हाम्रा सहकर्मी मित्र तथा तमू समाज, कुवेतका अध्यक्ष, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतका सदस्य एवं बिकाश अनुसन्धान बिभाग प्रमुख श्री अमर बहादुर गुरुङ्ज्यूको आमा लक्ष्मी देवी गुरुङ्को हिजो बिहान आफ्नै निवास्थान पोखरामा ७६ बर्षको उमेरमा असामयिक देहावसान भएको हुँदा दिवंगत आत्मालाई शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली एवं समवेदना अर्पण गर्दछौं साथै उहाका शोक सन्तप्त परिवार प्रति धैर्य-धारण गर्ने शक्ती मिलोस भन्दै भगवानसँग प्रार्थना गर्दछौ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/11/2011
हार्दिक समवेदना!!!
Posted in संवेदना
प्रमुख दलहरुबीच नयाँ ६ बुँदे सहमति, आजै ६ महिना म्याद थपिने
काठमाण्डौ, मङ्सिर १३ । प्रमुख तीन दल र लोकतान्त्रिक मधेसी मोर्चाबीच ‘राष्ट्रिय सहमतिको सरकार अविलम्ब गठन गर्ने’सहित ६ बुँदे सहमति आज बिहान भएपछि संविधान सभाको म्याद आजै ६ महिना थपिने निश्चित भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
विरामी उद्दार गर्न गएको हेलिकप्टर उड्नै लाग्दा ढुंगामा ठोकिएर दुर्घटना
सुशील भट्टराई, मंसिर १३ । फिस्टेल एयरको एउटा हेलिकप्टर सोलुखुम्बुको लोभुचेमा दुर्घटनामा परेको छ । क्याप्टेन दीपक राणाले उडाएर अगाडि बढाउनासाथ ढुंगामा ठोकिएर दुर्घटना भएको फिस्टेलका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डेले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
मलेसियामा नवलपरासीका फत्ते बहादुर श्रेष्ठको हत्या
रोजगारीका लागि मलेसिया पुगेका एक नेपालीको हत्या भएको छ । नवलपरासी घर भएका अन्दाजी ३८ वर्षीय फत्ते बहादुर श्रेष्ठको हत्या भएको हो । श्रेष्ठको हत्या कसले गरेको हो भन्ने ’bout केही खुल्न सकेको छैन । रातको समयमा श्रेष्ठको शव स्टोर भन्दा करिब ५० मिटर टाढा भेटिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
काठमाण्डौका हाँस कुखुरामा बर्ड फ्लु
मंसिर १३ । राजधानीमा पंक्षीमा लाग्ने संक्रमक रोग बर्डफ्लु रोगको किटाणु भएको पुष्टि भएको छ । काठमाडौँको मनोहरा खोला किनारमा रहेको सुकुम्बासी वस्तीमा पालिएका हाँस र खुकुरामा यो जिवाणू भेटिएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले बर्डफ्लु देखिएको क्षेत्र नियन्त्रणमा लिएर रोग काम थाल्न गरेको निर्णय अनुसार पशु विभागका दक्ष जनशक्ति रोगप्रभावित क्षेत्रमा मंगलबार बिहानदेखि खटिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
निष्टुरी (कविता)
सचिन /याम पौडेल, साउदी अरब
aloneme1@hotmail.com
आँशु खसालेर मायाको भिख मागेको थिएं निष्ठुरीलाई
बदलामा दया पो पाएं निष्टुरीबाट
सँगै जिउने मर्ने बाचा गरी माया र विश्वास दिएको थिएं निष्ठुरीलाई
बदलामा धोका र घात पो पाएं निष्टुरीबाट पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता