बजाजद्वारा करोडपति पैजालाई पुरस्कार हस्तान्तरण


एक करोडमा २५ लाख सरकारी कर

काठमाडौ, २५ मंसिर एचएच बजाज कम्पनीले ‘बजाजपति अब करोडपति’ उपहार योजनाकी विजेता ममिता पैजालाई आइतबार एक करोड रुपैयाँको पुरस्कार हस्तान्तरण गरेको छ । नेपालको इतिहासमा पैजाले प्राप्त गरेको नगद पुरस्कार सबैभन्दा ठूलो पुस्कार भएको एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले बताए ।    पैजाले गत कात्तिक ९ गते लक्ष्मी पूजाको दिन आफ्ना दाजुलाई १५० सीसीको पल्सर मोटरसाइकल खरिद गरिदिएकी थिइन् ।

शनिबार योमरी पुर्णिमाको दिन खोलिएको लक्की ड्रमा उनलाई एक करोड रुपैयाँको नगद पुरस्कार परेको थियो । पैजाले पोखरास्थित बजाजको सोरुम इच्छा शक्ति अटो मोबाइलबाट उक्त मोटरसाइकल खरिद गरेकी थिइन् । पैजाले जितेको उक्त एक करोड रुपैयाँको २५ प्रतिशत अर्थात् २५ लाख रुपैयाँ नेपाल सरकारले करमार्फत कटौती गर्नेछ भने उनले नगद ७५ लाख रुपैयाँ मात्र पाउनेछिन् ।  बजाजले गत भदौ २५ गतेदेखि मंसिर १६ गतेसम्म सञ्चालन गरेको सो योजनामा खरिदकर्ताले ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार स्क्र्याच कार्डमार्फत र बम्पर लक्की ड्रमा एक करोड रुपैयाँसम्मको नगद पुरस्कार योजनामा राखेको थियो । उक्त योजना अवधिभर ११ हजार ९ सय ६७ वटा बजाज मोटरसाइकल बिक्री भएको गोल्छाले बताए ।

२५  लाख कर बुझाउन पाउँदा भाग्यमानी ठानेकी छुँ –  ममिता पैजा

म्याग्दी पुख्र्यौली घर भई पोखराको फूलबारीमा बस्दै आएकी १९ वर्षीया ममिता पैजा आफुले एक करोड रुपैयाँ जित्ने कल्पनासमेत नगरेको बताइन् । दाजुलाई खरिद गरिदिएको १५० सीसीको नीलो रंगको मोटरसाइकलले करोडपति बनाएकोमा एचएच बजाज कम्पनीलाई उनले धन्यवाद दिइन् । पुरस्कार ग्रहणको लागि भोलिपल्टै काठमाडौं आइपुगेकी पैजासँग गरिएको कुराकानीको केही अंशः

करोडपति भइएला भनेर कल्पना गर्नुभएको थियो ?  

– सोचेको पनि थिइनँ । दाइ केशबहादुर पैजा मोटरसाइकल चढ्नुहुन्थ्यो । यत्तिकैमा शनिबार फोन आयो, तपाईं करोडपति बन्नुभयो भनेर, मलाई पत्याउनै गार्हो भयो ।

अब यत्रो रकम कसरी खर्च गर्नुहुन्छ ?  

– सम्पूर्ण रकम आफ्नो बुबा र आमालाई दिन्छु । अब मैले यो रकमबाटै आफ्नो पढाइलाई पूरा गर्ने सोच बनाएको छु ।

तपाईंलाई करोडपति बनाउने बजाज कम्पनीलाई के भन्नुहुन्छ ?  

– दाजुका लागि किनेको बाइकले मेरो जीवनमा यत्रो परिवर्तन ल्याउनेछ भनेर मैले कहिल्यै सोचेको थिइन् । यो सबै कुरा एचएच बजाजको कारणले मात्र सम्भव भएकाले कम्पनीलाई धन्यवाद दिन चाहन्छु र मोटरसाइकल चढ्ने युवापंक्तिलाई बजाजकै मोटरसाइकल खरिद गर्न आग्रह गर्छु ।

तपाईंले जितेको रकमबाट सरकारले करबापत २५ प्रतिशत रकम लिँदैछ, यस ’boutमा के भन्नुहुन्छ ?

– आफू सामान्य परिवारको मान्छे भएकाले सरकारलाई करका रूपमा खासै सहयोग गर्न पाएको थिइन् । तर, आज भाग्यले जितेको रकमबाट भए पनि मैले सरकारलाई थोरै सहयोग गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानेकी छुँ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.