ब्रुनाई जिआरयुमा भब्य चासोक तङनाम मनाइयो


ब्रुनाई, राजधानी बन्दरसेरी बेगवान नजिक रहेको जिआररुमा लिम्बुहरुले भब्य चासोक तङनाम मनाए । बर्ष दिनमा एक पटक आउने किरात लिम्बुहरुको मुख्य चाड चासोक तङनाम अर्थात न्वागी पुजामा पाकेको अन्नवाली कुलपितृलाई चढाएर पुजा गरियो ।

अत्यन्तै ब्यवस्थित कार्यक्रममा युवा विद्यार्थिहरुले च्याब्रुङ नाचेर, पालाम गाएर, धाननाचेर आफ्नो संस्कृतिलाई माया गरे । ब्रुनाई मै निर्माण गरिएको एक दर्जन च्याब्रुङहरुले कार्यक्रमस्थल नै थर्काएको थियो । विभिन्न लिम्बु स्रष्टाहरुले कविता बाचन गर्नुको साथै हाक्पारे पनि गाएका थिए । दिदीबहिनी तथा विद्यार्थिहरुले धितमरुन्जेल च्याब्रुङ नाचेका थिए ।

किरात याक्थुङ चुम्लुङ ब्रुनाईको आयोजना रहेको उक्त चासोक तङनाममा आमन्त्रित ज्वाई बुटुम्बेरीहरुलाई लिम्बु खाना चाख्न लगाइएको थियो ।

कार्यक्रममा ब्रुनाई किरात सहमति एकता समाजको अध्यक्ष क्याप्टेन निर्मल राई, लेफिटिनेण्ट विष्णु लिम्बु, सन्तराज आङदेम्बे, विकास लिम्बु, भक्त लिम्बु, तुलसी लिम्बु, महेश बनेम, विश्वास दीप तिगेला लगायतले बोलेका थिए । कार्यक्रमस्थल वरिपरि लिम्बुहरुले प्रयोग गर्ने हतियार, ढिकी जाँतो, हलो इत्यादीले सजाइएको थियो । कार्यक्रमलाई श्रीमति उषा लिम्बुले संचालन गर्नुभएको थियो भने कार्यक्रममा माध्यामिक र कजेल पढ्ने लिम्बु युवायुवतीहरुको पनि उलेख्य उपस्थिती र सहभागिता रहेको थियो ।

काँचो बाँस काटेर परम्परागत बनाईको तोङ्वा उपस्थित सबैलाई हेनामेक्मा गर्दै प्रदान गरिनु र आकासमा पूर्ण आकारको चन्द्रमा उदाउनुले कार्यक्रम अत्यन्तै अबिश्मरणिय भएको थियो । यस किरात उधौली चाडलाई राईहरुले साकेला, सुनुवारहरुले फोलष्यादर, याख्खाहरुले चासुवा र लिम्बुहरुले चासोक तङनाम भन्दछन् ।

0 responses to “ब्रुनाई जिआरयुमा भब्य चासोक तङनाम मनाइयो

  1. Thank you for saving Nepali tradition

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.