एसीसी ट्वान्टी-ट्वान्टी क्रिकेटमा नेपाललाई ९५ रनको जीत


खिम घले र राजु घिसिङ/काठमाडौ

मंसिर २१ – समुह चरणको अन्तिम् खेलमा नेपालले साउदी अरेवियालाई ९५ रनले हराएर एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटको सेमीफाइनल पुग्ने संभावना कायमै राखेको छ । बुधबार किर्तिपुरस्थित मैदान भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले १८३–५ को स्कोर बनाएको थियो । त्यसमा महबुब आलमले सर्वाधिक ८८ रन जोडेर किर्तिमान कायम गरेका थिए ।

जवाफमा साउदी अरेवीयाले ८८ रन मात्र बनाउन सक्यो । ५ बल बाँकी छाँदै उसलाई नेपालले अलआउट गर्यो ।

सेमिफाइनलमा पुग्नका लागि नेपालले भोली बिहीबारको दुई खेलको नतिजा कुर्नु पर्ने छ । त्यसमा हङकङ बिरुद्ध साउदी अरेवीया र कुवेत विरुद्ध यूएइ भिड्ने छन् ।

१९. १ ओभर  : नेपाल ९५ रनले बिजयी । कप्तान पारसले साउदी अरेवीयाको १० औं विकेट लिए ।

१९ ओभर : ८८–९ । बलिङमा विनोद दास ।

१८ ओभर : ८४–९ । साउदीलाई १२ वलमा १०० रन र नेपाललाई १ विकेट चाहिएको छ ।

१७. १  ओभर : साउदी अरेवीयाको नवौं विकेट पनि झर्यो । पारसले महम्मद नइमलाई बोल्ड आउट गरे ।  नेपाल जीतको नजिक । १७ बलमा १०२ रन साउदीलाई आवश्यक ।  नेपाललाई विकेट ।

१७ ओभर : ८२–८ । बसन्त रेग्मीको चौथों तथा अन्तिम् ओभर । 

१६ ओभर :  ८१–८ । साउदीलाई जितका लागि २४ बलमा १०३ रन आबश्यक ।

१५.२ ओभर : नेपालले साउदीको आठौं विकेट पनि लियो । पारसले आफ्नो पहिलो ओभरको दोस्रो बलमै जहिरलाई बोल्ड गरेका हुन् ।

१५ ओभर : ७८–७ । पहिलो बलमै छक्का हानेको छ । अर्को चौका । सय रन भन्दा बढि अन्तरले जित्ने नेपाल संभवना घट्दै ।

१४ ओभर : ६९–७ । बसन्त रेग्मी बलिङ आक्रमणमा । सर्टपीच बलमा चौका । संजम रेग्मीको बलिङ स्पेल सकियो । उनले चार ओभारमा १ मेडन राख्दै १० रन दिएर ३ विकेट लिए ।  यसलाई उत्कृष्ट मानिन्छ ।

१३ ओभर :६०–७ ।  राहुल विश्वकर्मा वलिङमा निरन्तर । नेपालको रनआउटको प्रयास असफल ।

१२ ओभर : ५७–७ ।

११.५ ओभर :५६–७  ।  सातौं विकेट ढल्यो । उत्कृष्ट फिल्डिङ । राम्रो थ्रो । महमद जाहिर पहिलो बलमै रन आउट । साउदी अरव  दवावमा ।

११.४ ओभर : छैटौं विकेट ढल्यो । संजम रेग्मीले रिजवन कयूमलाई एलवीडब्लु आउट गरे ।

११ ओभर : ५६–५ । नेपाललाई पाँचौ सफलता । राहुलले हुसेनलाई पवेलीयनको बाटो देखाए । नेपाललाई सेमी फाइनलको बाटो सहज बनाउन आज सय रनभन्दा बढिको जट्ठत आवश्यक छ ।

१० ओभर : ५३– ४ । संजम रेग्मी बलर । साउदी अरेवियाले चौका हानेको छ । ५० रन पुर्याएको छ । रनरेट ५.३० । जीतका लागि १३.१० को रनरेट आवश्यक ।

