फुटबल र क्रिकेट दुवैमा अफगानिस्तानले पछार्‍यो नेपाललाई


हिजोको शुक्रबारको दिनै खराब थियो। सुरुमा बिहान नेपाललाई अफगानिस्तानले नराम्रोसँग पराजित गर्‍यो, पछि फुटबलमा पनि उसैले नेपाललाई नमिठो पराजय दिलायो। क्रिकेटमा अफगानिस्तान टेस्ट नखेल्ने राष्ट्रहरुमध्ये सबैभन्दा बलियो, एक दिवसीय खेल्ने मान्यता पाएको टिम थियो। तर फुटबलमा भने नेपालको रेकर्ड राम्रो थियो। अहिलेसम्म अफगानिस्तानविरुद्धका चार खेलमा नेपालले ३ मा जित र एकमा बराबरी गरेको थियो। त्यसैले क्रिकेटमा पराजयको पीडालाई फुटबलको जितले मल्हम लगाउला भन्ने आशा खेलप्रेमीले गरेका थिए। तर आज अफगानिस्तानले नेपाललाई फुटबलमा पनि पछारेरै छाड्यो।

निर्धारित ९० मिनेटको खेलमा कुनै गोल नभए पछि थपिएको ३० मिनेटको पहिलो हाफमा काउन्टर अट्याकमा बलाल आरिजुले एक्लो प्रयासमा गरेको एक मात्र गोल नै निर्णायक रह्यो। नेपालले कयौँ सुनौला अवसर पाए। तर गोलपोस्टभित्र बल छिर्न भने सकेन।   खेल सुरु हुनुअघि खेलाडीहरु मैदानमा प्रवेश गर्दा दुई देशको झण्डासहित एउटा अर्को झण्डा पनि बोक्छन्- फिफाको फेयर प्लेको। खेललाई खेल भावना अनुरुप लिन गराइएको स्मरण हो त्यो। यो कुनै युद्ध मैदान हैन, खेल मैदान हो। अनुशासन र नियमको यसमा महत्त्व हुन्छ। आजको खेलमा अफगानिस्तानको गोलपछि अन्तिमतिर पुग्दा तनावपूर्ण बन्न पुग्यो। यतिसम्म भयो कि प्लेयर बक्समा बसेका सब्सटिच्युट गोलकिपर विकास मल्ल झगडा गर्न मैदानभित्रै पसे। रेफ्रीको अनुमति बिना मैदानमा प्रवेश गर्न पाइँदैन भन्ने फुटबलको सामान्य नियमलाई समेत उल्लङ्घन गरी उनले अनुशासनहीनता टेलिभिजन हेर्ने लाखौँलाई देखाए।

फलस्वरुप खेल्दै नखेलेका उनले यल्लो कार्ड पाए। खेलमा हारजित भइरहन्छ, विकासले आफूलाई सन्तुलित बनाउन सक्नु पर्थ्यो। नेपाल सेमिफाइनलमा पुग्नु नै एउटा उपलब्धि थियो। राम्रो खेल्यो भने हारे पनि प्रशंसकको मनमा स्थान बनाउँछ तर यस्तो अनुशासनहीन व्यवहारलाई जङ्गलीले मात्र रुचाउँछ भन्ने कुरा उनले बुझ्नु पर्थ्यो। अन्तिमतिर खेल रफ भएपछि नेपालले धेरै यल्लो कार्डमात्र हैन एउटा त रेडकार्ड पनि पायो। विराज महर्जनले रेडकार्ड पाएका थिए।

रेफ्रीले विकास मल्ललाई यल्लो कार्ड र नेपालका सहायक प्रशिक्षक मेघराज केसीलाई प्लेयर बक्समा बस्न नदिई बाहिरन लगाएपछि नेपालले खेलको अन्तिममा फ्रि किकको एउटा मौका पाएको थियो। यो बल अफगानी किपरको हातबाट फुत्के पनि भित्र छिर्न भने सकेन। आज नेपालको दिनै थिएन।

दक्षिणकालीमा बोका बली दिएर र अपार्टमेन्ट र आजीवन भत्ताको घोषणा गरेर मात्र खेलमा विजय हात पार्न नसकिने शिक्षा शायद् सम्बन्धितले पाए होलान्। बरु अब प्रतियोगिता जितिसकेपछि सम्मानस्वरुप उनीहरुलाई जे दिनुपर्ने हो त्यसको घोषणा गर्ने कि!   स्ट्राइकरहरु जम्न नसक्नु यो प्रतियोगिताको मुख्य आलोचनाको विषय रह्यो। तर पहिलो पटक सेमिफाइनलसम्म पुग्नुलाई पनि उपलब्धि नै मान्नुपर्छ। यो प्रतियोगिता अर्को एउटा कारणले पनि सँधै सम्झनयोग्य बन्नेछ- सागर थापाको त्यो उत्कृष्ट गोल। बंगलादेश विरुद्धको खेलको अन्तिम (९५) मिनेटमा फ्रि किकमा सागरले गरेको गोल इतिहासमा विरलै हुने गर्छ।

Source: mySansar

One response to “फुटबल र क्रिकेट दुवैमा अफगानिस्तानले पछार्‍यो नेपाललाई

  1. kuney naulo kura hoina

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.