महको महत्व !


– नारायण काफ्ले

मौरी र मानिसको सम्बन्ध युगौँदेखि भए पनि नेपालमा मौरीपालन व्यवसायलाई खासै व्यवस्थित ढङ्गले सञ्चालन गर्न सकिएको छैन । विविध वनस्पतिहरूबाट निःशुल्क पाइने पुष्परस, कुट र चोपलाई मौरीद्वारा सङ्कलन गराई महलगायतका अन्य बहुमूल्य वस्तु उत्पादनमा सदुपयोग गरिएमा मानिस निरोगी, फुर्तिलो र हृष्टपुष्ट त हुन्छन् नै साथै आर्थिक आर्जन गरी आफ्नो जीवनस्तर उठाउनसमेत सक्षम हुन्छन् ।

मौरीको मह मौसम तथा पुष्परस दिने फूलको प्रकृति अनुसार फरक फरक रङ, स्वाद तथा गन्धका हुन्छन् । महको रङ र स्वादमा विविधता पाइए पनि महको औसत रासायनिक संरचना भने एउटै हुन्छ । प्रायः शरदकालीन ऋतुको महमा ग्लुकोज (डेक्स्ट्रोज) को मात्रा बढी हुन्छ र ग्लुकोज कम तापक्रममा जम्ने हुँदा मह पनि जम्न पुग्दछ । चोप वा अन्य केही वनस्पतिमा यसरी जम्ने गुण नहुने हुँदा गृष्ममा उत्पादन हुने मह लामो समयसम्म झोल अवस्थामा रहने गर्दछ ।

मौरीको शुद्ध मह उत्तम शक्तिबर्द्धक खाद्य पदार्थ हो । शरीरलाई आवश्यक पर्ने ८० वटाभन्दा बढी तत्व महमा पाइन्छन् । महमा क्याल्सियम, क्लोरिन, तामा, फलाम, म्याग्निसियम, फस्फोरस, पोटासियम, सोडियम, जिङ्क, सेटेनियम र म्याग्निजजस्ता तत्वहरू पाइन्छन् भने भिटामिन बी-१, बी-२ र बी-६ तथा निकोटनिक एसिड, एस्कोरविक एसिड, प्यान्टोथेनिक एसिडलगायतका भिटामिनहरू पनि पाइन्छन् ।

मौरीको शुद्ध महलाई निम्नलिखित तरिकाले प्रयोग गरेर रोग निको पार्न सकिने कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित भएका छन्।

– दुई चम्चा मह र एक चम्चा कागतीको रसलाई एक गिलास मन्द तातोपानीमा मिसाएर दिनको दुई पटक खाने गरेमा रुघाखोकी ठीक हुन्छ ।

– नाकबाट पानी बग्ने समस्या भएमा वा रुघा लागेमा राति सुत्दा एक चम्चा महलाई एक गिलास तातोपानीमा मिसाएर खाने गरेमा निको हुन्छ ।

– मह र कागतीको रस दुई/एकको अनुपातमा तातोपानीमा मिसाएर खाने गरेमा उल्टी आउने, अमिलो डकार आउने समस्या ठीक हुनुका साथै उच्च रक्तचाप पनि ठीक हुन्छ ।

– राति सुत्ने बेलामा एक कप दूधमा दुई चम्चा मह राखी दैनिक सेवन गरेमा रगतमा हेमोग्लोबिन बढ्नुको साथै कमजोरी हट्छ ।

– महिलाको मासिक श्राव गडबडीमा एक गिलास पानीमा दुई चम्चा मह, आधा चम्चा कागतीको रस मिलाई खाने गरेमा केही दिनमा नै फाइदा गर्छ ।

– मह र भिजाएको चनाको पीठो दुई/एकको अनुपातमा मिश्रण बनाई अनुहारमा केही दिन लगाउनाले डन्डीफोर कम हुनुका साथै अनुहार चम्किलो हुन्छ ।

– टन्सिल आएमा वा घाँटी खसखस भएमा एक गिलास पानीमा १२५ ग्राम मह, २५ ग्राम फिट्किरी राखी पटक-पटक कुल्ला गर्दा वा दुई चम्चा मह, दुई चम्चा ग्लिसिरिन, एक चम्चा कागतीको रस, एक चम्चा अदुवाको रस मिसाई कुल्ला गर्ने गरेमा समस्या समाधान हुन्छ ।

– घाउमा मह लगाउनाले एण्टिसेप्टिकको काम गरी रगत बहने रोकिनुका साथै घाउ निको हुन्छ ।

– बियाँ झिकेको दुईवटा छोडा दुई चम्चा महसँग मुखमा राखी राम्रोसँग चपाई एक गिलास दूध राति सुत्ने बेलामा खाँदा यौन शक्ति बढ्छ ।

– मह र ग्लिसिरिन एक/एकको अनुपातमा मल्हम बनाई खस्रो तथा फुटेको छालामा लगाउने गरेमा ठीक हुन्छ ।

– गुलाबलाई पिसेर त्यसमा मह मिसाएर दैनिक प्रयोग गरेमा ओठ आकर्षक हुन्छ ।

– अमला र सुठाको बराबरी भागलाई महले मोलेर डल्लो पारी खाने गर्दा पेट सफा गराई कब्जियत हटाउँछ ।

– विद्यार्थी वा मानसिक थकान हुने व्यक्तिले शुद्ध मह सेवन गर्ने गरेमा थकान घट्नुका साथै स्मरण शक्ति बढ्छ ।

– एक सय ग्राम मह, २५ ग्राम उमालेको पानी र २५ प्रतिशत अल्कोहल वा सर्जिकल स्पि्रटको मिश्रण बनाई अनुहारमा दल्ने गरेमा अनुहारमा चमक बढ्छ ।

– सिमीको बोक्रा कुटेर रस छानेर एक कप पानीमा डेढ चम्चा मह मिसाई पिउने गर्दा पखाला लागेको ठीक हुन्छ ।

– एक चम्चा मह र केही थोपा अदुवाको रस मिसाई दिनको तीन पटक खाने गरेमा सुख्खा खोकी ठीक हुन्छ ।

– उच्च रक्तचाप भएकाहरूले लसुनको रसमा मह बराबर मात्रामा मिलाएर खाए निको हुन्छ ।

– एक तोला त्रिफला र पाँच लाल पिप्लाको चूर्णमा मह मिलाएर नियमित रूपमा चाट्नाले दम निको हुन्छ ।

– एक गिलास मन्द तातोपानीमा एक चम्चा मह र अलिकति कागतीको रस राखेर बिहान उठेपछि नियमित खाने गरेमा मोटोपन घटेर शरीर फूर्तिलो हुन्छ ।

– एक चम्चा महमा तीन चार थोपा कागतीको रस राखी सुत्ने बेलामा दैनिक अनुहारमा लगाउने गरेमा अनुहार चम्किलो र आकर्षक देखिन्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.