कुवेतमा एन्जल लामाको भात खुवाई सम्पन्न (फोटो फिचरसहित)


जय आले, कुवेत

नेपालकुवेत मेनपावर एसोसियसन एवं तामाङ् घेदुङ् कुवेतका सदस्य श्री श्याम लामा र श्रीमती मिना लामाकी आयूष्मति सुपुत्री एन्जल लामाको भात खुवाई “अन्न प्रासन” कार्यक्रम ०१ डिसेम्बर २०११ बिहीवारको दिन कुवेतको मालियास्थित होटल एसिया-एसियामा भव्यताका साथ सम्पन्न भएको छ ।

सो अवसरमा छोरी एन्जललाई अन्न प्रासन गराउँदै सु-स्वास्थ्य एवं दिर्घायुको कामना सहित आशिर्वाद दिन कुवेतवासी नेपालीहरुले बिभिन्न मायाको चिनो सहित उपस्थिती जनाएका थिए । नाचगान तथा थुप्रै मनोरञ्जनात्मक प्रस्तुतिहरु रहेको उक्त भात खुवाई कार्यक्रममा जलपान तथा ओपन बुफे रात्री भोजको चुस्त व्यवस्था गरिएको थियो भने लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष बि.बी मल्ल ठकुरी र सह-सचिव डि.बी लोप्चनले आ-आफ्नो एकल गीत प्रस्तुत गरेर कार्यक्रमलाई थप रोचक पार्नु भएको थियो ।

निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो शुरु गरिएको सो कार्यक्रममा एनआरएनए कुवेत, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, मेनपावर एसोसियसन, तामाङ् घेदुङ् कुवेत, लालीगुराँस साँस्कृतिक परिवार, तमू समाज कुवेत, कुवेतनेपाल डटकम, नेवा: गुठी कुवेत, जन-सम्पर्क समिति, जन-प्रगतिशिल मञ्च, मजदुर सँघ, तनहुँ संपर्क मञ्च लगायत लामा परिवारका आफन्तजनहरुको व्यापक उपस्थिती रहेको थियो भनें कार्यक्रम रात्रीको १२.३० बजेसम्म चलेको थियो ।

कार्यक्रमका केही झलकहरु:

2 responses to “कुवेतमा एन्जल लामाको भात खुवाई सम्पन्न (फोटो फिचरसहित)

  1. के हो कुवैतनेपाल डट काम ले कुनै समाचार copy गर्न भेटेंन जस्तो लग्यो नत्र व्यक्तिगत सहमारो भएको कुरा पनि समाचार मा आउन थाल्यो
    येही हो नेपाली संचार को पहिचान

  2. Rajendra Jii, Kuwait ko Nepali Samaj ka Chir-parichit byaktitwa harule kunai pani karyakram sarbajanik rupma aayojana garnu hunchha bhane ra sanchar lai invite garinchha bhane teslai coverage garnu sancharkarmi ko kartabya ho. Bholi hajur le garnus ra hamilai sancharkarmi ko darjama bolaunus tyo pani hamile lekhne chhau.

    Ani Sanchar ko pahichan ko kura uthaunu bhayeko rahechha biswas garnu hola yehi news lai hamra 1875 Pathak le ahile samma padhi sakeko janakari garauna chahanchhau.

    Thank you for your comment.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.