आमा छोराद्वारा बाबुको हत्या


पर्वतको आर्थर गाविसमा आमा र छोरा मिलेर बाबुको हत्या गरेका छन् । आर्थरडाँडाखर्क गाविस ८ का ५५ वर्षीय कृष्णबहादुर सुनारका श्रीमती र तीन छोरा मिलेर कुट कुटपीट गरी सुनारको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले मृतकका भाइ चन्द्रबहादुर सुनारले जाहेरी दिएपछि पक्राउ परेका श्रीमती इन्द्रकुमारी सुनार, छोराहरु रामु, काशीराम र कुमार सुनारसँग कर्तब्य ज्यान मुद्दामा अनुसन्धान थालेको हो । सुनारले घर छेउकै गोठमा आगो लगाएपछि छोरा र श्रीमती मिलेर सुनारलाई कुटपिट गरी १९ गते सोमबार हत्या गरेको अनुसन्धानको क्रममा खुलेको हो । 

हत्या गरिएका सुनारका छोरा र श्रीमतीले विष सेवन गरी उपचारका क्रममा पोखरामा मृत्यु भएको जानकारी दिए पनि लासको प्रकृति हेरी कुटपिट गरी हत्या भएको देखिएको प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । हत्या गरिएका सुनारको ओठमा चोट लागेको,आँखा सुनिएका र शरीरभरी निलडाम रहेको पाईएको पनि गुरुङले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

पक्राउ परेका अभियुक्तहरुसँग बयान लिने कार्य जारी रहेको र घट्नाका ’boutमा थप कुरा खुल्ने प्रहरीले जनाएको छ । सुनारले मदिरा सेवन गरी घरमा आएर श्रीमतीलाई कुटपिट गर्ने गरेकाले हत्या गरेको पक्राउ परेका अभियुक्तले प्रहरी समक्ष बताएका छन् ।

Posted by:Dambar Rimal                                                                Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.