९ ओभर : ४६– ४ । लेप्ट हेण्डेड खेलाडी राहुल विश्वकर्मालाई बलिङ्का लागि क्रिजमा उतारिएको छ ।

८ ओभर : ४३–४ । रन रेट ६. ०० ।

७.१  ओभर : नेपाललाई चौथो सफलता । मेहेरलाई संजम रेग्मीले बल आउट गरेका हुन् ।

७ औभर : ४२–३ । रन रेट ६.१४ । नेपालको कसिलो बलिङ ।

६ ओभर : ४१–३ । नेपालको राम्रो प्रदर्शन ।

५.१ ओभर : नेपाललाई अर्को सफलता । साउदी अरेवियाको तेस्रो विकेट झर्यो । संजम रेग्मीले पहिलो बलमै सोहिललाई पारसबाट क्याच आउट गराए । गोल्डेन डक । 

५ ओभर : ३९–२ । बसन्तले आफ्नो पहिलो ओभरमा किफायती बलिङ गर्दै १ रन मात्र दिएका छन् । स्पिनमा नेपाललाई सफल सुरुवात ।

४.४ ओभर : नेपाललाई अर्को सफलता । स्पिनको कमाल । बसन्तको बलमा सफिकलाई ज्ञानेन्द्र मल्लद्वारा क्याच आउट । नेपालले बलिङ आक्रमणमा स्पिनर बसन्त रेग्मीलाई उतारेको छ ।

४ ओभर : ३८–१ । पहिलो बलमै चौका सफिकको । साउदी अरेवियाका खेलाडी रन रेट बढाउने कोशिसमा । सफिकले फेरी चौका हाने । साउदी अरेवियाको पाँचौं चौका । पाँचौं बलमा पनि चौका ।अन्तिम बलमा पनि चौका ।

३ ओभर : २०–१ । नेपालको एलवीडब्लु अपिल । एम्पायरद्वारा अस्वीकार । हमदले १८ रन बनाएका थिए । क्रिजमा कसिफ मेहर र कसिफ सफिक छन् । नेपाली बलिङ आक्रमणमा पूर्व कप्तान बिनोद दास ।

२ औभर : १९– १ ।  नेपाललाई पहिलो सफलता । महबुबको बलमा हमद सहिदलाई प्रदीप ऐरीले मिडअनमा क्याच आउट गरे । महबुब आलम बलिङका लागि आएका छन् । पहिलो बलमै साउदी अरेवियाको चौका हान्दै राम्रो ब्याटिङ सुरुवात । फेरी अर्को क्याच मिससससससससससससससससससससससस ।

१ ओभर : १०– ० । अन्तिम बलमा पनि क्याच मिस वीकेट किपर सुभाष खकुरेलले गरेका छन् ।  एउटा राम्रो अवसर गुमाए नेपालले । प्रदीपले क्याच मिस गरेका हमद सहिदले २ चौका प्रहार गरे । विनोद दास बलिङ् गरिरहेका छन् ।

नेपाल बिरुद्ध साउदी अरेवियाले ब्याटिङ सुरु गरेको छ । पहिलो बलमै प्रदीप ऐरीले सजिलो क्याच मिस गरे । त्यो नेपालको लागि महंगो पर्न सक्छ ।

………………………………………………….

नेपालले साउदी अरेवियालाई जीतका लागि १ सय ८४ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन बनाएयो ।

नेपाली खेलाडीहरुको स्कोर :

सुभाष खकुरेल – ८ (१४)

अनिल मण्डल – ३५ (४४)

महबुब आलम – ८८ (४१)

पारस खड्का– १९ (७)

प्रदीप ऐरी – १० (५)

ज्ञानेन्द्र मल्ला – १६ (८) नट आउट

बसन्त रेग्मी – ० (१) नट आउट

अतिरिक्त रन – ७

२० ओभर : १८३– ५ । रनरेट ९.5 ।

१९ ओभर : १७०–५ । नेपालको पाँचौं विकट झर्यो । प्रदीप ऐरी ठूलो स्ट्रोकको प्रयासमा क्याच आउट । बसन्त रेग्मी नयाँ ब्याट्समेन ।

