Daily Archives: 13/12/2011

हार्दिक बधाई तथा शुभकामना !!



नेपाल जन-प्रगतिशिल मञ्च कुवेतका अध्यक्ष तथा समाजसेवी श्री ध्रुव कुमार संग्रौला(कुमार झापाली) एनआरएनए मध्यपूर्वका क्षेत्रिय पदाधिकारीमा चयन हुनु भएकोमा वहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छौं ।

टेन्डुप शेर्पा                                                                              तारा पौडेल
अध्यक्ष                                                                                     सचिव

बजाजद्वारा करोडपति पैजालाई पुरस्कार हस्तान्तरण


एक करोडमा २५ लाख सरकारी कर

काठमाडौ, २५ मंसिर एचएच बजाज कम्पनीले ‘बजाजपति अब करोडपति’ उपहार योजनाकी विजेता ममिता पैजालाई आइतबार एक करोड रुपैयाँको पुरस्कार हस्तान्तरण गरेको छ । नेपालको इतिहासमा पैजाले प्राप्त गरेको नगद पुरस्कार सबैभन्दा ठूलो पुस्कार भएको एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले बताए ।    पैजाले गत कात्तिक ९ गते लक्ष्मी पूजाको दिन आफ्ना दाजुलाई १५० सीसीको पल्सर मोटरसाइकल खरिद गरिदिएकी थिइन् ।

पढ्नेक्रम जारी राख्नुहोस्

१२ बर्षको लामो इतिहास बोकेको माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लब र हिजोदेखी आजसम्मका यात्रा..


ईन्द्र भुषाल, कुवेत

“E-SAF-C च्याम्पियनशिप सफल पार्न क्लवले आयोजना गर्ने कल्चरल च्यारिटी शो”

कुवेतसँग नेपालको कुटनैतीक सम्बन्ध १९७० को दशकमा भएको भएपनी नेपालीहरु आफ्नो रोजगारीको लागि कुवेत आउन बाक्लिएको भने सद्दाम हुसेनले कुवेतमा आक्रमण गरेपछिको कुवेत लिब्रेसन भएपछी मात्र हो यद्दपी त्यो भन्दा पहिला कुवेत आईपुगेका नेपालीहरु पनी हामीले भेटिने गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पूर्व अमेरिकी राष्ट्रपतिकी छोरी बनिन् ‘टेलिभिजन पत्रकार’


वासिङ्टन, एजेन्सी । कुनैबेला सञ्चार माध्यम सामु उभिँदा संकोच मान्ने अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनकी छोरी चेल्सी क्लिन्टन देशकै ठूलो टेलिभिजन च्यानलको संवाददाता हुन पुगेकी छिन् । ३१ वर्षीया चेल्सी पहिलो पल्ट अरकानासमा गरिब बालबालिका सम्बन्धी रेकर्ड गरिएको दुई मिनटको अन्तर्वार्ता लिएर एनबिसीमा देखा परेकी थिइन् ।

सामान्य भान्टा रङको पोसाकमा स्टुडियोमा उपस्थित भएकी क्लिन्टनले क्यामरामा कार्यक्रम ’bout बोल्नु पूर्व शान्तपूर्वक ब्रायन विलियम्ससँग कुरा गरेकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

अस्तित्वको कुरा यहाँ.. !!


चुगेन्द्र ताम्ली, आउदी अरब


अस्तित्वको कुरा गर्दै तिमि यहाँ हिंड्छौ
यसलाई कुल्ची कुल्ची बाटो खोज्दै छिर्छौ

कसलाई दिउँ दोष यहाँ संसार नै पागल भाछ
एउटालाई सम्झायो यहाँ अर्को लड्न थाल्छ पढ्नेक्रम जारी राख्नुहोस्

ब्रुनाई जिआरयुमा भब्य चासोक तङनाम मनाइयो


ब्रुनाई, राजधानी बन्दरसेरी बेगवान नजिक रहेको जिआररुमा लिम्बुहरुले भब्य चासोक तङनाम मनाए । बर्ष दिनमा एक पटक आउने किरात लिम्बुहरुको मुख्य चाड चासोक तङनाम अर्थात न्वागी पुजामा पाकेको अन्नवाली कुलपितृलाई चढाएर पुजा गरियो । पढ्नेक्रम जारी राख्नुहोस्

आफु बन्न चाह्यौ !!


मिना बास्तोला “उदासी”
रिक्का, कुवेत

तिमीसँग मैले झुटो माया लिएं  ‎
मेरा सारा खुशी तिमीलाई नै दिएं  ‎
हरपल तिमीलाई साथ मैले दिएं  ‎
मुटुभरी तिम्रा रुखा बचन लिएं

यहि रुखा बचनले दुख्छ मेरो मुटु ‎
गाह्रो हुन्छ सहन खान्छ कुटुकुटु ‎
यति धेरै माया तिमीले नै पायौ ‎
त्यै मायाले आज आफु बन्न चाह्यौ पढ्नेक्रम जारी राख्नुहोस्