कोसेली बचाउ अभियानमा कुवेतवासी नेपालीहरुको बढ्दो सकृयता


जय आले, कुवेत  

कुवेतबाट त्रैमासिक रुपमा प्रकाशित हुने एकमात्र नेपाली छापा पत्रिका मरुभूमिको कोसेलीको बचाउ तथा निरन्तरताको लागि कोसेली परिवारको आयोजनामा आगामी ०९ डिसेम्बर २०११ शुक्रबारका दिन, कुवेतको होटल एसिया-एसियामा दिनको २.०० बजेदेखी एक “कल्चरल च्यारिटी शो” हुन गईरहेको छ । जसलाई सफल तथा उद्देश्यमूलक बनाउन कुवेतका दुई सशक्त साँस्कृतिक संस्थाहरु “नेपालकुवेत साँस्कृतिक मञ्च र लालीगुराँस साँस्कृतिक परिवार” सहयात्री बनेर एकसाथ अगाडि बढीरहेका छन भने अब्बासियाको एक हलमा यि दुई संस्थाहरुले मिलेर रिहर्सल गरिरहेको पनि श्रोतले खुलाएको छ ।

यस अभियानमा जन-प्रगतिशिल मञ्च कुवेतका अध्यक्ष कुमार झापालीको संयोजकत्व रहेको छ भने टेन्डुप शेर्पा अध्यक्ष मजदुर सँघ, छत्र कार्की कोषाध्यक्ष जन-जाग्रिती युवा समाज र टिकाराम आचार्य अध्यक्ष नेपालकुवेत साँस्कृतिक मञ्च पनि सहयात्री बनी प्रचार-प्रसार तथा पम्प्लेट बितरणमा दिलो ज्यानले लागि पर्नु भएको छ ।

“लालीगुराँस साँस्कृतिक परिवार र नेपालकुवेत साँस्कृतिक मञ्च” उद्देश्य एउटै र एउटै डुंगामा सवार यात्री भएपनि त्यही डुंगाका दुईवटा धुर्व जस्ता देखिन्छन, कसरी एकैसाथ एउटै मैदानमा ? अचम्मै भएन र भन्दा.. कोसेलीको प्रकाशन जहाँबाट र जसरी भएपनि यसले कुवेतवासी नेपालीहरुलाई संचारको क्षेत्रमा राम्रो टेवा पुर्‍याएको छ र इन्टरनेटको सेवाबाट बञ्चित धेरै नेपालीहरुले यसलाई किनेर पढ्ने गरेकाले पनि यो सबैको एउटा साझा सम्पत्ति हो र जसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो भनेर हामी यस अभियानमा लागेका हौं र जसलाई सफल पार्न कुवेतका नेपालीहरुको बाहुल्यता रहेको क्याम्प-क्याम्पमा पुगेर हामीले पम्प्लेट बितरण र “शो” को ’boutमा प्रकाश पारेका छौं र उपस्थितिको लागि अनुरोध गरेका छौं । खासगरी, प्रबासी नेपालीहरुको यस्ता कार्यक्रममा हामीले सबैलाई साथ दिनेछौं, सबैसँग एकबद्द भएर अगाडि बढ्नेछौं, कार्यक्रम जसले आयोजना गरेपनि आखिर नेपालीले गरेको कार्यक्रम हो, प्रबासमा हामी सबै एकजुट भएर अगाडि बढेमात्रै नेपालीहरुको कार्यक्रम सफल हुनेछ । हेर्नुस्, अब लगत्तै आगामी फेब्रुअरीमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले आयोजना गर्न गईरहेको E-SAF-C जस्तो एउटा राष्ट्रिय अभियानमा हाम्रो कुनैपनि सहयोग र साथ क्लवलाई हुनेछ किनकी यस्ता कार्यक्रमहरु भनेको सम्पूर्ण नेपालीहरुको साझा कार्यक्रम हो र मिलेर सफल पार्नु सबै नेपालीहरुको दायित्व हो, साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्यले खुलेर कुवेतनेपाल डट कमलाई बताउनु भयो ।

कोसेली परिवारको आयोजना, जन-प्रगतिशिल मञ्चको संयोजकत्व, साँस्कृतिक मञ्च र लालीगुराँस परिवारको सामुहिक सकृयता एवं अन्य कुवेतवासी नेपाली सँघ-संस्था लगायत पत्रकारहरुको सहयोगमा कोसेली बचाउ अभियान कतिसम्म सफल हुने हो.. हेर्न बाँकी नै छ, कुवेतनेपाल डट कम मिडिया पार्टनरको हैसियतले यस “शो” को पूर्ण सफलताको कामना गर्दछ ।

—————————————-

Related News…

कुवेतमा कोसेली बचाउ च्यारिटी कल्चरल शो हुने

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.