शिक्षक हत्याका फरार अभियुक्त पक्राउ


 एक बर्षअघि शिक्षक सुभाष पाण्डेको हत्याको मुख्य अभियुक्तलाई प्रहरीले विहीवार पक्राउ गरेको छ । प्रहरीको खोजीको सुचीमा रहेका बतरा गाविस ६ का ३४ बर्षीय अभियुक्त मुकेश यादवलाई छतवा गाविसको चौरीबाट लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अजयकुमार द्ववेदीले बताए ।‘उनी भारतको बम्बईमा फरार अवस्थामा लुकेर बस्दै आएकोमा नेपाल आएको विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो’ प्रहरी नायब उपरीक्षक द्ववेदीले भने । पाण्डे कलैयाको बरेवामा रहेको दुर्गा उच्चमाविबाट अध्यापन गराएर घर फर्किंदै गर्दा कुकुरभुका गाउँको बाटोमा गोली प्रहार गरी हत्या गरिएको थियो ।छ महिनाअघि पाण्डेको काका अशोकको पनि हत्या भएको थियो । एकै  परिवारमा ६ महिनाको अवधिमा २ जना (काका–भतिजा) को हत्या भएपछि प्रहरीले उनीहरुको परिवारको सुरक्षाको लागि उनकै घरमा लामो समयदेखि अस्थायी रुपमा ‘पिकेट’ टोली राखेको छ ।

Posted by: Dambar Rimal                                                             Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.