लडाकु समायोजन संख्या ९ हजार पुर्‍याइने, मंसिर मसान्तसम्म शिविर खाली गरिने


असन्तुष्ट लडाकुहरुलाई मनाउन कैलालीको तालबन्द शिविरमा आइपुगेका प्रधानमन्त्री बाबुराम भट्टराई, माओवादी अध्यक्ष प्रचण्डलगायतको टोली लडाकु कमाण्डरहरुका साथ तस्विर खिचाउँदै ।

काठमाण्डौं, मंसिर १५ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले ९ हजार लडाकुलाई सेनामा समायोजन गर्न सकिने प्रस्ताव अगाडि सारेका छन् । दलहरूसँग पुनः छलफल गरी समायोजनमा जाने संख्या थप्न सकिने आश्वासन उनले लडाकुहरूलाई शिविरमै आएर दिएका हुन् ।

लडाकु वर्गीकरण प्रक्रिया सकिएलगत्तै बुधबार शिविर आएका दाहालले लडाकु कमान्डरहरूलाई शान्ति प्रक्रियाको बाधक नबन्न पनि आग्रह गरे । दाहाल नेतृत्वको टोलीमा प्रधानमन्त्री बाबुराम भट्टराई, विशेष समिति सदस्यहरू ईश्वर पोखरेल र जयप्रकाश गुप्ता थिए । उनीहरूसहित रोल्पा आउनुअघि कैलालीको तालबन्दमा कमान्डरहरूसँग छलफल गर्दै दाहालले सहमतिमा उल्लेख गरिएभन्दा समायोजनमा जान चाहने बढी भएको विषयमा अन्य दलहरूसँग छलफल गरिने बताएका थिए । टोलीमा रहेका विशेष समिति सदस्य एवं मधेसी फोरम गणतान्त्रिकका अध्यक्ष गुप्ताले भने सहमतिको संख्या तोकिएभन्दा थप्न नसकिने बताए ।

माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिका सदस्यहरूले मंसिर मसान्तभित्रै लडाकुका सात मुख्य र २१ सहायक शिविर खाली गरिने बताएका छन् । वर्गीकरण सकिनासाथ स्वैच्छिक अवकाश रोज्नेलाई आधा रकम दिएर बिदा गर्ने र समायोजन रोज्नेलाई सेनाको जिम्मा लगाएर शिविर खाली गरिने उनीहरूको भनाइ छ । ६ मुख्य शिविरमा वर्गीकरणको काम पूरा भइसकेको र कैलालीमा बिहीबार बेलुकीसम्म काम सकिने विशेष समिति मातहतको सचिवालय संयोजक बालानन्द शर्माले जानकारी दिए । ‘सातबुँदे सहमतिमा शान्ति प्रक्रिया र खासगरी लडाकुको समायोजन र पुनःस्थापनाको काम मंसिर ७ भित्रै सम्पन्न गर्ने उल्लेख छ ।

Source: NP-Horizons

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.