कुवेतमा कोसेली बचाउ च्यारिटी शो सम्पन्न (फोटो फिचरसहित)


जय आले / ईन्द्र भुषाल, कुवेत

 – दुबै साँस्कृतिक संस्थाका कलाकारहरुको बेजोड सांगितिक प्रस्तुति..
 – बिगतका कार्यक्रमहरुको तुलनामा कुवेतवासी नेपालीहरुको न्यून उपस्थिती..

कुवेतबाट त्रैमासिक रुपमा प्रकाशित हुने एकमात्र नेपाली छापा पत्रिका मरुभुमिको कोसेलीको ब्यबस्थित सञ्चालन र नियमित प्रकाशनमा देखिएको आर्थिक कठिनाईलाई पार गराउने उद्देश्यले आयोजना गरिएको कोसेली बचाउ च्यारिटी शो “साँस्कृतिक कार्यक्रम” ०९ डिसेम्बर २०११ का दिन कुवेतको मालियास्थित होटल एसिया-एसियामा सम्पन्न भएको छ ।

निर्धारित समयभन्दा २ घण्टा ढिला शुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम श्री मधुवन प्रसाद पौडेल’दम्पती’ रहनु भएको थियो भने अन्य अतिथिहरुमा एनआरएनए कुवेतका अध्यक्ष राजेन्द्र तामाङ, कोर्डिनेटर राजन कुँवर, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष धर्मराज गिरी, सियास ग्रुप(स्पोन्सर), युएई एक्सचेन्ज(स्पोन्सर), फ्लाई दुबई(स्पोन्सर) लगायत कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिहरु एवं पत्रकारहरु हुनुहुन्थ्यो भने कान्तिपुर पब्लिकेशन ‘कतार संस्करण’का सम्पादक श्री दिनेश रेग्मी ज्यूको बिशिष्ट अतिथिको रुपमा उपस्थिती रहेको थियो ।

मरुभुमिको कोसेलीका प्रबन्ध निर्देशक सुजन केसीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा जन-प्रगतिशिल मञ्चका अध्यक्ष कुमार झापालीले कोसेली बचाउ अभियानमा सम्पूर्ण कुवेतवासी नेपालीहरु एकजुट भएर लाग्न आग्रह गर्दै स्वागत मन्तव्य दिनुभयो भने महामहिम राजदूत, राजेन्द्र तामाङ, मनु मगर एवं कान्तिपुरका दिनेश रेग्मी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

मरुभुमिको कोसेलीका मानार्थ सम्पादक राजन रिमाल, प्रधान सम्पादक तोयानाथ दाहाल, सह-सम्पादक आनन्द आचार्य एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवकी सदस्य किरण आलेले संयुक्त रुपमा सञ्चालन गरेको कोसेली बचाउ कल्चरल च्यारिटी शो मा धेरै समय पश्चात कुवेतमा कृयाशिल दुइवटा साँस्कृतिक संस्थाका कलाकारहरुले हातेमालो गर्दै सयुक्त रुपमा एउटै मन्चमा गाए, नाचे र सबैलाई नचाए । जसबाट हिजोका दिनमा कलाकार-कलाकार बिच र संस्थागत रुपमा टाढा देखिएका यि दुई साँस्कृतिक संस्थाको आपसी सम्बन्ध सुध्रिएको मात्र नभै कलाकारहरु जो ‘राष्ट्रका गहनाका रुपमा मानिन्छन’ राजनीतिक पार्टिका कार्यकर्ता जस्तो भिड्नु हुँदैन भन्ने सन्देश समेत दिएको पाईएको छ ।

प्रमुख अतिथि महामहिम राजदूतले पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरेपछी मुर्तरुप दिईएको उक्त “च्यारिटी शो” कार्यक्रममा कुवेतमा आयोजना हुने अन्य नेपाली कार्यक्रमहरुको तुलनामा कुवेतवासी नेपालीहरुको एकदमै न्यून उपस्थिती रहेको पाईयो भने प्राय: अतिथि दिर्घा समेत खाली नै देखिन्थ्यो । जसलाई.. ‘यो शो एक च्यारिटी शो हुनुको कारण हो’ या ‘कुवेतमा नेपाली कार्यक्रमहरु बढी मात्रमा आयोजना हुनु हो’ या ‘पटक-पटक देखिसकेका कलाकारको प्रस्तुति ठानेर ईच्छुक नहुनु हो’ या ‘कुवेतको बढ्दो नेपाली जन-घनत्वसँगै सोही रफ्तारमा बढ्दो नेपाली संस्थाहरुको गतिविधिले हो’ या अन्य कारणले नै हुनसक्छ ?? यसको चित्रण गर्न एकदमै मुश्किल भएको छ भने कार्यक्रमका सभापती सुजन केसीले त मञ्चमै गएर शायद यो एक च्यारिटी शो भएकोले पनि दर्शकहरु मात्र नभै अतिथिहरुको समेत न्यून उपस्थिती रहेको बताउँदै दु:ख प्रकट गरे । तथापी, शो मा कोसेलीको निरन्तरताको शुभकामना दिंदै आर्थिक सहयोग गर्ने दानबिरहरुको कमी भने रहेन, प्राय: सबै उपस्थित नेपाली सँघ-संस्था र महानुभावहरुले दिल खोलेर सहयोग पनि गरे ।

कोसेली परिवारको आयोजना एवं जन-प्रगतिशिल मञ्चका अध्यक्षको संयोजकत्व रहेको उक्त च्यारिटी शो मा नेपालकुवेत साँस्कृतिक मञ्च र लालीगुराँस साँस्कृतिक परिवारका सबै कलाकारहरुको समिश्रणमा नाचगान तथा कमेडी गरेर लगभग २४ प्रस्तुतिहरु रहेका थिए । यस्तै, मजदुर सँघ कुवेतले व्यानर सौजन्य लगायत बिभिन्न भाग्य चिट्ठा पुरस्कारहरु उपलब्ध गराएको थियो भने माउन्ट एभरेष्ट क्लवका अध्यक्ष धर्मराज गिरीले डिजे साउण्ड सिस्टम नि:शुल्क उपलब्ध गराउनु भएको थियो ।

यसैगरी कार्यक्रमको स्पोन्सर युएई एक्सचेन्जको प्रतिनिधित्व गर्दै कर्मचारी राम बहादुर बस्नेतले कोसेली पत्रिकाको प्रशंसा गर्दै नयाँ अंक सजिलैसँग नेपालीहरुलाई उपलब्ध होस् भनेर नेपाली कर्मचारी भएका युएई एक्स्चेन्जको काउन्टरहरुमा कोसेली पत्रिका राखी बिक्री-वितरणमा सहयोग पुर्‍याउने बचन दिनुभएको थियो ।

च्यारिटी शो का प्रमुख झलकहरु:

2 responses to “कुवेतमा कोसेली बचाउ च्यारिटी शो सम्पन्न (फोटो फिचरसहित)

  1. this is very hasyaspad show lol people not more then 70

  2. keko sampanna hunu ni 40 jana manchhe ayeko program

  3. that was not true jay ji. it was a real shameful show i’ve never seen in my life like that show. and those peoples donate only to them who has much money and not earned from their hard work. please do not hide that truth please……….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.