एकै सभासदका ३ राहदानी


प्रतिमा बास्कोटा, काठमाण्डौ

मंसिर २० । मधेसी फोरम गणतान्त्रिककी सभासद सलमा खातुन मिक्रानीले २०६७ असोजमा ०२१३०६ नम्बरको कूटनीतिक राहदानी पेस गर्दै क्यानडा र अष्ट्रेलियामा हुने फरक-फरक कार्यक्रममा सहभागी हुन भिसाका लागि आवेदन दिइन् । एक महिनापछि कात्तिकमा उनले ०२१३३५ नम्बरको अर्को कूटनीतिक राहदानी पेस गरेर क्यानडाकै अर्को कार्यक्रममा जान भिसा मागिन् । यसअघि ०६५ असोजमा क्यानडाकै भिसाका लागि ०२०१०५ नम्बरको अर्को कूटनीतिक राहदानी उनले क्यानडेली दूतावासमा बुझाएकी थिइन् ।

सभासद मिक्रानीसँग सबैगरी तीनवटा कूटनीतिक राहदानी छन् । कूटनीतिक राहदानी दुरुपयोगको अनुसन्धानका क्रममा प्रहरीले उनका तीनवटै राहदानी उपलब्ध गराइदिन पाँच महिनादेखि आग्रह गरिरहेको छ, तर हालसम्म नदिएकाले आशंका बढेको प्रहरी स्रोतले उल्लेख गर्‍यो ।

परराष्ट्र मन्त्रालयले संसद् सचिवालयको एउटै पत्रका आधारमा उनका नाममा दुइटा कूटनीतिक राहदानी जारी गरेको पनि भेटिएको छ । सचिवालयले मिक्रानीलाई राहदानी उपलब्ध गराइदिन २०६७ असोज १८ मा परराष्ट्रलाई पत्र -चलानी नम्बर १११) पठाएको थियो । परराष्ट्रले त्यही चिठीका आधारमा ०२१३०६ र ०२१३३५ नम्बरको राहदानी दिएको हो ।

परराष्ट्रको कूटनीतिक राहदानीसम्बन्धी ढड्डामा ०२१३०६ नम्बरको राहदानी रद्द गरिएको उल्लेख भए पनि त्यसैमा सच्याएर क्यानडेली दूतावासका लागि भिसा नोट काटिएको छ । भिसा नोटमा कूटनीतिक राहदानी लिने व्यक्तिलाई जान चाहेको देशको भिसा उपलब्ध गराइदिन सम्बन्धित दूतावासलाई परराष्ट्रले अनुरोध गरेको हुन्छ । ‘रद्द गरिएको राहदानी सच्याएर भिसा नोटका लागि पत्र काट्नु नै शंकास्पद छ,’ संसद् सचिवालयका एक अधिकारीले बताए । सभासद मिक्रानीले भने आफूले एउटामात्र कूटनीतिक राहदानी लिएको दाबी गर्दै त्यो पनि मन्त्रालयलाई बुझाइसकेको बताइन् ।

उनले आफूले लिएको राहदानी २०६७ चैत २३ मा परराष्ट्रलाई फिर्ता गरेको दाबी गरिन् । तर परराष्ट्रको अभिलेखमा उनले राहदानी बुझाएको फेला परेन ।

संसद् सचिवालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अघिल्लो साता परराष्ट्रलाई पत्र पठाई मिक्रानीले लिएको राहदानी’bout विस्तृत जानकारी माग गरिसकेका छन् । परराष्ट्रबाट हालसम्म जवाफ आइनसकेको स्रोतले जनायो । परराष्ट्रका केन्द्रीय राहदानी विभाग प्रमुख दीपक धितालले भने आफूलाई संसद् सचिवालय र प्रहरीको कुनै निकायबाट ती राहदानी’bout अनुसन्धान गर्न पत्र नआएको दाबी गरे ।

मन्त्रीले अनुसन्धानमा सघाएनन् कूटनीतिक राहदानी दुरुपयोग’bout अनुसन्धानका लागि राहदानी पठाउन प्रहरीले गरेको आग्रहलाई कृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव गुल्जारीले पनि टेरेका छैनन् । उनले परराष्ट्र मन्त्रालयबाट ०२०४०२ नम्बरको कूटनीतिक राहदानी लिएका थिए । गुल्जारीसँगै मधेसी फोरम गणतान्त्रिककी सवितादेवी यादव र फोरम लोकतान्त्रिककी नीलम बर्माले पनि राहदानी बुझाएका छैनन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले सभासदको राहदानी उपलब्ध गराइदिन संसद् सचिवालयलाई पत्र पठाएको बताएको छ । ब्युरो प्रमुख डीआईजी उपेन्द्रकान्त अर्यालले सभासदहरूको राहदानी माग भए पनि नआएकाले अनुसन्धान अगाडि बढाउन कठिनाइ परेको बताए ।

पाँच महिनादेखि सभासदको राहदानी पठाइदिन आग्रह गर्दा पनि उपलब्ध नभएको सचिवालयले जनाएको छ । ब्युरोले सचिवालयलाई राहदानी उपलब्ध गराउन सातपटक पत्राचार गरिसकेको छ ।

राज्यमन्त्री गुल्जारीले आफूलाई राहदानी बुझाउन कुनै समस्या नभएको बताए । संसद्ले आफूलाई एकपल्ट मात्र राहदानी बुझाउन पत्र काटेको बताउँदै जिल्लामा गएका बेला परेर नबुझाएको दाबी गरे । राहदानी दुरुपयोग गरेको आशंका गरिएको छ नि भन्ने प्रश्नमा उनले भने, ‘राजनीतिमा खुट्टा तान्ने मान्छे सधैं लागिपरेका हुन्छन्, म पनि त्यसबाट जोगिन सक्तिनँ ।’

Source: ekantipur

One response to “एकै सभासदका ३ राहदानी

  1. sal ma khatun jastalai asari chhadema aba hani janta sadak ma aune6u ani dekaune 6u kita testalai karbahi hos kita sabailai saman bebhar hunparyo.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.