कालीगण्डकी कल्याणकारी समाजको भलिबल प्रतियोगितामा SDFC बिजयी


सुरेश गुरुङ्, कुवेत

“कुवेतमा नेपाली कार्यक्रम बाक्लिंदै एकै दिनमा ३ कार्यक्रम सम्पन्न”
नेपालीहरुको बाहुल्यता बाक्लिदै गएको कुवेतमा एकैदिन तिन तिनवटा नेपाली कार्यक्रम सम्पन्न भएका छन । कुवेतका प्रबासी नेपालीहरुको बिभिन्न पारिवेश भएपनी २५ नोभेम्बरका दिन, तीन नेपाली संस्थाहरुले एकैदिन आ-आफ्ना कार्यक्रम गरेर नयाँ इतिहास बनाएका छन । जसमा कालीगण्डकी समाजको भलिबल प्रतियोगिता, प्रबासी नेपाली समाजको फूटबल प्रतियोगिता र लालीगुराँस साँस्कृतिक परिवारको बनभोज कार्यक्रम रहेका छन ।

यसै सन्दर्भमा स्थापना पश्चात बिगत दुई बर्ष देखी नेपाली समाज कुवेतमा भलिबल कार्यक्रम राखेर चर्चा कमाएको कालीगण्डकी कल्याणकारी समाजले मङाफको भलिबल मैदानमा अन्तर नेपाली भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । बिगतका हरेक प्रतियोगितामा १२ देखी १४ टिमले भाग लिएको ठाउँमा यो पटक भने जम्मा ९ टिमहरु सहभागी भएका थिए । कुवेतको नेपाली भलिबलमा सदैव जितको नाईके टिम SDFC, नव-प्रतिभा-ए, नव-प्रतिभा-बि, केपिटिसी, कालीगण्डकी-ए, कालीगण्डकी-बि, रियाल कम्पनी, स्विडिश कम्पनी र एनसिसीले भाग लिएका थिए ।

आ-आफ्ना प्रतिश्पर्धिहरुलाई पराजित गर्दै रियाल, केपिटिसी, यसडिएफसी र स्विडिश सेमिफाइनलमा पुग्न सफल भएका थिए भने सेमिफाईनलमा स्विडिशलाई केपिटिसिले र रियाललाई यसडिएफसीले पराजित गरे । यसैगरी फाइनलमा यसडिएफसीले केपिटिसिलाई पराजित गर्दै सदा झै बिजेता बन्न सफल भएको छ भनें केपिटिसिलाई उपबिजेताको उपाधी मिलेको छ । बिजेता र उपबिजेता टिमहरुलाई खसी, शिल्ड, मेडल र प्रमाण-पत्र दिई सम्मान गरियो ।

नेपाली दुताबास कुवेतका दित्तिय सचिब श्री पुष्पराज भट्टराईको प्रमुख अतिथ्यता रहेको उक्त भलिबल प्रतियोगितामा कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्थाहरुका प्रतिनिधिहरु, बुद्दिजिबिहरु र पत्रकारहरु अतिथिमा हुनुहुन्थ्यो ।

One response to “कालीगण्डकी कल्याणकारी समाजको भलिबल प्रतियोगितामा SDFC बिजयी

  1. Aayojak ko Management alik kamjor dikhiyeko thiyo next time abasya dyan dinu hola.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.