कुवेतमाथि नेपालको १ रनको रोमान्चक जित


२० मंसिर, काठमाडौं । राजधानीमा जारी एसीसी ट्वान्टी २० कप क्रिकेटमा नेपालले कुवेतमाथि १ रनको रोमान्चक जित हात पारेको छ । यससँगै नेपालको सेमिफइनल प्रवेशको सम्भावना कायमै छ । सेमिफाइनल पुग्ने देशले आईसीसी ट्वान्टी ट्वान्टीको छनोट खेल खेल्न पाउने छ ।

१ सय २७ रनको विजयी लक्ष्य पछ्याएको कुवेत अन्तिम बलमा १ रन चाहिएको अवस्थामा अल आउट भयो । रोमन्चभक खेलको अन्तिम २ बलमा ८ रन चाहिएको कुवेतका लागि कप्तान अलमतुल्ला ६ रन लिँदै जितको आश जगाँदा नेपाललाई जितका विकेट लिनै पर्ने दबाव थियो । तर, अन्तिम बलमा पुथु बास्कोटाले विकेट लिँदै नेपाललाई १ रनको रोमान्चक जित दिलाए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले व्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो । नेपालका लागि ओपनर सुभाष खकुरेलले सर्वाधिक ४० रन जोडे भने उपकप्तान ज्ञानेन्द्र मल्ल र पृथु बास्कोटाले समान १६-१६ रन जोडे । यस्तै मेहबुव आलमले १४ तथा बसन्त रेग्मीले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.