एसीसी ट्वान्टी–२० कप क्रिकेटमा नेपाल पराजित भएपछि ढुङगा मुढा


काठमाडौंको कीर्तिपुरमा जारी एसीसी ट्वान्टी–२० कप क्रिकेटमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको छ । नेपाल पराजित भएपछि समर्थकले युएई माथि ढुङगा मुढा गरेका थिए ।

नेपालले प्रस्तुत गरेको ९५ रनको सामान्य लक्ष्य युएईले १८ दशमलव ३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्‍यो । युएईका लागि साइमन अनवरले सर्वाधिक ३३ रन जोडे भने अबदुल रहमानले १९ रन जोडेका थिए । नेपालका अमृत भट्टराई एक्लैले तीन तथा बसन्त रेग्मीले १ विकेट लिएका हुन् ।

टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९५ रनको सामान्य योगफल बनाउन सक्यो । २ दशमलव ३ ओभरमा १९ रन जोड्दा अपनर अनिल मण्डललाई गुमाएको नेपालले ७ औं ओभरको समाप्तिमा ३७ रन जोड्दा पाँच विकेट गुमाएको थियो ।

नेपालका लागि मेहबुब आलमले सर्वाधिक १७ रन जोडे भने विनोद भण्डारीले समान १४ र पृथु बास्कोटाले १० रन जोडे । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । पहिले ब्याटिंग गरेको नेपालले नौ विकेट क्षतिमा ९५ रन बनाएको थियो । जवाफमा युएईले १८ ओभर   ३ बलमा ४ विकेट गुमाउदै जित हात पार्यो । उसले ९९ रन बनायो । यो युएईको लगातार दोस्रो जित हो ।

सत्र ओभर समाप्तिमा युएईले ९१ रन बनायो । जितकालागि ५ रन आवश्यक खेलको १६ ओभर समाप्तिमा युएईको चार विकेट क्षतिमा ८५ रन । जितकालागि २४ बलमा ११ रन आवश्यक खेल फेरि सुरु । नेपालको खराव प्रदर्शनका कारण दर्शकले मैदानमा पानीको बोतल प्रहार गरे । त्यसपछि प्रहरीले दर्शकलाई लखेटन थालेको थियो । थप उत्तेजित दर्शकले ढुंगाप्रहार गरे । १४ ओभर २ बलमा खेल अवरुद्ध । युएईले ४ विकेट क्षतिमा ८० रन बनाएको छ । जितकालागि ३४ बलमा १६ रन आवश्यक । उसका ६ विकेट बाँकी नेपाल हारको नजिक । उत्तेजित दर्शकले मैदानमा ढुंगाप्रहार । खेल अवरुद्ध आज नेपालले अत्यन्त खराव फिल्डींग नमुना देखाएको छ । ओभर थ्रो हुदै ६ रन दियो ।

खेलको १३ औं ओभरमा नेपालले दुईविकेट लिदै खेलमा फर्कने प्रयास कायम राखेको छ । नेपाललाई अर्को सफलता । युएईकको चौथो विकेट गयो । अमृतको बलमा ज्ञानेन्द्रले खुर्रम खानको क्याच लिए । अमृतको तीन विकेट ।

सञ्जमको उत्कृष्ठ प्रदर्शन । उनले बाउन्ड्री नजिकै साहिमान अनवरको क्याच लिए । युएई तीन विकेट क्षतिमा ६५ मा नेपालको कमजोर फिल्डींग । बसन्तले खुर्रमको क्याच छोडे । १२ ओभर समाप्तिमा युएईको २ विकेट क्षतिमा ६३ रन ।

जितकालागि युएईलाई ५४ बलमा ३५ रन आवश्यक । रंगशालाबाट दर्शक फर्कन सुरु । ११ ओभर समाप्तिमा दुईविकेट क्षतिमा ६१ युएईका अनुभवि कप्तान खुर्रम खान क्रिजमा । उनी ४० बर्ष कटिसकेका खेलाडी हुन । सञ्जमले आफ्नो चौथो ओभर पुरा गरे । नौ ओभर समाप्तिमा युएईको ४९ रन ।

