आफु बन्न चाह्यौ !!


मिना बास्तोला “उदासी”
रिक्का, कुवेत

तिमीसँग मैले झुटो माया लिएं  ‎
मेरा सारा खुशी तिमीलाई नै दिएं  ‎
हरपल तिमीलाई साथ मैले दिएं  ‎
मुटुभरी तिम्रा रुखा बचन लिएं

यहि रुखा बचनले दुख्छ मेरो मुटु ‎
गाह्रो हुन्छ सहन खान्छ कुटुकुटु ‎
यति धेरै माया तिमीले नै पायौ ‎
त्यै मायाले आज आफु बन्न चाह्यौ

सजाउन मिठो भयो त्यै मेरो माया ‎
आज मलाई बनायौ पर्छाईको छायाँ ‎
तिम्रो आश गर्दागर्दै मन जलेर गयो ‎
मेरो साँचो माया पनि खेलौना भयो

खेलौना बनाई मन तिम्रो भुल्यो ‎
यो साँचो मायाले तिम्रो बाटो खुल्यो ‎
सारा बाटाखुले कुल्ची हिंड्यौ माया ‎
हेर मेरो जवानी भयो घाम छायाँ

यो मायाको सहाराले पाईला अघि सार्‍यौ  ‎
बढी सक्यो अगाडी माया पछी छाड्यौ ‎
हरेक तिम्रो बाधामा मेरै माया पायौ ‎
त्यै मायालाई पछी छाड्यौ आफु बन्न चाह्यौ

शितल भयौ तिमी चर्को घामले पोल्दा ‎
शान्ति लियौ तिमीले मिठोबोलि बोल्दा ‎
तिम्रा दु:ख पिडा मैले बाँडी लिएं
मेरो साँचो माया तिमीलाई नै दिएं

तर चिन्न चाहेनौ माया तिमले साँचो ‎
लुटेर लागेसरि भयो मेरो हाँसो ‎
लुटेर लग्यौ हाँसो आँशु बगीरहन्छ ‎
अब यो मनले पनि माया नगर भन्छ

तिम्रा निम्ति छोड्छु यस जुनीको चोला ‎
न त माया फर्की आउँछ हो बगेको खोला ‎
हरेक दुख पिडामा तिमीले खुशी पायौ ‎
अझै पनि तिमी किन आफु बन्न चाह्यौ ??‎

2 responses to “आफु बन्न चाह्यौ !!

  1. Nice one keep it up !!!

  2. mina G good 6 ..keep it up ..& try more ..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.