इन्टरपोलको ‘रेडकर्नर नोटिस’ मा ६२ नेपाली


– मातृका दाहाल

काठमाडौं, ८ मंसिर, अपराध नियन्त्रण गर्न गठित प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) ले ६२ नेपालीलाई ‘रेडकर्नर नोटिस’ मा राखेको छ । व्यक्ति हत्या, अपहरण, लुटपाट, चोरी, डकैती, ठगी, फिरौती असुल, जालसाजीलगायत विभिन्न आपराधिक गतिविधिमा संलग्न रही फरार भएका ६२ जना नेपालीलाई इन्टरपोलले ‘रेडकर्नर नोटिस’ मा सूचना जारी गरी खोजीकार्य गरेको हो ।

नेपाल प्रहरीले बिहीबार रेडकर्नर नोटिसमा राखिएका ६२ व्यक्तिको विवरण सार्वजनिक गरेको छ । “आपराधिक गतिविधिमा संलग्नहरूको खोजीकार्य सहज होस् भन्ने उद्देश्यले हामीले अभियुक्तहरूको विवरण सार्वजनिक गरेका हौं,” प्रहरी प्रवक्ता डीआईजी विनोद सिंहले भने ।

प्रहरीका अनुसार १२ जना देशभित्र तथा बाँकी ५० रोजगारी र अध्ययनका क्रममा विदेशमा रहँदा अपराध गरी फरार भएको उल्लेख छ ।

रेडकर्नर नोटिस जारी गरिएकाहरू अधिकांश २० देखि ४५ वर्ष उमेर समूहका पुरुष छन् । फरार ६२ अभियुक्तमध्ये १२ जनालाई नेपाल प्रहरी र बाँकी २२ जना भारतबाट, १३ जना यूएई, १० जना कतार, ३ जना अमेरिका, २ जना साउदी अरब तथा इटली र बेलारुसबाट १÷१ जना रेडकर्नर नोटिसमा परेका हुन् ।

विदेशमा बसेर अपराध गर्ने नेपालीलाई सम्बन्धित देशका प्रहरीकै सिफारिसमा इन्टरपोलले रेडकर्नर नोटिसमा राखेको हो ।

रेडकर्नर नोटिसमा राखिएकामा सञ्चार उद्यमी ‘जमिम शाह हत्या अभियोग’ लागेका बैतडीका जगदीश चन्द तथा वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाकी छोरी मेघाको अपहरणमा संलग्न धनकुटाका केशव दर्लामी मगर, गोकुल गिरी तथा राजु थापा छन् ।

२०६५ साउन ११ गते अपहरणमा परेकी मेघा परिवारबाट १३ करोड रुपैयाँ फिरौती बुझेपछि मात्रै अपहरणमुक्त भएकी थिइन् ।

विश्वमा लुकिछिपी बसेका अपराधीहरूलाई पक्राउ गर्न सजिलो होस भन्ने उद्देश्यले सन् १९२३ मा गठन गरिएको इन्टरपोलको नेपाल १०० औं सदस्य राष्ट्र हो ।

नेपालले सन् १९६७ मा यो संगठनको सदस्यता लिएको हो । इन्टरपोलमा हाल १ सय ९० राष्ट्रका प्रहरी प्रमुख आबद्ध छन् ।

इन्टरपोलको सदस्यता लिएपछि एक राष्ट्रमा अपराध गरेर अरू राष्ट्रमा लुकिछिपी बसेका अपराधीको खोजी कार्यमा सम्बन्धित देशका प्रहरीले समेत सहयोग गर्छ ।

इन्टरपोलले न्यायालय तथा न्यायिक र अर्धन्यायिक निकायले पक्राउ पुर्जी जारी गरिएका अभियुक्तलाई सम्बन्धित देशका प्रहरीको सिफारिसमा रेडकर्नर नोटिसमा राख्ने गर्छ । प्रहरीका अनुसार रातारात धनी हुने लालचमा आपराधिक गतिविधि हुने गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.