आठ ओभर समाप्तिमा युएईले दुईविकेट क्षतिमा ४७ रन जोडेको छ । नेपालका बसन्त रेग्मी र अमृत भट्टराईले एक,एक विकेट लिएका छन् । फैजान १३ रन जोडदा बसन्तको बलमा पारसको हात समातिए । युएई दुईविकेट क्षतिमा ४३ युएईद्वारा राम्रो ब्याटिंग । छ ओभर समाप्तिसम्म एक विकेट क्षतिमा ४२ रन नेपाली टिमले राम्रो फिल्डींग पनि प्रस्तुत गर्न सकेको छैन । नेपालका बसन्त रेग्मी बलिंग गर्दै चौथो ओभर समाप्तिसम्म युएईले एक विकेट क्षतिमा २५ रन जोडेको छ ।

नेपाललाई पहिलो सफलता । अमृतको बलमा अमजदलाई सञ्जमले क्याचआउट गरे । नेपालले सुनौलो अवसर गुम्यो । शरदले फैजानको क्याच ड्प गरे । नेपालले दोस्रो ओभरदेखिनै स्पिन सुरु गरेको छ । सञ्जम रेग्मी बलिंग गर्दै छन् । युएईले पहिलो ओभर समाप्तिमा विनाविकेट क्षति ७ रन बनाएको छ । उसका अमजद अलि र फैजान असिफ क्रिजमा नेपाली बलिंगको सुरुआत अमृत भट्टराईले गर्दै छन् ।

सामान्य स्कोर तयार गरेको नेपालले अव बलियो बलिंग प्रस्तुत गर्नु पर्ने छ । दुवै टिम मैदानमा प्रवेश गरिसकेका छन् ।

नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ९५ रन बनायो । घरेलु टिमकालागि महवुव आलमले सर्वाधिक १७ रनको योगदान गरे । त्यस्तै, विनोद भण्डारी र सुवास खकुरेलले १४(१४ रन बनाए । पृथु वास्कोटाले १० तथा सञ्जम रेग्मीले नटआउट ९ रन जोडे । युएईका अहमद राजाले तीन तथा सिल्भा र मुस्तफाले दुई,दुई विकेट लिए । इनिंग ब्रेक भएको छ ।

नेपालले नौ विकेट क्षतिमा ९५ रन जोडदै युएईविरुद्ध ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बसन्तले एकरनमात्र बनाए । उनी आउट भए । नेपाल ९४(९मा । अमृत भट्टराई क्रिजमा ।

अव एक ओभर बाँकी । १९ ओभर सकिदासम्म नेपालले ८ विकेट क्षतिमा ९३ रन बनाएको छ ।

अठार ओभर सकिदा ८ विकेट क्षतिमा नेपालले ८८ रन बनाएको छ ।

नेपालको विकेट झर्ने क्रम रोकिएन । पृथु आउट भए । उनले १० रनको योगदान दिए । नेपाल ८ विकेट क्षतिमा ८३ को अवस्थानमा । नेपालले सय रन कटाउनपनि गाह्रो  । सञ्जम रेग्मी क्रिजमा । अव दुई रेग्मीले के गर्ने हुन ।

नेपालको अर्को विकेट गयो । विनोद भण्डारी १४ रन बनाएर आउट भए । बसन्त रेग्मी क्रिजमा । अव पृथु र बसन्तलाई नेपाली इनिंग सम्हाल्ने जिम्वेवारी,

पुथुले छक्का प्रहार गरे । नेपालले १६ ओभर समाप्तिसम्म ६ विकेट क्षतिमा ८१ रन जोडेको छ ।

