तामाङ् घेदुङ् कुवेतको ‘२८४८ औं सोनम ल्होछार’ राजु लामाको साथमा


जितेन थिङ्, कुवेत

“मंगोलियन हर्ट ‘राजु लामा’ कुवेत आउँदै”
आगामी २७ जनवरी २०१२ का दिन नेपाल तामाङ घेदुङ, कुवेतले आफ्नो रीति-रीवाज, धर्म-संस्कृती र परम्पराको जगेर्ना गर्ने गराउने उद्देश्यले ल्होसार (ल्होछार पर्ब ‘२८४८ औं’ सोनम ल्होसार) भब्य तरिकाले मनाउने तय गरेको छ । २५-११-२०११ मा घेदुङ कुवेतका अध्यक्ष श्री राम बहादुर लामा (घ्लन) को अध्यक्षतामा होटल सोल्टी मुर्गाबमा बसेको कार्यसमितिको २१ औ बैठकले सो निर्णय पारित गरेको हो । घेदुङ् कुवेतद्वारा आयोजित गत बर्षका दुईवटा बृहत कार्यक्रमहरुमा अपार सफलता हाँसिल गरेपछी उत्साहित बनेको र दुईवटै प्रस्तुतिबाट सबैको मन जित्न सफल तामाङ घेदुङ, कुवेतले यो आउने ल्होसार पनि त्यतिकै सफलताका साथ मनाउने उद्देश्यले कम्मर कसेर लागि परेको छ भनें कार्यक्रमलाई थप रोचक, सांगितिक र ऐतिहासिक बनाउनको लागि यस घेदुङ, कुवेतले अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त पप गायक राजु लामा (मंगोलियन हर्ट) हाल अमेरिका रहेकालाई अमेरिकाबाट सिधै कुवेत झिकाउने भएको छ ।

यसैगरी यस बर्षको ल्होसार कार्यक्रमलाई सफल पार्न कुवेतस्थित मोफसलका चर्चित तामाङ कलाकारहरुबाट पनि अत्यन्तै स्तरिय नृत्यहरु प्रदर्श हुने भएका छन । होटल सोल्टी, मुर्गाबमा बसेको यस बैठकले “२८४८ औ सोनम ल्होसार (ल्होछार) राजु लामाको साथमा” भनेर नामांकरण गर्दै सांगितिक कार्यक्रमलाई सफल बनाउनको लागि निम्न उप-समितिहरुको गठन समेत गरेको छ ।

कार्यक्रम संयोजक
सचिब – अमृत तामाङ
उपसम्योजक
सदस्य – प्रिती लामा

आर्थिक संयोजक
कोसाधक्ष्य – निर्मल लामा
उपसम्योजक
सह-कोसाध्यक्ष – अमृता घिसिङ

साँस्कृतिक बिभाग प्रमुख
सदस्य – श्याम लामा
उपप्रमुख
उपाध्यक्ष – डुन्डुप तामाङ

नृत्य प्रशिक्षक प्रमुख
सदस्य – डुप्चन तामाङ
उपप्रमुख
सदस्य – निशा तामाङ

टिकट ब्यवस्थापन प्रमुख
उपाध्यक्ष – अर्जुन तामाङ
उपप्रमुख
सदस्य – पुष्पा वाइबा

सुरक्षा बिभाग प्रमुख
सदस्य – सुन बहादुर तामाङ
उपप्रमुख
सदस्य – सम्बर वाइबा, रहनु भएको छ ।

4 responses to “तामाङ् घेदुङ् कुवेतको ‘२८४८ औं सोनम ल्होछार’ राजु लामाको साथमा

  1. असाध्य खुसि लाग्यो, सफलताको अग्रिम शुभकामना ‎सम्पूर्ण साथीहरुलाई ‎

    मनोज मनसुन

  2. sarba pratham yas patrikako saphaltako kamana ani malai yas patrikama kasaiko personal jibanko barema lekhnu vanda kuwaitma raheko samasya ra vitra vitra vaaeko mahila hingsha ra yaun soshanlai shrota samu ujagar garne ani doshilai public samu chinaune tira lage patrikako sarthakta hun6ki anyatha yo vabisyama kasaiko personal dairy banla jasto lagyo.

  3. safaltako kamana garda6u.
    tara MR.THING programko date bare ali confuse bhayo !!!
    (aagami january 27) ta 2012 ma hunu prane hoina r ???
    ki mero bujaiko kami ho?

  4. Khukuri Ji hajur ko sujhab sahi ho news lai sachyaiyeko chha.

    Thank you.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.