सेमिफाइनलमा नेपाल पराजित


– शरदप्रकाश धिताल

काठमाडौ, मंसिर २३ – नेपाललाई हराउँदै एसीसी ट्वान्टी-ट्वान्टी कप क्रिकेटको सेमिफाइनलमा अफगानिस्तानले जित हात पारेको छ । उसले नेपालमाथि नौ विकेटको जित हात पारेको छ । खराव मौसमका कारण खेल १६ ओभरमा झारिएको थियो । टस जितेर पहिले ब्याटिंङ गरेको नेपालले ९ विकेट क्षतिमा ६८ रनमात्र बनाएको थियो । जवाफमा अफगानिस्तानले नौ ओभर २ बलमा ७० रन तयार पार्यो । उसकालागि करिम सादिक तथा सविर नुरीले एक विकेट हात पारे  । नेपालका लागि एकमात्र विकेट बसन्त रेग्मीले लिए ।

यसअघि नेपालकालागि कप्तान पारस खड्काले ३० रनको योगदान दिएका थिए । अफगानिस्तानले यस अघि लगातार दुईपल्ट उपाधि जिति रहेको छ । प्रतियोगितामा हार बेहोर्दै उपाधि होड बाट बाहिरिएपनि नेपाल सन् २०१२ को मार्चमा हुने विश्वकप छनोटकालागि छानिई सकेको छ ।

ट्वान्टी ट्वान्टी क्रिकेटमा अफगानिस्तानसँग नेपालको यो दोस्रो हार हो । यस अघि सन् २००७ मा भएको पहिलो संस्करणमा पनि नेपाल पराजित भएको थियो ।

यूएइमा सन् २०१२ को मार्च १३ देखि २४ सम्म हुने प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गर्ने छन् । अफगानिस्तान, क्यानाडा, आयरल्यान्ड, केन्या,नेदरल्यान्ड्स, स्कटल्यान्ड सहित एसियाका ३, यूरोप, अफ्रिकी र अमेरिकी क्षेत्रबाट २(२ तथा पूर्व एसियाको एक टिमको सहभागिता रहने छ । छनोटको फाइनल पुग्न सफल २ टिमले सन् २०१२ को सेप्टेम्बरमा श्रीलंकामा हुने ट्वान्टी-ट्वान्टी विश्वकपमा सहभागिता जनाउने छन् । विश्वकपमा १० टिमले खेल्ने छन् ।

One response to “सेमिफाइनलमा नेपाल पराजित

  1. jahily pani AFG sanga nepal ko haar huncha ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.