१५ ओभरसम्म नेपालले ६ विकेट क्षतिमा ६८ रन जोडेको छ ।

१४ ओभर समाप्तिसम्म नेपालले ६ विकेट क्षतिमा ६५ रन जोडेको छ । पृथु ४ र विनोद भण्डारी ३ रनमा क्रिजमा छन् ।

नेपालको कमजोर ब्याटिंगपछि  दर्शक तुलनात्मकरुपमा शान्त । पञ्चैवाजाको आवाज सुनिन छाडेको छ । दर्शकमा केही निराशा,

नेपाली ब्याटिंग लाइनअप कागजमा दरो देखिन्छ । प्रशिक्षक पुवु्दु दासानायके नवौं नम्वरसम्म ब्याटिंग लाइन रहेको बताउदै थिए । तर आज युएईका बलरले नेपाली ब्याटिंगमा अझ धेरै सुधारको आवश्यकता रहेको प्रस्ट पारेका छन् । घरेलु भुमी र घरेलु दर्शकसामु नेपाली ब्याट्सम्यानको कमजोर प्रस्तुती,

नेपाललाई अर्को पीडा । महवुव १७ रन जोडदा मुस्तफाको बलमा बोल्ड भए । नेपालले ६ विकेट क्षतिमा ६० रन बनायो । विनोद भण्डारी क्रिजमा,

महवुव आफ्नो स्वभाविक खेलमा फर्कदै । उनले छक्का प्रहार गरे । उनले ९ बलमा १७ रन बनाए ।

महवुव आलमले १० रन बनाए । नेपालले ५० रन बनायो ।

नेपाल कमजोर अवस्थानमा शरद सात रन जोडदा आउट भए । पृथु वास्कोटा मैदानमा नेपालले ४७ रन जोडदा ५ विकेट गुमायो । दश ओभरको समाप्ति,

आठविकेट समाप्तिसम्म नेपालले ४ विकेट क्षतिमा ३७ रन मात्र बनाएको छ ।

नेपालको अर्को दुर्भाग्य । कप्तान पारस आउट भए । महवुव आलम मैदान प्रवेश गरेका छन् ।

पारशले अझै खाता खोलेका छैनन् । सात ओभर सकिदासम्म नेपालले तीन विकेट क्षतिमा ३३ रनमात्र बनायो । शरदले एक रन जोडे ।

छ ओभर समाप्तिसम्म नेपाली टिमले तीनविकेट गुमाउदै ३२ रनमात्र बनाएको छ । शरदले १२ बलको सामना गर्दै ४ रनमात्र बनाएका छन् ।

पाँचौ ओभर सकिदासम्म नेपालले तीन विकेट गुमाउदै २९ रन मात्र जोडेको छ । शरदले ३ रन जोडेका छन् भने पारसले खाता खोल्न बाँकी,

कप्तान पारस खड्का शरदका साथ क्रिजमा रहेका छन् । पहिलो खेलका म्यान अफ द म्यच उनलाई कप्तानको जिम्वेवारीपूर्ण इनिंग खेल्नु छ । नेपालले रन बनाउनुका साथै विकेट जोगाउन आवश्यक,

नेपाल दवावमा । नेपालले २६ रन जोडदा तेस्रो विकेट गुमायो । ज्ञानेन्द्र मल्ल खाता नखोल्दै एलबीडब्लु आउटको शिकार बने ।

उफफफ  नेपाललाई थप झटका । सुवास १४ रन जोडदा सहदीप सिल्भाको बलमा बोल्ड भए । उपकप्तान ज्ञानेन्द्र क्रिजमा । अनुभवि शरद र ज्ञानेन्द्र क्रिजमा,

नेपाली टिमको हौसला बढाउन दर्शकहरु पञ्चैवाजा लिएर खेल हेर्न आएका छन् । ५ हजार भन्दा वढी दर्शक किर्तिपुरमा । आउने क्रम जारी,

