Daily Archives: 06/12/2011

कतारमा नेपाली पन्चैबाजा भित्रियो


– तिल विक्रम थेवे, दोहा कतार

पच्चै बाजामा टयाम्को, सहनाई, दमाहा, नरसिंगा, ढोलक, झ्याम्टाहरु रहेकाछन् ।

नेपाली जनप्रगतिशील मंचको आंगिक संगठन नेपाल प्रवास दलित एकता संगठनले दोहा कतारमा पहिलो चोटी पन्चैवाजा भित्र्याएको छ । गत बुधबार कतारस्थित नेपाली जनसमुदाय र पत्रकारहरुको उपस्थितिमा सो बाजाको लोकार्पण गर्दै पन्चैबाजाको अनौपचारिक रुपमा दोहा कतारमा सार्वजनिक गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

..यस्तो हुने हो कि ??


जय आले, कुवेत


उडुँ भने आकाशमा चरी बनेर
सुर्यसँग ठोकिनु पर्ने पो हो कि ?
फुलौं भने कोमल गुलाब बनेर
कोपिलामै झर्नु पर्ने पो हो कि ? पढ्नेक्रम जारी राख्नुहोस्

कतारको अस्पतालमा जीवन र मृत्युको दोसाँधमा ‘गोरखाका सुवास गुरुङ’


बुधबल गुरुङ / गणेश बानियाँ, दोहा  

डिसेम्बर ५ । आफ्नो परिवारको उज्वल भविष्यको लागि बैदेशिक रोजगारीको शिलसिलामा करीब ६ बर्ष पहिले कतार प्रवेश गरेका गोरखा केराबारी– १, नेपानेका २८ बर्षीय सुवास गुरुङ आफ्नो दुवै मृगौलाले काम गर्न छाडेपछि अहिले हमाद हस्पीटलमा उपचार गराईरहेका छन् । उहॉका अनुसार गत शुक्रबार एक्कासी पेट दुख्ने र ज्वरो आएपछि स्थानिय एक पोलिक्लनीकमा स्वास्थ्य जॉच गराउँदा सो समस्या देखिपछि उनलाई हमाद हस्पीटलमा रिफर गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल १२ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा


२० मंसिर, काठमाडौं । नेपाल १२ वर्षपछि साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग बराबरी खेल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि १९९९ मा भएको पहिलो साफ च्यम्पियनसिपको सेमिफाइनलमा पुगेको नेपाल त्यसपछि भने समूह चरणबाटै बाहिरिँदै आएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमाथि नेपालको १ रनको रोमान्चक जित


२० मंसिर, काठमाडौं । राजधानीमा जारी एसीसी ट्वान्टी २० कप क्रिकेटमा नेपालले कुवेतमाथि १ रनको रोमान्चक जित हात पारेको छ । यससँगै नेपालको सेमिफइनल प्रवेशको सम्भावना कायमै छ । सेमिफाइनल पुग्ने देशले आईसीसी ट्वान्टी ट्वान्टीको छनोट खेल खेल्न पाउने छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली फिल्ममा पनि ‘डर्टी’


काठमाडौं, मङ्सिर २० । मिलन लुथरियाद्वारा निर्देशित बलिउड फिल्म ‘डर्टी पिक्चर’ले भारत जस्तै नेपाली दर्शकबीच पनि राम्रो आम्दानी गरिरहेको छ । सधै शालिन र सामान्य पहिरनमा उत्रने हिरोइन विद्या वालनले फिल्ममा सन् ८० को दशककी दक्षिण भारतीय हिरोइन सिल्क स्मिताको भूमिका निर्वाह गरेकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

एकै सभासदका ३ राहदानी


प्रतिमा बास्कोटा, काठमाण्डौ

मंसिर २० । मधेसी फोरम गणतान्त्रिककी सभासद सलमा खातुन मिक्रानीले २०६७ असोजमा ०२१३०६ नम्बरको कूटनीतिक राहदानी पेस गर्दै क्यानडा र अष्ट्रेलियामा हुने फरक-फरक कार्यक्रममा सहभागी हुन भिसाका लागि आवेदन दिइन् । एक महिनापछि कात्तिकमा उनले ०२१३३५ नम्बरको अर्को कूटनीतिक राहदानी पेस गरेर क्यानडाकै अर्को कार्यक्रममा जान भिसा मागिन् । यसअघि ०६५ असोजमा क्यानडाकै भिसाका लागि पढ्नेक्रम जारी राख्नुहोस्

तिमीलाई बाचा !!


सचिन /याम पौडेल, साउदी अरब


तिम्रो महत्व बुझेर नै मेरो जीबनमा
अमुल्य जिबन तिमीसँगै बिताउने बाचा गरिरहेछु
तिम्रो आवश्यकता बुझेर नै मेरो जीबनमा
चाँडै अपनाउने बाचा गरिरहेछु पढ्नेक्रम जारी राख्नुहोस्