तामाङ् ल्होछारको अबसरमा मंगोलियन हर्टका राजु लामा कुवेत आउँदै


अमृत तामाङ्, कुवेत

बिस्वभरी छरिएर रहेका नेपाली आदीबासी जनजाती समुदायहरुले आ-आफ्नो मौलिक परम्परा, भाषा-लिपी, धर्म-संस्कृती तथा रीति-रीवाजलाई जोगाई राख्नको निमित्त बिभिन्न साँस्कृतिक पर्बहरु धुमधामका साथ मनाउँदै आएका छन् । परापूर्वकालदेखी मान्दै आएका यस्ता साँस्कृतिक पर्वहरुलाई आफु जहाँ रहेतापनि सो लाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता राख्दै तामाङ, गुरुङ, मगर, शेर्पा, थकाली, भोटे लगायतका आदीबासी जनजातीहरुले ‘ल्होछार’पर्बलाई बर्षको एकचोटी धुमधामका साथ मनाउने प्रचलन रहेको पाईन्छ ।

खाडीमुलुक अन्तर्गत पर्ने कुवेतमा नेपाली कामदारहरुको संख्या करिब ६० हजार पुगेको अनुमान रहेको छ भने त्यस मध्येमा आधाभन्दा बढी आदिबासी जनाजाती रहेको सिधै अनुमान लगाउन सकिन्छ । ति समुदायहरुले ल्होछार पर्ब, बुद्धजयन्ती जस्ता धार्मिक तथा साँस्कृतिक महत्व बोकेका चाडपर्बहरु मनाउँदै आएका छन । कुवेतको कानून तथा यहाँको समाजिक बातावरणलाई ख्याल राख्दै गत बर्षदेखी तामाङ, गुरुङ आदी समुदायहरुले भब्यरुपमा ल्होछार, बुद्धजयन्ती जस्ता साँस्कृतिक पर्बहरु मनाउँदै आएका छन । ति समुदायहरुले यसपाली पनि ल्होछारको अबसर पारेर आ-आफ्नै तौर-तरिकाले कुवेतबासी नेपालीहरु माझ बिभिन्न मनोरन्जनात्मक कार्यक्राम गरी ल्होछार पर्ब मनाउने तयारीमा छन् ।

कुवेतमा नेपाली कामदरहरुको ब्रिदीसँगै ३ दर्जन भन्दा बढी सँघ-सँस्थाहरु खुलिसकेका छन् । त्यस मध्येमा अग्रपङ्तिमा पुग्न सफल नेपाल तामाङ घेदुङ, कुवेतले गत बर्षको ल्होछार कार्यक्राम तथा बुद्धजयन्ती कार्यक्रम अत्यन्तै सफल भएकोमा गर्ब गर्दै यसपाली पनि कुवेतबासी तामाङ तथा गैर तामाङहरुको चाहना र भाबनालाई कदर गर्दै नेपालबाट राष्ट्रिय कलाकार ल्याएर बिधीबतरुपमा लामा गुरुबाट पूजापाठ गरी पूर्णरुपमा मनोरन्जनात्मक कार्यक्राम गरि ल्होछार मनाउने निर्णय तामाङ घेदुङ, कुवेतले गरेको छ ।

प्रत्येक दिन ड्युटी गर्दाको थकित आत्मलाई एकदिन भएपनि संगितमय बाताबरणमा आनन्दित बनाउनको निमित्त ल्होछारको दिन आफ्नै मातृभूमीमा छु भन्ने आभाष गराउन नेपालका ख्यतिप्राप्त चर्चित गायक राजु लामालाई अतिथि कलाकारको रुपमा कुवेत ल्याउने पक्कापक्की भएको छ । उक्तदिन उपस्थित दर्शक महानुभाबहरुले आफ्नो प्रिय गायक राजु लामाको साथमा कुवेतका चर्चित नयाँ तथा पुराना कलाकारहरुको बेजोड प्रस्तुतिमा रम्न सक्नु हुनेछ । जसको निमित्त स्थानिय कलाकारहरुको नृत्य गुरुको रुपमा डुप्चन तामाङ र निशा तामाङ कलाकारहरु प्रिती लामा, डोल्मा पाख्रिन, मन्जु तामाङ, अशोक लामा, सन्जु तामाङ, भिमराज गोले तामाङ, नयाँ कलाकार देब तामाङ, सुशिला तामाङ, सपना तामाङ, किरण र बाल कलाकार सुरुची थापा साथमा कमेडी डान्सका लागि रिहल्सलमा जुटेका छन् भने ल्होछार कार्यक्रामका आयोजक टिम प्राबिधिक काममा कम्मर कसेर लागि परेका छन् ।

पुनश्व कार्यक्रमको हुने:
मिति: २७ जनवरी २०१२
समय: बिहानको ११.०० बजेदेखी
स्थान: होटल एसिया-एसिया, मलिया, कुवेत

नोट: यो “ल्होछार साँस्कृतिक कार्यक्राम-२०१२” मनोरन्जनको साथै तामाङ संस्कृतिमा आधरित लामा गुरुबाट पूजापाठ गर्दै नयाँ बर्षको स्वागत गर्ने कार्यक्राम रहेको हुँदा कृपया मध्यपान तथा अन्य लागुपदार्थ जस्ता चिजहरुको सेवन नगरिकन आईदिनुहुन आयोजक ‘तामाङ् घेदुङ् कुवेत’ हार्दिक अनुरोध गर्दछ ।

——————————————–

Related News..

चर्चित गायक राजु लामा कुवेतमा, एअरपोर्टमा भब्य स्वागत

तामाङ् घेदुङ् कुवेतको ल्होछार रिहर्सल तयारी अवस्थामा, राजु लामा २६ जनवरीको बिहान कुवेत आउँदै..

सम्झनाको तरेलीमा रहेको कुवेतको बुद्ध जयन्ती आगामी तामाङ् ल्होछारमा दोहोरिने

कुवेतमा अब स्टेज तताउने पालो राजु लामाको

तामाङ् घेदुङ् कुवेतको ‘२८४८ औं सोनम ल्होछार’ राजु लामाको साथमा

One response to “तामाङ् ल्होछारको अबसरमा मंगोलियन हर्टका राजु लामा कुवेत आउँदै

  1. ALL THE BEST TAMANG GHEDUNG, N WISH TO SUCCESS OCCASION OF “SONAM LHOCHHAR” CELEBRETING||| GEN. SEC.Nabin Grg.Tamu Samaj Kwt

  2. heartly welcome to raju lama we are waiting for you.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.