कुवेतको नेपाली फूटबलमा उदाहरण बनेर उदायो पुर्वेली टाईगर


ईन्द्र भुषाल, कुवेत

प्रबासी नेपाली समाज युवा क्लव कुवेत भर्खर गठनको प्रकृयामा छ । तर उसले कुवेतको नेपाली समाजमा खेलकुद आयोजना गरेर आफ्नो संस्थाले केही गर्नेछ भन्ने शुभ-संकेत दिएको छ । कुवेतमा कृयाशिल रहेका लगभग दुई दर्जन पुग्न लागेका संस्थाहरुको हुलमा अर्को संस्था औपचारिक रुपमा घोषणा हुन नपाउँदै खेल आयोजना गरेर चर्चा कमाएको छ । महबुल्लाको दुई गगन चुम्म्बी टावरको छाँया पर्ने खेल मैदानमा आयोजना गरेको अन्तर नेपाली फूटबल प्रतियोगिता अति नै रमाइलो बातावरणमा हिजो शुक्रबारको दिन ७ नेपाली टिमहरुको बिचमा सम्पन्न भएको छ ।

कुवेतमा रहेका प्रबासी नेपालीहरुलाई खेलको माध्यमबाट मनोरन्जन दिने उद्देश्यले आयोजना गरिएको उक्त खेलमा ५ पटकसम्म लगातार “माउण्ट एभरेष्ट एम.बि बमजम गोल्ड कप”मा कब्जा जमाएको अल्घानिम टिमको साथै K.P.T.C, S.D.F.C, अल कुवेत, जासिम, पुर्वेली टाइगर र आयोजक प्रबासी समाजले भाग लिएका थिए । बिजेता र उपबिजेता दुबै टिमलाई खसी उपहार राखिएको उक्त खेलको फाइनल भिडन्त भने खेल आयोजक प्रबासी नेपाली समाज र नयाँ टिम पुर्बेली टाइगर बिच हुन पुग्यो । जसमा पुर्वेली टाइगरले टाइगरकै चालमा २-० गोलको अन्तरले बिजेताको उपाधी आफ्नो कब्जामा पार्‍यो भने आयोजक टिमले उप-बिजेताको उपाधी हाँसिल गरेको छ । तर, ५ पटकसम्म एम.बि बमजन कपमा कब्जा जमाएको अल्घानिम टिम र सशक्त मानिने K.P.T.C र S.D.F.C टिमहरुले भने हारको सामना गर्नु परेको छ ।

तामाङ् घेदुङ्ग कुवेतका कोषाध्यक्ष एवं खेल आयोजक (प्रमुख) निर्मल लामासँग खेल आयोजना गरिनु र प्रबासी नेपाली समाजको ’boutमा कुवेतनेपाल डट कमले जिज्ञासा राख्दा यो फुटबल प्रतियोगिता पूर्ण रुपमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले वार्षिक रुपमा आयोजना गर्ने एम.बि बमजन गोल्ड कपको पुर्व तयारी र खेलाडीको शारीरिक तन्दुरुष्टिको लागि आयोजना गरिएको बताउनु भयो भने यस संस्था छिट्टै आधिकारीक रुपमा सार्वजनिक भई सामाजिक कार्यहरुमा जोड दिंदै, सबै नेपाली सँघ-संस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनु भयो ।

के हो पुर्बेली टाइगर टिम ?

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका अध्यक्ष धर्मराज गिरीको कप्तानिमा मैदानमा उत्रिएको पुर्वेली (बाघ) टाइगर टिममा कुनै बेला जासिम टिमलाई जोगाई राख्ने मुख्य डिफेण्डर उदय लिम्बुले मेन दिफेन्डरको जिम्मा लिएका थिए भने क्लबका होनहार युवा सदस्य केशब भण्डारी, जिबन केरुङ र अघिल्लो इसाफसी खेलका नेपाली टिमका गोल रक्षक पश्चिम पोखराका खेलाडी ‘चुम्बक किपर’ नबराज श्रेष्ठ अनी माउण्ट एभरेष्ट एम.बि बमजन गोल्डकपमा एक पटक उत्कृष्ट खेलाडीको उपाधी चुमेका पोखराका खेलाडी जिम गुरुङ र छरिता युवा राज कुमार दाहाल लगायता अन्य खेलाडीको सशक्त टिम बन्यो हिजोको बिजेता । यस्तै फाइनलमा आयोजक पुग्नु र पुर्वेली टाइगर सशक्त बनेर उदाउनु पनि माउण्ट एभरेष्ट क्लवको आगामी गोल्ड कपमा कुन टिमले कब्जा जमाउने हो या अल्घानिमले नै कब्जा कायम गर्न सक्षम हुने हो निक्र्यौल गर्न मुस्किल भएको छ ।

2 responses to “कुवेतको नेपाली फूटबलमा उदाहरण बनेर उदायो पुर्वेली टाईगर

  1. Badhai chha hai “Purbeli Tiger” laai. Ahile ko Mt. Everest M. B. Bomjan Gold Cup pani jitnu parchha. Agrim subhakamana. Alghanim Security Group le jasari 4/5 barsa lagaataar jitera dekhaaunechha bhanne ma ashaarat chhu.

  2. Dnanyabad hajurlaai yati bhannubhayeko maa.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.