बंगलादेशविरुद्ध नेपालको रोमाञ्चक जीत (हाइलाइट भिडियोसहित)


काठमाडौं, मंसिर १८ । नयाँ दिल्लीमा भइरहेको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशविरुद्ध १-० को रोमाञ्चक जीत हात पारेको छ । जवारलाल नेहरु रंगशालामा खेल सकिन केही सकेण्ड मात्र बाँकी रहँदा सागर थापाले फ्रि किक गोल गर्दै नेपाललाई रोमाञ्चक जीत दिलाए ।

प्रतिस्पर्धात्मक खेलको अन्त्यतिर बंगलादेशले नेपाललाई दवावमा राखेको थियो । दवावका कारण नेपालको खेल खस्किरहेकै अवस्थामा डि बक्सभन्दा टाढा पाएको फ्रि किकलाई थापाले पोस्टको दायाँ कुनाबाट जाली चुमाए ।

बंगलादेशलाई हराउँदा नेपालले ३ अंक पाएको छ । यसअघि माल्दिभ्ससँग बराबरी खेल्दै नेपालले १ अंक जोडेको थियो । यो जीतसँगै नेपाल अर्को अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो भएको छ । खेलको हाइलाइट हेर्नुहोस्:

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.