नमिता मिस तमुस्यो


सुन्दरी प्रतियोगिताको होड चलिरहेको पोखरामा शुक्रबार साँझ अर्को त्यस्तै प्रतिस्पर्धा सकियो । फेरि अर्की सुन्दरीको शिरमा ताज परेको छ र ती भाग्यमानी हुन्, नमिता तमू । २४ प्रतिस्पर्धीलाई पाखा लगाउँदै नवलपरासीकी सुन्दरीले ‘मिस तमुस्यो नेपाल’ उपाधि जितेकी छन् ।

नमितालाई पूर्व मिस तमुस्यो बुद्धिलक्ष्मी तमूले ताज पहिर्‍याइदिइन् । उनले बेस्ट कन्पिmडेन्टको टाइटल पनि पाइन् । उनले २५ हजार रुपैयाँ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को ब्रान्ड एम्बेसडरको अवसर, स्थानीय ब्युटिपार्लरबाट ६ महिने स्पेसल कोर्स सिक्ने अवसर समेत प्राप्त गरिन् ।

तमू विद्यार्थी छोंज धी कास्कीद्वारा आयोजित प्रतियोगितामा कास्कीकी रजनी तमू बेस्ट पर्सनालिटीसँगै फस्ट रनर अप भइन् । उनले १५ हजार रुपैयाँ पाइन् । कास्कीकै रिना तमूले सेकेन्ड रनर अप बनेर १० हजार रुपैयाँ हात पारिन् ।

भूमिका तमूले दर्शक छनोट र बेस्ट स्किन, रूपन्देहीकी पुष्पा तमू मोस्ट ट्यालेन्ट, अन्जानी तमू बेस्ट हेयर, पूजा तमू डिसिप्लिन, मुना तमू बेस्ट ड्रेस, विष्णु तमू क्याटवाक, तीर्था तमूले बेस्ट ल्याङ्ग्वेज टाइटल पाए । प्रतियोगितामा झापा, संखुवासभा, सुनसरी, मकवानपुर, नवलपरासी, काठमाडौं, लमजुङ, स्याङ्जा, तनहुँ लगायतका युवतीहरू भिडेका थिए । कार्यक्रममा ‘गण्डकी तारा’ मनोज गुरुङ, दोहोरी गायक शंकरविरही गुरुङले सांगीतिक प्रस्तुति दिएका थिए ।

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.