फेरी सहयोग गर्‍यो तामाङ घेदुङ कुवेतले नेपाली चेली शान्ती मायालाई


ईन्द्र भुषाल, कुवेत

बिदेशमा धन कमाउने सपना बोकेर कुवेत आएकी शान्ती माया दोङ करीब पाँच बर्ष अचेत अवस्थामा फर्वानियाको अस्पतालमा बसेर अर्धचेतन अवस्थामा नै बिगत केही महिना पहिला नेपाल फर्केकी थिईन । उनलाई नेपाल फर्काउने अभियानमा कुवेतमा रहेका सबैजसो नेपालीहरुले सहयोग गरेका थिए । जन-जाग्रिती युवा समाजले उनको लागि ठुलो आर्थिक सहयोग जुटाएको थियो । अहिले उनी नेपालको पाटन अस्पातलमा अर्धचेतन अवस्थामै छिन र उनको लागि सहयोगको खाँचो भईरहेको छ ।

यसै सन्दर्भमा कुवेतमा कृयाशिल तामाङ जातिहरुको संस्था नेपाल तामाङ घेदुङ कुवेतले आफ्नो पर्थम वार्षिक उत्सबको अवसरमा संकलित रकम २०२.५०० के.डी, करीब ६०००० नेरु. पुन आर्थिक सहयोग स्वरुप नेपाल पठाएको छ । सामाजिक कार्यमा सरीक भई संस्थाले उनको लागि सहयोग संकलन गरेको तामाङ घेदुङ कुवेतका नव-निर्वाचित अध्यक्ष श्री राम बहादुर लामाले बताउँदै रकम नेपाल पठाईएको बैंक भौचर उपलब्ध गराउनु भएको छ । स्मरण रहोस्, शान्ती मायाको लागि यस अघी पनि तामाङ घेदुङले बारम्बार सहयोग गर्दै आएको छ ।

One response to “फेरी सहयोग गर्‍यो तामाङ घेदुङ कुवेतले नेपाली चेली शान्ती मायालाई

  1. good job tamang ghedung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.