पुरुषको आँखा छातिमा, महिलाको औंठीमा


कुनै पनि सेक्सी महिलालाई झ्वाट्ट हेर्दा पुरुषको आँखा उनको कुन अंगमा गड्ला ? मृगका जस्ता आँखा, स्याउदाना जस्ता गाला, हिमाल जस्ता दन्तलहर वा उठेको वदन र कसिलो नितम्बमा ? होईन ! फ्रान्समा गरिएको एक अध्ययनले पुरुषहरु कुनै सुन्दरी महिलालाई चियाउने मात्रै मौका पाए भने पनि अधिकांश समय उनको आकर्षक छातिमा हेरेर गुजार्छन् ।

यद्यपि यो अध्ययनको नतिजा थाहा नभएको भए हामी धेरैले यस्ता कुराको अड्कल काट्न सक्थ्यौं तर वास्तविकता यही भनेर एपीले जनाएको छ । तर यदि कुनै महिलाले अर्को सुन्दरी महिलाको शरीरको कुन भाग बढि हेर्लान् भनेर प्रश्न गरियो भने भन्न गाह्रो छ । ती सुन्दरीले लगाएका लुगा, जुत्ता, महंगो व्याग वा हिराका लुर्का वा कसिलो ज्यानमा अर्की महिलाको नजर बढि पर्नसक्छ भनेर अड्कल काटिएला, तर होईन ! यो अड्कल पनि गलत सावित भएको छ ।

फ्रेन्च कम्पनी मिराटेकले विश्वका विभिन्न सात देशका महिलाहरुमा गरेको अध्ययन अनुसार कुनैपनि महिलाले अर्की सुन्दरी महिलाले लगाएको स्वयम्वरको औंठीमा हेरेर बढि समय बिताउँछन् । सुन्दरीले औंठी लगाएकी छैनिन् वा उनको बिहे भएको छैन भने मात्र अरु गहना वा लुगातिर महिलाको ध्यान जान्छ र यदि लुगा पनि खासै प्रशंसा गर्न योग्य रहेनछ भने मात्र शरीरका अरु अंगमा महिलाको ध्यान जाने बताईएको छ ।

अध्ययनका अनुसार, महिलाको छातिमा बढि नजर पुराउने पुरुषहरुमा कुन देशका पुरुषहरु अगाडि छन भन्न गाह्रो भएपनी फ्रान्सेली तन्नेरीहरु अघि रहेको बताईएको छ ।

One response to “पुरुषको आँखा छातिमा, महिलाको औंठीमा

  1. सचिन /याम पौडेल

    Tayo ta ho; but ma chai ek patak herna paya bhana ek second ma nai sabai heri sakchu!!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.