बलिउड अभिनेता देवानन्दको निधन


मंसिर १८ । बलिउड अभिनेता देवानन्दको ८८ वर्षको उमेरमा निधन भएको छ । उपचारका लागि बेलायत पुगेका आनन्दको आज बिहान हृदयघातका कारण निधन भएको हो । भारतीय सिनेमामा सदावहार रोमान्टिक हिरो रहेका देवानन्दले नेपालमा भएको दरबार हत्याकाण्डलाई आधार बनाएर फिल्म बनाउने घोषणा समेत गरेका थिए । फिल्मको पोस्टर तयार भएपनि उनको यो योजनाले पूर्णता भने पाउन सकेन ।

उनकै मुलुक भारत लगायत नेपालमा पनि विभिन्न सम्मान पाएका उनी १९६४ देखि फिल्मी क्षेत्रमा सक्रिय थिए । उनका थुप्रै फिल्महरु नेपालमा सुटिङ भएका छन् । देवानन्द मृत्यु अगाडिसम्म पनि फिल्म निर्माण क्षेत्रमै सक्रिय रहँदै आएका थिए । उनको निधनले बलिउड पूरै शोकमा छ । भारतीय फिल्मका हस्तिहरुले सामाजिक सञ्जालबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.