महबुब आउट भएपछि ज्ञानेन्द्र मल्ल पीचमा आएका छन् । महबुबको स्कोर २०–२० क्रिकेटमा नेपालीले गरेको सर्वाधिक उच्च हो ।

१८.१ औभर : महबुब आउट । वाइड वलका स्टमपिङ् । महबुब – ८८ (४१) ।

१८ ओभर : १६२–३ । पारस आउट भएपछि प्रदीप ऐरी ब्याटिङ्का लागि आएका छन् । उनले चौक प्रहार गरेका छन् । मेहबुबको ५ औ चौका । उनी ८८ रनमा खेलिरहेका छन् ।

१७ ओभर :  पाँचौ बलमा पारस खड्का आउट भएका छन् । उनलाई विकेट किपरले स्टमपिन गरे । पहिलो बलमा पारसको चौका । इन्साइड एजबाट बल बाउण्डरी बाहिर । अर्को चौका फिल्डरको गल्तीमा पारसलाई नै । पारसकै फेरी चौका चार बलमा पारसको तीन चौका ।

१६ ओभर : १३२–२ । महबुब ८० रनमा खेलिरहेका छन् । सतकका लागि उनलाई २० रन चाहिएको छ । महबुबको अर्को चौका । पारस धैर्यतापूर्वक ब्याटिङ गरिरहेका छन् ।

आउट भएका ब्याट्समेन अनिल मण्डल–३५ (४४) । सुभाष खकुरेल ८ (१४)

१५ ओभर : ११७– २ । महबुबको जिवनदान । साउदी अरेवियाले क्याच मिस गर्यो । अनिल मण्डल आउट । नेपाललाई दोस्रो क्षती । बल फाल्नु अघि नै लाइन छाडेर बढेकाले बलर कसिफले रन आउट गरेका थिए । नयाँ ब्याट्समेनका रुपमा कप्तान पारस खड्का आएका छन् ।

१४ ओभर : १११– १ । महबुबको अन्तिम बलमा बुद्धिमतापूर्ण चौका । महबुब ६४– अनिल ३४ ।

१३ ओभर : १०२ – १ । महबुबको छैटौं छक्का । उनको पहिलो स्टेट सिक्स । दर्शकहरु खेलाडीलाई हौस्याइ रहेका छन् । किर्तिपुर मैदानमा हजारौं दर्शक छन् ।

१२ ओभर : ९४– १ ।  महबुबो नयाँ किर्तीमान । आर्ध सतक प्रहार गर्ने २०–२० मा पहिलो नेपाली खेलाडी ।  महबुबको चौका । दोस्रोबललाई छ रनका लागि महबुबले बाउण्ड्री बाहिर पुर्याए । बाउण्ड्री बाहिरै गएर फिल्डरले क्याच लिने प्रयास गरेका थिए । महबुबबको अर्को छक्का योसंगै उनले ४५ रन जोडेका छन् ।

११ औभर : ७०–१ । साउदी अरेवियाको राम्रो फिल्डिङ ।

अनिल र महबुबको साझेदारीमा ५० रन बनेको छ । त्यसका लागि उनीहरुले ३३ बल खेले । रन रेट बढाउन प्रयासरत छन् ।

१० ओभर : ६५– १ । नेपालले हालसम्म ७ चौका र २ छक्का प्रहार गरेको छ ।

९ ओभर : ५७–१ । अनिल मण्डलको पहिलो छक्का । नेपालले ५० रन पुरा गरेको छ । महबुबको चौका । अनिलको पनि चौका ।

८ ओभर : ४६–१ । पहिलो बलमै छक्का । महबुब खेलको पहिलो छक्का हान्ने खेलाडी । तेस्रो बलमा  महबुबको अर्को छक्का । नेपाल रन रेट बढाउँदै । रन रेट ९.३३ । अनिल १९ – महबुब १६ ।

