकेको माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लब र हिजोदेखी आजसम्मका यात्रा..

  1. Wishing all the success for E-SAFC. I am remembering all those days when I was part of E-SAFC in Kuwait in 2005.

    Congratulation Team!

  2. Such an imprsevsie article we wish all the best for this club

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.