जाडोमा काम्दै चेपाङ परिवार


बुद्धराम र बिभा चेपाङको घरमा पुग्ने जो कोहीलाई लाग्न सक्छ, अहिलेको कठ्यांगि्रँदो जाडोमा कसरी रात काट्छन होला ? न ओढ्ने ओछ्याउने सिरक डस्ना छन्, न त न्यानो घर नै । तीन सदस्यीय परिवारमा बाबु आँखा देख्दैनन् भने वयस्क छोरी सुस्त मनस्थितिकी छन् ।

गोरखा सिमानाको धादिङ, बेनिघाट ७ का चेपाङलाई जाडो मात्र हैन यो परिवारको स्वास्थ्य अवस्था र खानपान पनि समस्याग्रस्त छ । जन्मैदेखि छोरी बोल्न र सुन्न सक्दिनन् । बाँकी दुई वृद्धवृद्धा हुन् । ‘त्यसमा पनि बाहिरको काम गरी कमाएर पालनपोषण गर्ने घरबुढा आँखा नदेख्ने भएको आठ वर्ष भयो,’ ६९ वर्षीया वृद्धा बिभाले भनिन् ।  उनीहरूसँग सम्पत्तिका नाममा एक टुक्रा जमिन पनि छैन । उनीहरू आफन्तको जग्गामा सानो छाप्रो बनाएर बस्दै आएका छन् । उक्त घरमा जाडोको मौसममा चारैतिरबाट हावा छिर्छ । ‘वर्षायाममा भिज्दै रात बिताउँछौं,’ उनले भनिन्, ‘घरको कुरा के गर्ने, खाने कुरा पनि केही छैन । कहिलेकाहीँ माग्नका लागि सहर पसौं कि भन्छु । दुवै जना बिरामी छन् छाडेर कहाँ जाने ?’ परिवारका तीनै जनाले नयाँ लुगा लगाउने कुरा त परै जाओस् एउटै कपडा लगाएको वषौर्ं बितिसक्यो ।

घरमूली बुद्धराम आँखा नदेख्ने भएपछि चेपाङ परिवारको बिजोग भएको हो । ७१ वर्षीय उनले आठ वर्ष अघिबाट आँखा देख्न छाडेका हुन् । ‘सम्पत्ति केही नभए पनि आँखा देखुन्जेल मजदुरी काम गरेर परिवार पाल्दै आएको थिएँ,’ उनले भने, ‘आँखा नदेख्ने भएपछि म र मेरो परिवारले पेटभरि खान पाएको कुनै दिन छैन ।’ उनीहरू दिनमा एक छाकमात्र खान्छन् । त्यो पनि बढी मात्रामा गिठ्ठा र भ्याकुर । बुद्धरामका अनुसार उनका पाँच छोरी जन्मिएका थिए र तीन छोरी विवाह गर्न नपाउँदै मरे ।

जन्मजात बोली नफुटेकी एक छोरी बाबुआमासँगै बस्दै आएकी छन् । ‘बाँकी एक छोरी विवाह गरेर श्रीमान्सँगै पहिल्यै घर गइसकी,’ बुद्धरामले भने, ‘त्यसले पनि हाम्रो बिजोग देखेर भेट्न नआएको महिनौं भयो । दसैंपछि अब भेट्न नै आउँदिन भन्दै गएकी छ ।’ उनीहरूको जीविकोपार्जन कहिलेकाहीँ गाउँमा पुग्ने कसै-कसैले गरेको आर्थिक सहयोगका भरमा चलिरहेको छ । अन्य अवस्थामा खानपिनका लागि गाउँलेले सहयोग गर्ने गरेको स्थानीयहरूले बताए ।

१५ परिवार चेपाङ बस्ती रहेको उक्त गाउँमा सबैभन्दा बढी बिजोग बुद्धराम र बिभाको परिवारको हो । पृथ्वी राजमार्गको बेनीघाट बजारबाट करिब आधा घन्टा पैदल दूरीमा उनीहरूको बसोबास छ । बाहिरी गाउँबाट करिब बीस वर्ष अघिबाट बेनिघाट झरेका उनीहरूले मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका थिए । बूढा आँखा नदेख्ने, छोरी लाटी र बूढी दुई जनाको बिरामी कुरुवा बन्नुपरेपछि उनीहरूको बिजोग भएको एक गैरसरकारी संस्थामा काम गर्ने विनोद बस्नेतले बताए । ‘घरमूलीको आँखाको उपचारमात्र गराइदिन सके यिनीहरूको समस्या निकै सुल्झने थियो,’ स्वयंसेवी संस्थामा काम गर्ने बस्नेतले भने, ‘उनीहरूलाई सहयोग र उपचार खर्च जुटाउन सहयोगी संस्था/व्यक्ति खोजीमा छौं ।

Posted by: Dambar Rimal                                Source : Ekanitipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.