Daily Archives: 10/12/2011

अङ्ग्रेजी नयाँ बर्ष २०१२ को आगमन नेपालका चर्चित कलाकारहरुको साथमा


ईन्द्र भुषाल, कुवेत

आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले साँस्कृतिक कार्यक्रमस्थल खैतान सिनेमासम्म जानको लागि मालियाबाट बसको व्यवस्था गर्ने..

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले ०६ जनवरी १०१२ अङ्ग्रेजी नयाँ  सालको पहिलो हप्तामा गर्न लागेको साँस्कृतिक कार्यक्रममा धेरैपछी कुवेतमा ४ जना नेपाली साङ्गितिक क्षेत्रका हस्तिहरुको जमघट हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

फुटबल र क्रिकेट दुवैमा अफगानिस्तानले पछार्‍यो नेपाललाई


हिजोको शुक्रबारको दिनै खराब थियो। सुरुमा बिहान नेपाललाई अफगानिस्तानले नराम्रोसँग पराजित गर्‍यो, पछि फुटबलमा पनि उसैले नेपाललाई नमिठो पराजय दिलायो। क्रिकेटमा अफगानिस्तान टेस्ट नखेल्ने राष्ट्रहरुमध्ये सबैभन्दा बलियो, एक दिवसीय खेल्ने मान्यता पाएको टिम थियो। तर फुटबलमा भने नेपालको रेकर्ड राम्रो थियो। अहिलेसम्म अफगानिस्तानविरुद्धका चार खेलमा नेपालले ३ मा जित र एकमा बराबरी गरेको थियो। त्यसैले क्रिकेटमा पराजयको पीडालाई फुटबलको जितले मल्हम लगाउला भन्ने आशा खेलप्रेमीले गरेका थिए। तर आज अफगानिस्तानले नेपाललाई फुटबलमा पनि पछारेरै छाड्यो। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा कोसेली बचाउ च्यारिटी शो सम्पन्न (फोटो फिचरसहित)


जय आले / ईन्द्र भुषाल, कुवेत

 – दुबै साँस्कृतिक संस्थाका कलाकारहरुको बेजोड सांगितिक प्रस्तुति..
 – बिगतका कार्यक्रमहरुको तुलनामा कुवेतवासी नेपालीहरुको न्यून उपस्थिती..

कुवेतबाट त्रैमासिक रुपमा प्रकाशित हुने एकमात्र नेपाली छापा पत्रिका मरुभुमिको कोसेलीको ब्यबस्थित सञ्चालन र नियमित प्रकाशनमा देखिएको आर्थिक कठिनाईलाई पार गराउने उद्देश्यले आयोजना गरिएको कोसेली बचाउ च्यारिटी शो “साँस्कृतिक कार्यक्रम” ०९ डिसेम्बर २०११ का दिन कुवेतको मालियास्थित होटल एसिया-एसियामा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

खोइ साढेदुई अर्बको संविधान ???


– प्रभात भट्टराई

संविधानसभाको गठनदेखि २०६८ वैशाखसम्म सभासद् र पदाधिकारीहरूको तलब, भत्ता, औषधोपचार, पानी-बिजुली, सञ्चार महसुल, भाडा, सवारी-इन्धन, भ्रमण जस्ता शीर्षकमा रु.१ अर्ब ९७ करोड तथा कर्मचारीका लागि रु.६० करोड गरी साढे दुई अर्बभन्दा बढी खर्च भएको छ । संविधानसभा बसेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भाडामा मात्रै रु.३२ करोड ७७ लाख खर्च भएको छ, पढ्नेक्रम जारी राख्नुहोस्

रिसाउँदा त..!!


जितेन थिङ्, कुवेत


दिलको कुरा झट्टै बुझ्ने तिमी
रिसाउँदा त साह्रै नसुहाउँदो रहेछ
मनको कुरा खोलेर भन्ने तिमी
नबोली बस्दा मन अमिलो हुँदो रहेछ पढ्नेक्रम जारी राख्नुहोस्