तेस्रो ओभर समाप्तिसम्म नेपालले एक विकेट क्षतिमा २३ रन । शरदले खाता खोलेका छैनन् ।

नेपाललाई तेस्रो ओभरमा झटका । अनिल ५ रन जोडदै पेभेलियन फर्के । उनी रनआउट भए । शरद भेषावकर क्रिजमा

दोस्रो ओभरमा सुवासले लगातार दुई चौका प्रहार गरे । अनिलले पनि चौका प्रहार गरे । समाप्तिसम्म नेपालको   १८ रन । सुवास  ११ र अनिल ५ रन जोडदै क्रिजमा

पहिलो ओभरको समाप्तिसम्म नेपालको ४ रन । सुवासले २ र अनिलले  १ रन जोडेका छन् ।

नेपालले  खाता खोलेको छ । सुवासले पहिलो रन जोडे ।

त्रिवि अन्तर्राष्ट्यि मैदान किर्तिपुरमा नेपाली झण्डासहित दर्शक आउने क्रम जारी रहेको छ ।

सुवास खकुरेल र अनिल मण्डलले नेपालको ब्याटिंग सुरुआत गर्दै छन् । दुवै क्रिजमा रहेका छन् ।

युएईका खेलाडी मैदान प्रवेश गरेका छन् ।

नेपाली टिममा सामान्य परिवर्तन गरिएको छ । राहुल विकको स्थानमा सञ्जम रेग्मी र प्रदीप ऐरीको स्थानमा शरद भेषावकर नेपाली टिममा छन् ।

त्रिवि अन्तर्राष्ट्रिय मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

पहिलो खेलमा हङकविरुद्धको खेलमा कठिन जित हात पारेको नेपालले अव युएईविरुद्धको खेलमा सुधारिएको प्रदर्शन गर्नु पर्ने छ । ओपनर सुवास खकुरेल र अनिल मण्डल पहिलो खेलमा जम्न नसकेपनि अव उनीहरुले नेपाललाई राम्रो सुरुआत दिनु पर्ने छ ।

अफगानिस्तानसँगै नेपाल र युएईलाई अन्तिम चारमा पुग्नसक्ने सम्भावित टिमको रुपमा हेरिएको छ । तुलनात्मक रुपमा गाह्रो मानिएको टिममा नेपाल र युएई बाहेक हकङ, कुवेत र साउदीअरेवियार रहेका छन् ।

श्रीलंकाली पुवुदु दासानायकेको प्रशिक्षणमा नेपाली टिम रहेको छ भने पाकिस्तानका कविर खानको नेतृत्वमा युएईको टिम छ । यस अघि दासानायकेले क्यानडाको राष्ट्रिय क्रिकेट टिम सम्हालेका थिए भने कविरले अफगानिस्तानको राष्ट्रिय टिमलाई प्रशिक्षण दिएका थिए ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले समूह बी मा आफ्नो दोस्रो खेल खेल्दैछ । यस अघि पहिलो खेलमा नेपालले अर्को वलियो मानिएको हङकङमाथि अन्तिम बलमा दुईविकेटको रोमाञ्चक जित दर्ता गरेको छ । नेपासँगै सेमिफाइनल पुग्ने मानिएको युएईले पनि आफ्नो पहिलो खेलमा जित हात पारेको छ । नेपालले कुवेतलाई चार विकेटले हराउदै नेपालसँगै २ अंक जोडेको छ ।

एसीसी ट्वान्टी-ट्वान्टी कप क्रिकेटको नेपाल विरुद्ध संयुक्त अरव इमिरेट्स -युएई)बीचको खेलमा स्वागत छ  । नेपाल र युएईबीरुद्धको खेलको टेक्स्ट लाईभ इकान्तिपुर डट कममा हेर्दै हुनु हुन्छ । टेक्स्टलाइभबाट शरद धितालको नमस्कार । साथमा हुनुहुन्छ हिमेश वज्राचार्य र जगदीश पाण्डे

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.