बेष्ट स्माइल सहित कल्पना तमु मिस तमु २०११ घोषित भइन


हुम तमु पोखरा, ८ मंसिर /  तमु विद्यार्थी समिति नेपालद्धारा आयोजित तमु धिं नेपाल मिस तमु २०११ को उपाधि दीपज्योति तमु समाज शान्तिदीपकी २१ वषिर्या कल्पना तमुले चुमिन् । मिस तमु २०११ घोषित कल्पनालाई तमु धिं नेपालका अध्यक्ष कर्म तमुल ताज पहिराइ दिनु भएको थियो ।

बेष्ट स्माइलको टाइटल सहित मिस तमु बनेकी कल्पना तमुले विन्देश्वरी फर्निचर प्रालिबाट प्रायोजित एक लाख रुपैया र एक वर्षका लागि ब्राण्ड एम्बेष्डर, गुरुङ ब्युटि पार्लरले छ महिने स्पेशल ब्युटि कोर्ष, आमी फ्लाइङ एयर होस्टेज तालिम, हिमालयन कम्प्युटरबाट पि्रन्टर सहित आकर्षक गिफ्ट हृयाम्पर समेत प्राप्त गरिन ।

सिमलचौरस्थित ला ग्राण्डी कलेजमा स्नातक तहको पब्लिक हेल्थ विषयमा प्रथमवर्षमा अध्ययनरत कल्पनाले निणर्ायकहरुले सोधिएको तमु जातिको मौलिक भाषा, कला, सास्कृति संरक्षण गर्न के गर्नुपर्ला भन्ने प्रश्नमा तमुहरुको भाषा, कला र सास्कृति विना तमुहरुको कुनै अस्तित्व नै रहदैन, यी सम्पदाको संरक्षणका लागि तमुको एकता, भाषा प्रवर्द्धनका लागि तमु भाषाकक्षा सञ्चाल गर्नुपर्ने र कला सास्कृतिको प्रचारप्रसारका लागि चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ र म को भावना हटाइ हामीको भावना बोकेमा तमु भाषा, कला र सास्कृतिको संरक्षण हुने उत्तर दिदै अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै मिस तमुको उपाधि चुम्न सफल भएकी हुन ।   मिस तमु २०११ को फष्ट रनर अप बन्न सफल स्यांग्जा दरौकी अनुजा तमु सोंपाल तमु समाजबाट प्रतिनिधीत्व गरेकी प्रतिस्पर्धी हुन । २२ वषिर्या अनुजाले जनपि्रय बहुमुखी क्याम्पसबाट विए तेश्रोवर्षको परीक्षा दिएकी छिन । उनले मिस तमु २०११ को फष्ट रनर अप बन्दै फेवा फाइनान्सबाट प्रायोजित २५ हजार नगद, गुरुङ ब्युटि पार्लरबाट ब्युटिसियन सम्बन्धी तीन महिने कोर्ष, हिमालयन कम्प्युटरबाट पि्रन्टर सहित विभिन्न आकर्षक गिफ्ट हृयाम्पर प्राप्त गरिन ।

यसैगरी मिस फोटोजेनिक सहित सेकेण्ड रनर अप बनेकी दुधपोखरी तमु समाजकी सुष्मा तमुले हिमश्री फुड्सबाट प्रायोजित २० हजार नगद गुरुङ ब्युटि पार्लरबाट ब्युटिसियन सम्बन्धी एक महिने कोर्ष, हिमालयन कम्प्युटरबाट पि्रन्टर सहित विभिन्न आकर्षक गिफ्ट हृयाम्पर प्राप्त गरिन । २० वषिर्या सुष्मा जनपि्रय बहुमुखी क्याम्पसमा विएस्सी माइक्रो बायोलोजी पहिलो वर्षमा अध्ययनरत छिन ।

यसैगरी रेडियो अन्नुपर्णकी समाचार बाचिका बिना तमुले मष्ट ट्यालेण्ट, लक्ष्मी तमु भ्युअर च्वाइस, बेष्ट पर्सनालिटीमा आशामाया तमु, बेष्ट ड्रेस कासी तमु, क्याटवाकमा अनु तमु, बेष्ट ल्यांग्वेजमा पुनम तमु, मष्ट कन्पिmडेन्समा सञ्जु तमु, बेष्ट डान्स असिन तमु, बेष्ट स्किन प्रीना तमु, मष्ट डिसीपिलीनमा क्यामी तमु, बेष्ट हेयर क्रिष्टिन तमु र नविना तमुले मष्ट प|mेण्डलीको उपाधि सहित आकर्षक पुरस्कार प्राप्त गरे ।

मिस तमुको फाइनल प्रतिस्प्रर्धाको निणर्ायकहरुमा अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.सुनिता तमु, मिस नेपाल १९९७ निलीमा तमु, सौन्दर्यविद चिनु तमु र नायिका तथा कोरियाग्राफर जसु तमु निणर्ायक रहनुभएको थियो ।

कार्यक्रममा प्राचीन नेपाल, मिस तमुका प्रतियोगीहरु र तमु विद्यार्थी समितिका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । राती अवेर सम्म पनि दर्शक मिस तमु २०११ को बन्ला भनेर प्रतिक्षा गरेर बसेका थिए ।

यस अघि कार्यक्रमको ११ जना प्रमुख अतिथीहरु तमु धिं नेपालका अध्यक्ष कर्म तमु, विन्देश्वरी प्लाजाको निर्देशक लक्ष्मण तमु, शिक्षाविद गणेशबहादुर तमु, एसपी यादवराज खनाल, पोखरा नगर विकास समितिकाअध्यक्ष जितबहादुर तमु, रेडियो अन्नपुर्णका प्रवन्ध निर्देशक सुनयना पालिखे, साग्रीला बैंकका सिइओ हरिप्रसाद तमु, एनएमवि बैंकका मेनेजर रबी तमु, फेवा फाइनान्सका दिलबहादुर तमु, हिमालयत कम्प्युटरकी जमुना तमुले कार्यक्रमको दीप प्रज्जलन गरी उद्घाटन गर्नुभएको थियो ।

तमु विद्यार्थी समितिका अध्यक्ष भरतमान तमुको अध्यक्षता, मोहन घले र बुद्धि तमुको सञ्चालन, डेभिड तमुको स्वागत गर्नुभएको थियो ।

मिस तमु २०११ का प्रतियोगीहरुलाई मिसेस नेपाल २०११ रोजिना गुरुङ कोरियोग्राफी र जसु तमुले नृत्य निर्देशन गर्नुभएको थियो ।

                                                                                           Source: www.tamusamaj.com

One response to “बेष्ट स्माइल सहित कल्पना तमु मिस तमु २०११ घोषित भइन

  1. Congrtulations sis kalpan ji winner of miss tamushyoo .

    Amar Tamu Kuwait
    President tamu samaj kuwait

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.