Daily Archives: 01/12/2011

शिक्षक हत्याका फरार अभियुक्त पक्राउ


 एक बर्षअघि शिक्षक सुभाष पाण्डेको हत्याको मुख्य अभियुक्तलाई प्रहरीले विहीवार पक्राउ गरेको छ । प्रहरीको खोजीको सुचीमा रहेका बतरा गाविस ६ का ३४ बर्षीय अभियुक्त मुकेश यादवलाई छतवा गाविसको चौरीबाट लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अजयकुमार द्ववेदीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

तामाङ् घेदुङ् कुवेतको ‘२८४८ औं सोनम ल्होछार’ राजु लामाको साथमा


जितेन थिङ्, कुवेत

“मंगोलियन हर्ट ‘राजु लामा’ कुवेत आउँदै”
आगामी २७ जनवरी २०१२ का दिन नेपाल तामाङ घेदुङ, कुवेतले आफ्नो रीति-रीवाज, धर्म-संस्कृती र परम्पराको जगेर्ना गर्ने गराउने उद्देश्यले ल्होसार (ल्होछार पर्ब ‘२८४८ औं’ सोनम ल्होसार) भब्य तरिकाले मनाउने तय गरेको छ । २५-११-२०११ मा घेदुङ कुवेतका अध्यक्ष श्री राम बहादुर लामा (घ्लन) को अध्यक्षतामा होटल सोल्टी मुर्गाबमा बसेको कार्यसमितिको २१ औ बैठकले सो निर्णय पारित गरेको हो । घेदुङ् कुवेतद्वारा आयोजित गत बर्षका दुईवटा बृहत कार्यक्रमहरुमा अपार सफलता हाँसिल गरेपछी उत्साहित बनेको र दुईवटै प्रस्तुतिबाट सबैको मन जित्न सफल तामाङ घेदुङ, कुवेतले यो आउने ल्होसार पनि त्यतिकै सफलताका साथ मनाउने उद्देश्यले कम्मर कसेर लागि परेको छ पढ्नेक्रम जारी राख्नुहोस्

प्रयोगशालाहरुमा !!


बिष्णु क्षेत्री, दोहा कतार


तिम्रा प्रयोगशालाहरुमा मेरो माया जाँची हेर
कोमल यो मुटुलाई सय ठाउँमा भाँची हेर

बन्द बिकर भित्र मेरा रहरहरु कैद गर्दै
चुड धमनी शिराहरु अनी फेरी गाँसी हेर पढ्नेक्रम जारी राख्नुहोस्

कपिलवस्तु दिवस अभियानको नाम परिवर्तन


रामकुमार श्रेष्ठ, युके

२००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर पत्रिकामा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” शिर्षकमा सो निर्माण कार्य सन २०१२ मा सम्पन्न गर्ने गरी करीब अन्तिम अबस्थामा पुगेको समाचार प्रकाशित हुँदासम्म बुद्ध जन्मनु भएको देशका तर्फबाट भने कुनै पनि किसिमको  आवाज नउठेकोले बिभिन्न देशमा छरिएर रहेका नेपाली बीच यसरी मौन बस्न नहुने ठहर गरी “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा जे जसरी हुन्छ पढ्नेक्रम जारी राख्नुहोस्

उदाउनु तिमी !!


सचिन /याम पौडेल, साउदी अरब


उदाउनु तिमी बिहानीको किरण बनेर
म तिम्रै प्रतिक्षामा बसि रहनेछु
देखिनु तिमी रातको चन्द्रमा बनेर
म टल्कने ढुंगा भई टल्कि रहनेछु पढ्नेक्रम जारी राख्नुहोस्

‘एनआरएनए कुवेतले ५० हजार सहयोग गर्‍यो’ शान्तीमाया दोङ्लाई


जय आले, कुवेत

आफुले काम गर्ने कुवेतीको घरको ५ तलाबाट हाम फालेर बिगत ५ वर्षदेखी कुवेतको फर्वानिया अस्पतालमा अर्धचेतन अवस्थामा उपचाररत रहि गत ४ अगष्तका दिन मेडिकल स्कर्टिङमा नेपाल पठाईएकी ‘हाल पाटन अस्पतालमा उपचाररत’ सुकौरा-२, मकवानपुरकी शान्तिमाया दोङ्लाई कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था एवं नेपालीहरुबाट उनको उपचारार्थ उल्लेख्य आर्थिक सहयोग जुटेको थियो भनें यस क्रमले हालसम्म पनि निरन्तरता लिई रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

साउदीमा नेपालीलाई मृत्युदण्ड रोक्न पत्राचार


– सुरेन्द्र पौडेल

काठमाडौं, मङ्सिर १३-  साउदी अरबस्थित नेपाली दूतावासले पाकिस्तानी नागरिकको हत्याको आरोपमा धनुषाका उमेश यादव, ३१, लाई दिईएको मृत्युदण्डको सजाए तत्कालका लागि रोक्न त्यहाँको सरकारसंग आग्रह गरेको छ ।

‘यादवलाई सजाय माफ गर्नको लागि आवश्यक छलफल अगाडि बढेकोले प्रकि्रया टुङ्गोमा नपुगेसम्म सजाय कार्यन्वयन नगर्न’ व्यहोरा सहितको पत्र पठाई दूतावासले सजाय तत्कालको लागि रोक्न आग्रह गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

ग्रीन टी पिउनुको फाईदा


– सुदर्शन गुरुङ

१. ग्रीन टी (Green Tea) पिउनु मानसिक स्वास्थ्यको लागि लाभदायक हुन्छ।

२. डिप्रेसन भएकाहरुको लागि पनि ग्रीन टी को प्रयोगले फाईदा गर्दछ।

३. शरीरमा उच्च रहेको कोलेस्ट्रोल पनि कम गर्न यसले सहयोग गर्दछ।

४. शरीरको बोसो चिल्लो काट्न पनि मद्दत गर्दछ। पढ्नेक्रम जारी राख्नुहोस्