कुवेतबाट पर्वतका अपाङ्ग चेलीहरुको सहयोग स्वरुप नेरु १,५८,५६१ नेपाल पठाईयो


ईन्द्र भुषाल, कुवेत

पर्वत जिल्लाको रानीपानी गाबिसका एउटै परिवारका ५ अपाङ्ग नेपाली बैनिहरुलाई सहयोग स्वरुप संकलित रकम नेरु. १,५८,५६१ (१ लाख ५८ हजार ५ सय ६१) आज कुवेतबाट नेपाल पठाईएको छ । बिजया दशमीमा जन-प्रगतिसिल मञ्चका अध्यक्ष धुर्ब कुमार संग्रौला(कुमार झापाली) को टिका ग्रहन र दक्षिणा संकलन कार्यक्रमबाट शुरु गरिएको सामाजिक अभियानलाई माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको चौथो वार्षिक बनभोज कार्यक्रममा पनि परिचालित गरी राम्रो सहयोग संकलन गरिएको थियो जसमा सम्पूर्ण कुवेतबासी नेपाली सँघ-संस्थाका प्रमुख र सम्पूर्ण कुवेतबासी नेपालीहरुले सहयोगी हातहरु अगाडि बढाउनु भएको थियो भने अमेरिकन दुताबासमा कार्यरत नेपालीहरुबाट सहयोग संकलन कार्य गर्ने क्लब सल्लहाकार एवं तमु समाजका उपाध्यक्ष खोप गुरुङले गर्नु भएको थियो ।

कुवेतमा संकलित रकम आज युएई एक्स्चेन्जबाट हिमालयन बैंक पर्बतमा झिक्न सक्ने गरी अपाङ्ग ५ छोरीका पिता बलबहादुर दर्जीको नाममा पठाइएको छ भने उक्त रकम बैंकबाट निकाली अपाङ्ग चेलीहरुको बैंक खातामा सुरक्षित राख्नको लागि यो सामाजिक कार्यका एक अगुवा नेपाल टेलिभिजनका अपाङ्ग सरोकारवाला श्री लक्ष्मी प्रसाद पौडेल ज्युलाई जिम्मीबारी दिइएको छ । नेपाल टेलिभिजनको अपाङ्ग सरोकार सम्बन्धी कार्यक्रममा ५ जना एकै परिवारका अपाङ्गहरुको भिडियो सार्वजनिक भएपछी प्रबासी नेपालीहरुबाट सहयोग संकलन गर्ने कार्य भएको थियो भने यो सामाजिक कार्यलाई कुवेतमा पनि जन-प्रगतिशिल मञ्चका अध्यक्ष कुमार झापाली, नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, मजदुर सँघका अध्यक्ष टेन्डुप शेर्पा, जन-जाग्रिती युवा समाजका कोषाध्यक्ष छत्र कार्की, माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सचिब तथा कुवेतनेपाल डटकमका संवाददाता ईन्द्र भुषाल र क्लब सदस्य तथा कुवेतनेपालकै संवाददाता डम्मर रिमालको बिशेष सकृयतामा यो रकम संकलन गरिएको हो ।

अल्घानिमबाट संकलित रकम छिट्टै पुन. नेपाल पठाईने
त्यसैगरी कुवेतमा चिर-परिचित कम्पनी अल्घानिममा संकलन गरिएको रकम यथासक्य नेपाल पठाईने भएको छ । स्मरण रहोस् पर्वतका अपाङ्ग चेलीहरुलाई संसारका बिभिन्न मुलुकमा कार्यरत नेपालीहरुले ठुलो मात्रमा सहयोग जुटाएका छन । कार्यक्रममा भिडियो पर्सारण गरेर यथार्थता अगाडि ल्याउनु भएकोमा नेपाल टेलिभिजनका अपाङ्ग सरोकारवाला श्री लक्ष्मी पौडेल ज्युलाई धन्यबाद दिन चाहन्छौ ।

4 responses to “कुवेतबाट पर्वतका अपाङ्ग चेलीहरुको सहयोग स्वरुप नेरु १,५८,५६१ नेपाल पठाईयो

  1. Yo mahan kam ma help garne sabailai badai cha. Indra sir news ko last ma Nepal television ka Laxmi prasad Poudel hunuparnr ma Kantipur television vayacha milcha bhane please sudar garnu hola

  2. hajur haru ko news lai dhanyabad 6a sir,
    Nepal television ko Apangata Sarokar Program ho hi sir kantipur television hoina. please yes lai saccaunu hola.
    thanks for your cooperation
    Regards
    Laxmi Prasad poudel
    Padam raj poudel
    NTV Disability Program
    Apangata Sarokar
    for more detail call us on :009779841965525/9841378999

  3. Thank you Laxmi Sir & news has corrected as suggested by you.

  4. welcome laxmi ji.agami dinharuma pani hamro social work jari rahane cha.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.