७ ओभर : ३०– १ । अनिल १७– महबुब– २ ।  साउदी अरेवियाले स्पिनर वाकस आक्रमलाई बलिङका लागि उतारेको छ । अनिलको चौका । वाइल्ड बल । नेपाललाई १ रन ।

६ ओभर : २१–१ ।

अघिल्ला खेलमा राम्रो प्रदर्शन गरेका बलर अमृत भट्टराई बिरामी भएकाले आज पूर्व कप्तान विनोद दासले खेल्ने अवसर पाएका हुन् ।

५ ओभर : १८–१ । नेपाललाई पहिलो क्षती । सोहेलको बलमा सुभाष खकुरेल क्याच आउट । नयाँ ब्याट्समेनका रुपमा महबुब आलम पीचमा आएका छन् । उनी निक्कै आक्रमक ब्याट्स्म्यान हुन ।

४ ओभर : १६–० । चौथो ओभरमा १ रन मात्र । नेपाल रनको लागि संघर्षरत । साउदी अरेवियाका बलर सहिदको राम्रो प्रदर्शन ।

३ओभर : १५–० । अनिल – ८ । सुभाष–७ ।

नेपाली खेलाडीहरु : पारस खड्का कप्तान, ज्ञानेन्द्र मल्ल, सुभाष खकुरेल, अनिल मण्डल, पृथु बास्कोटा, महबुब आलम, बसन्त रेग्मी, प्रदीप ऐरी, विनोद दास र राहुल विश्वकर्मा ।

२ ओभर : १४–० । सुभाष खकुरेलको चौका ।  रन रेट बढाउनका लागि नेपाललाई ब्याटिङ्को अवसरले फाइदा गर्न सक्ने छ ।

१ ओभर : ९–० । पहिलो ओभरको समाप्तिमा ९ रन जोडेको छ । अनिल मण्डलले खेलको पहिलो चौका प्रहार गरेका छन् । अपसाइडमा बाहुण्ड्रि बाहिर ।

 ………………………………..

 टस जितेर साउदी अरेवियाले बलिङ् रोजेको छ । नेपाली खेलाडीहरु ब्याटिङको लागि तयारी हालतमा छन् ।

……………………………………………………….

एसीसी ट्वान्टी-ट्वान्टी क्रिकेटमा अहिले केही क्षणपछि नेपाल बिरुद्ध साउदी अरेवियाको खेल हुँदैछ । खेलाडीहरु किर्तिपुरस्थित मैदानमा पुगिसकेका छ्न् । हामी यस खेलको लाइभ अपडेट गरिरहेका छौं ।

………………………………………………………….

हिजोको खेलमा नेपालले कुवेतलाई जितेको थियो । तरपनि नेपालको सेमिफाइनल यात्रा भने ज्यादै कठिन छ । हिजो भएको समूह ‘बी’ कै अर्को खेलमा हङकङले  जित निकालेपछि नेपालका लागि कम नेट रनरेटका कारण अर्को चरण पुग्न कठिन हुन पुगेको हो ।

 एसीसी ट्वान्टी-ट्वान्टी क्रिकेटमा अहिले केही क्षणपछि नेपाल बिरुद्ध साउदी अरेवियाको खेल भइरहेको छ । नेपाल ब्याटिङ गरिरहेको छ भने साउदी अरेविया बलिङ । हामी खिम घले र राजु घिसिङ यस खेलको लाइभ अपडेटमा यहाँहरुलाई स्वागत गर्दछ । भित्र जानु होला ।

समूह ‘बी’

                   टिम    खेल    जित    हार    अंक    नेट रनरेट

हङकङ            ३       २        १         ४     ०.९६९

युएई               ३       २       १         ४    ०.१९९

नेपाल             ३         २       १        ४    -०.१७८

कुवेत                ३        १       २       २    ०.५३७

साउदी अरेबिया    २     ०          ०    ०    -२.३२८

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.