भारतीय अभिनेता देव आनन्दको निधन प्रति अन्तर्राष्ट्रिय कलाकार मञ्चद्वारा दु:ख प्रकट


संसारकै सुन्दर नायक, कालो कोट र शुटमा हिंड्दा उनी यती सुन्दर देखिन्थे कि जसका कारण समस्या उत्पन्न भएर उनलाई ति शुट लगाउन समेत प्रतिबन्ध लगाइएको थियो । भनिन्छ, जवानीमा सुन्दरीहरु उनलाई पाउन प्रस्ताब गर्थे र उनले नमान्दा आत्महत्या गर्थे । त्यस्ता नायक, विश्वकै एक लोकप्रिय र चर्चित कलाकार देब आनन्दको बेलायतमा निधन भएकोमा अन्तराष्ट्रिय कलाकार मंचले दु:ख प्रकट गरेको छ । मंचका तर्फबाट अमेरिकामा अध्यक्ष रामप्रसाद खनालले एक शोक बक्तब्य जारी गर्दै देब आनन्द भारतका मात्र नभएर संसारभर लोकप्रिय रहेका एक चलचित्र नायक रहेको र उनका सयौं चलचित्र त्यसका सबुत भएको स्मरण गराउनु भएको छ । यस्ता महान कलाकारको निधनले कलाकारिता जगतले ठुलो क्षती बेहोर्नुपरेको बताउँदै श्री खनालले स्वर्गिय देब आनन्दको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन र संसारभरी छरिएका देब आनन्दका शोक सन्तप्त दर्शकहरुमा समेत समबेदना प्रकट गर्नुभएको भएको छ ।

प्रकाश नेपाल
सचिव एवं प्रवक्ता
अन्तराष्ट्रिय कलाकार मंच, वाशिङ्गटन डिसी, अमेरिका

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.