अङ्ग्रेजी नयाँ बर्ष २०१२ को आगमन नेपालका चर्चित कलाकारहरुको साथमा


ईन्द्र भुषाल, कुवेत

आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले साँस्कृतिक कार्यक्रमस्थल खैतान सिनेमासम्म जानको लागि मालियाबाट बसको व्यवस्था गर्ने..

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले ०६ जनवरी १०१२ अङ्ग्रेजी नयाँ  सालको पहिलो हप्तामा गर्न लागेको साँस्कृतिक कार्यक्रममा धेरैपछी कुवेतमा ४ जना नेपाली साङ्गितिक क्षेत्रका हस्तिहरुको जमघट हुने भएको छ । क्लबले नेपाली खेलकुदको इतिहासलाई प्रबासमा पनि गहिरो पार्ने र खेलकुदको माध्यमबाट देशलाई संसारमा चिनाउने उद्देश्यले २०१२ मा आयोजना गर्न लागेको E-SAF-C ‘प्रबासी साफ च्याम्पियनशिप फूटबल प्रतियोगिता’को सहयोगार्थ साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

जसको लागि नेपालबाट सांगितिक क्षेत्रका हस्तिहरु माया र बिछोडका कर्णप्रिय गितहरु गाएर नेपालीहरुका मनका ढुकढुकी बन्न सफल गाएक स्वरुपराज आचार्य (स्व. गायक भक्तराज आचार्यका सुपुत्र), नेपाली लोक-पप गायक रामचन्द्र काफ्ले जसले धेरै ठाउँ मा स्टेज तताएका छन भने अर्की चर्चित पप गायिका नेपाली तारा इन्दिरा जोशी र चर्चित गायिका दिपा राईको खैतानको सुबिधायूक्त सिनेमा हलमा जोडदार प्रस्तुति हुनेछ जसको तयारीको लागि क्लब तिब्र रुपमा लागेको छ ।

नेपाली संगित दुनियाँका चर्चित कलाकारहरुको आगमन हुने समाचार सँगै कुवेतको नेपाली समाजको नयाँ साल २०१२ को आगमन सुमधुर सांगितिक भाका देखी युवाहरुलाई मनै छुने लोकपप, पप अनी लोकगितले दर्सकहरुलाई मनोरन्जन गराईने छ भने न्रित्यको लागि कुवेतमा कृयाशिल नेपाली साँस्कृतिक संस्थाहरु नेपालकुवेत साँस्कृतिक मञ्च र लालीगुराँस साँस्कृतिक परिवारका कलाकारहरुको उत्कृष्ट प्रस्तुति  रहने छ । नयाँ साल २०१२ को आगमन नयाँ जोस र उमंगका साथ सांगितिक माहौलमा बित्ने पक्कापक्की छ ।

One response to “अङ्ग्रेजी नयाँ बर्ष २०१२ को आगमन नेपालका चर्चित कलाकारहरुको साथमा

  1. all the best club we r with you.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.