Daily Archives: 28/11/2011

एन्जल लामाको भात खुवाईको हार्दिक आमन्त्रणा !!


जय आले, कुवेत

हाम्रा मित्र एवं नेपालकुवेत मेनपावर एसोसियसनका सदस्य श्री श्याम लामा र श्रीमती मिना लामाकी आयूष्मति सुपुत्री एन्जल लामाको ०१ डिसेम्बर २०११ बिहीवार, भात खुवाई “अन्न प्रासन” को दिन परेकोले सो अवसरमा कुवेतको मालियास्थित होटल एसिया-एसियामा पढ्नेक्रम जारी राख्नुहोस्

हार्दिक श्रद्धाञ्जली !!!


माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतका बिकाश अनुसन्धान बिभाग प्रमुख तथा तमू समाज कुवेतका संस्थापक अध्यक्ष श्री अमर बहादुर गुरुङ्ज्यूकी ममतामय माता लक्ष्मी देवी गुरुङ्को आज ७६ बर्षको उमेरमा नेपालमा हुन गएको असामयिक देहावसानले हामीलाई अत्यन्तै मर्माहत तुल्याएको छ ।

यस दु:खद घडीमा दिवंगत आत्मको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवार प्रति धैर्य-धारणताको शक्ती प्राप्तिको लागि प्रमेश्वरसँग प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली एवं संवेदना अर्पण गर्दछौं । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकामा नेपाली विद्यार्थी ११ औं स्थानमा


अमेरिका, मंसिर १२ – अमेरिकामा पढिरहेका अरु देशका विद्यार्थीको संख्या विश्लेषण गर्दै हालै प्रकाशित एक प्रतिवेदनले नेपाल एघारौं स्थानमा रहेको देखाएको छ ।शिक्षा मन्त्रालयको सहयोग इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन नामक संस्थाद्वारा प्रकाशित ओपन डुअर्स प्रतिवेदनले सन् २००९ र २०१० का तुलनामा ८ प्रतिशत विद्यार्थी घटेर पनि सन् २०१० र २०११ को शैक्षिक सत्रमा नेपाली विद्यार्थी संख्या १० हजार ३ सय ०१ छ । पढ्नेक्रम जारी राख्नुहोस्

एसियाकै सर्वाधिक सेक्सी करिना


मुम्बई । बलिउड अभिनेत्री करिना कपुर एसियाकै सर्वाधिक सेक्सी महिला चुनिएकी छिन् । गत वर्षकी सेक्सी कट्रिना कैफलाई उछिन्दै करिनाले यो ताज पहिरिएकी हुन् ।

साप्ताहिक म्यागेजित ‘इस्टर्न आई’ले टि्वटरमा गरेको सर्वेमा उनी सेक्सी चुनिएकी हुन् । करिनाका हाल बडिगार्ड र रा.वन चलचित्र हिट भएका छन् । पछिल्ला तीन वर्षकी चर्चित कट्रिना कैफले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आफ्नै लोग्नेलाई काटेर मासु पकाई जैनबले


मंसिर १०, कराँची । लोग्नेको व्यवहारबाट आजित बनेकी एक पत्नीले के सम्म गर्न सक्छन् कल्पना गर्न सक्नुहुन्छ ? सक्नुहुन्न भने हामी बताउँछौ पाठकहरुलाई कि पर्‍यो भने पत्नीहरु के सम्म गर्न हिच्किचाउँदैन भनेर.. ! घटना पाकिस्तानको हो ।

लोग्नेको ब्यवहारबाट वाक्कदिक्क परेकी एक पाकिस्तानी महिलाले न केवल लोग्नेको शरीर टुक्राटुक्रा पारी, त्यसमध्ये शरीरको केही टुक्रा भाँडामा हालेर पकाई पनि । पढ्नेक्रम जारी राख्नुहोस्

ब्रुनाईमा भब्यताको साथ किरात उधौली चाड मनाइयो


विश्वासदीप तिगेला, ब्रुनाई

२६ नोभेम्बर । सेरिया ब्रुनाईमा रहेका किरात समुदायले आफ्नो मुख्य किरात उधौली चाड भब्यतापूर्वक मनाए । किरात समुदाय भित्र पर्ने राई, लिम्बु, सुनुवार र याख्खा जातिहरुले सामुहिक भेला भई आआफ्नो जातिको संस्कार अनुसार पुजा गर्ने तरिकाको ’bout जानकारी गराउदै साकेला, च्याब्रुङ, डोकेनी नाच प्रस्तुत गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कोरियामा एसिया वुमन ब्रिज दुरन दुरनको स्थापना


पुरु जोशी, कोरिया

नेपालबाट कार्य शुभारम्भ गरिने:
दक्षिण कोरियामा बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुमा कार्यरत भई प्रसिद्धि कमाइरहेका कोरियन महिलाहरुको पहलमा यहि नोभेम्बर २१ सोमबारका दिन एसिया वुमन ब्रिज दुरन दुरन नामक गैर सरकारी संस्थाको स्थापना भएको छ । राजधानी सउलको ख्यङबुक्गुङ स्थित आफ्नो कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि सो संस्थाको बिधिवत् स्थापना गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

किन ?


चुगेन्द्र ताम्ली, साउदी अरब


छाडी जानु थियो भने किन दिलमा फूल रोप्यौ
माया लाउने नाटक रची मुटु भित्र छुरा खोप्यौ

के मा कमि थिएं र तिमले अर्को बाटो रोज्यौ
अन्जानमा राख्यौ मलाई सफाई माग्ने मौका खोस्यौ पढ्नेक्रम जारी राख्नुहोस्