नेपाल १२ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा


२० मंसिर, काठमाडौं । नेपाल १२ वर्षपछि साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग बराबरी खेल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि १९९९ मा भएको पहिलो साफ च्यम्पियनसिपको सेमिफाइनलमा पुगेको नेपाल त्यसपछि भने समूह चरणबाटै बाहिरिँदै आएको थियो । पहिलो खेलमा माल्दिभ्ससँग १-१ को बराबरी खेलेको नेपालले बंगदालेशलाई १-० ले पराजित गरेको थियो । पाकिस्तानसँगको बराबरीसँगै नेपालको पाँच अंक भएको छ र आफ्नो समूह बीको शीर्ष स्थानमा छ ।

तर, माल्दिभ्स र बंगलादेशबीचको आजै हुने अर्को खेलले समूह विजेता तथा उपविजेताको टुङ्गो लगाउनेछ । पाकिस्तानको तीन, माल्दिभ्सको २ र बंगलादेशको १ अंक छ ।

नयाँ दिल्लीस्थित जवाहरुलाल नेहरु रंगशालामा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । पहिलो हापमा १-० को अग्रता लिएको नेपालले दोस्रो हापमा पेनाल्टीमार्फत गोल खाएको छ । दोस्रो हापको सुरुमा नै सन्दिप राईले कलामलाई लडाएपछि पाएको पेनाल्टीमा पाकिस्तानले गोल गर्दै बराबरी गरेको हो । यसअघि पहिलो हापको ३६ औं मिनेटमा भरत खबासले गोल गर्दै नेपाललाइए अग्रता दिलाएका थिए । राजु तामाङको कर्नर बलमा उनले निकै आकर्षक गोल गरेका हुन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.