एकता अनी उद्वारताको उदाहरण बन्यो ‘अल्घानिम सेक्युरिटी ग्रुप’


जितेन थिङ्, कुवेत

“मृगौला पीडितको सहयोगार्थ नेरु. ३ लाख ९१ हजार ८६९ संकलन”

अल्घानिम सेक्युरिटी ग्रुपमा बिगत ५ बर्षदेखी काम गर्दै आएका युवा भाई अमित गुरुङ मिति ०९-१२-२०११ का दिन नेपाल फर्कनु परेको छ । वहाँको स्वास्थ्यमा केही असामान्य परिवर्तन देखिएपछी स्वास्थ्य परिक्षणको लागि जाहारास्थित अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य परिक्षणमा वहाँको दुबै मृगौलाले काम गर्न छोडेको डाक्टरहरुले निर्क्योल निकाले र मृगौला प्रत्यारोपण नै बाँच्ने अन्तिम उपाय भनेर ठोकुवा लगाए । मृगौला प्रत्यारोपणको लागि ठुलो घनराशी आवश्यक पर्ने त्यो पनि कुवेतमा गर्न नमिल्ने भएकोले वहाँलाई स्वदेश फिर्ता पठाइएको छ ।

मध्यमस्तरको आर्थिक जीवन व्यतित गरिरहेका कारण उनको परिवारबाट समेत उनको जीबन रक्षा हुने सम्भव नदेखिएकाले र कम्पनी सेक्युरिटी ग्रुप र कम्पनीको इन्सुरेन्स पोलिसीबाट पनि केही सहयोग नमिल्ने निर्क्योल भएपछी उनको उपचारको लागि अल्घानिम सेक्युरिटी ग्रुपका म्यानेजर नेत्र बहादुर लिम्बु ज्यूको नेत्रित्वमा सम्पूर्ण नेपाली साथीहरुले पहिलो किस्तामा नेरु. ३ लाख ९१ हजार ८६९ (के.डि 1305.750) जम्मा गरी ०९-१२-२०११ शुक्रबारको दिनमा युएई एक्स्चेन्ज (Himalayan Bank) मार्फत मृगौला पीडित गुरुङ्की श्रीमती मिनु गुरुङ्को नाममा रकम पठाइएको छ ।

२७/२८ बर्षको कलिलो उमेरमै यस्तो भयानक रोगबाट ग्रसित हुन पुगेका भाई अमित गुरुङको उपचारार्थ दोश्रो किस्तामा पनि आर्थिक सहयोग गर्ने प्रतिबद्दता अल्घानिम सेक्युरिटी ग्रुपका साथीहरुले जनाउनु भएको छ ।

केही दिन अगाडि मात्रै पर्बतका एकै घरका ५ अपाङ्ग बालिकाहरुलाई सहयोग गरेका अल्घानिमका साथीहरुले फेरी छोटो अवधिमा अमित गुरुङ्को उपचारको लागि यती ठुलो रकम जम्मा गरेर कुवेतका नेपाली तथा अन्य कम्पनीको माझमा एकता र उद्वारताको भावना पस्केका छन । अल्घानिम सिक्युरिटी ग्रुपले अमित गुरुङको उपचारको लागि सहयोग गर्नुहुने सम्पूर्ण नेपाली तथा गैर नेपाली साथीहरुलाई हार्दिक धन्यवाद ब्यक्त गरेको छ । साथै सहयोग गर्न इछुक ब्यक्ति तथा संघसंस्थाहरुलाई पनि हार्दिक स्वागत गर्दछ ।

Advertisements

7 responses to “एकता अनी उद्वारताको उदाहरण बन्यो ‘अल्घानिम सेक्युरिटी ग्रुप’

  1. अल्घानिम मा कार्य्ररत नेपाली हरुको यो महान सामाजिक कार्यको म सदैब खुलेर पर्सम्शा गर्दछु । हजुर हरुले देखाउनु भएको यो नेपालीत्व सदासर्बदा जीवन्त रहनेछ । आगामी दिनहरुमा पनि हजुरहरुका सहयोगी हात हरु यसरी नै अगाडि बडुन मेरो शुभकामना । पीडित साथी को शुवास्थ लाभ को कामना गर्दछु । खुशी लाग्यो जितेन जि समाचार सुनेर ।

  2. the humanity shown by guys at alghanim is always remembered & appreciated for a longtime

  3. मानव जन्मबाट गरीब अनी जन्मबाट धनी हुने हैन धनी, गरीब, रोग, बिमार जन्मेपछी हुने हो वास्तवमा धनी त्यो हुन्छ जस्ले अर्काको मर्म बुझ्छ । अल्गानिमको साथीहरुले बुझ्नु भयो एस्तो कामले सहयोग मात्र हैन मानवमा एउटा जगरण पलाउछ धेरै मान्छेहरुले यो सहयोग गर्नु पर्ने कुराहरु सिक्छन यो एउटा सब्यताको प्रतिक हो धेरै धेरै धन्याबद साथीहरुलाई ।।

    नेत्र पंगेनी

  4. Alghanim pura Team laai dhanyabad din chaahaanchhu hajurharule jun kam garirakhanu bhayeko chha yo kuwait basi haruko lagi udaran banna pugeko chha yasai gari sabai kuwait basi nepali daju bhai didi bahini harule pani sahayog garun ra garnu parchha bhanna chaahaanchhu. Dhanyabad Hajurharulai.

    Dharma Raj Giri

  5. Extremely sad to hear, Netra jee, you did great job well done to you and entire Alghanim family.

    Rajendra

  6. Thanks to all those friends who help to friends Amit,because we all are nepalese and we will help in future in needs to any1.and needs more publicities abouts the cause 4helps. thanks to mr jiten about the wonderful startings.

  7. welldone alghanim brothers good job, keep it up.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.