पूर्व अमेरिकी राष्ट्रपतिकी छोरी बनिन् ‘टेलिभिजन पत्रकार’


वासिङ्टन, एजेन्सी । कुनैबेला सञ्चार माध्यम सामु उभिँदा संकोच मान्ने अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनकी छोरी चेल्सी क्लिन्टन देशकै ठूलो टेलिभिजन च्यानलको संवाददाता हुन पुगेकी छिन् । ३१ वर्षीया चेल्सी पहिलो पल्ट अरकानासमा गरिब बालबालिका सम्बन्धी रेकर्ड गरिएको दुई मिनटको अन्तर्वार्ता लिएर एनबिसीमा देखा परेकी थिइन् ।

सामान्य भान्टा रङको पोसाकमा स्टुडियोमा उपस्थित भएकी क्लिन्टनले क्यामरामा कार्यक्रम ’bout बोल्नु पूर्व शान्तपूर्वक ब्रायन विलियम्ससँग कुरा गरेकी थिइन् । एक समाचारमा क्लिन्टन जेफेरसन काउन्टीस्थित टप्स सेन्टरमा त्यसको संस्थापक एन्नेटे डोभसँग उनीहरूले सेवा पुर्‍याई रहेको ५ सय बालबालिका, युवा तथा वयस्कहरू’bout जानकारी लिनुकासाथै केटाकेटीका लागि मेक्सिकन कर्नब्रेड (खाद्यपदार्थ) बनाउँदै गरेको देखिएकी थिइन् ।

पूर्व प्रथम छोरीसँगै काम गर्नुको अनुभव निकै राम्रो रहेको डोभले दि टेलिग्राफलाई बताइन् । ‘उनी निकै व्यावसायिक थिइन् । पूर्ण तयारीकासाथ आएकी थिइन् । उनलाई निकै चलाख भन्न सकिन्छ,’ उनले भनिन्, ‘मलाई उनीमाथि गर्व छ । मेरो विचारमा उनले उत्कृष्ट काम गरेकी छिन् । उनले हाम्रो संस्थाको नाम अझ चम्काएकी छिन् ।’

क्लिन्टनले आगामी तीन महिनाको शृङ्खलाका लागि ‘मेक अ डिफरेन्स’ शृङ्खलामा विशेष संवाददाताका रुपमा काम गर्नेछिन् ।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.