अब खाडी मुलुकबाट पनि


 रेडियो कान्तिपुरले स्थापना गरेको नेपाली रेडियो क्षेत्रको ठूलो राशिको पहिलो पुरस्कार शुक्रबार कृष्णा ताम्राकारलाई प्रदान गरिएको छ । १३ औं वर्षगाँठका अवसरमा राष्ट्रिय नाचघर काठमाडौंमा आयोजित समारोहमा कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया र कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्माले ताम्राकारलाई ५० हजार नगदसहित ‘रेडियो कान्तिपुर पत्रकारिता पुरस्कार’ हस्तान्तरण गरेका थिए ।

काभ्रेमा ७० वर्षअघि जन्मिएकी ताम्राकारले २०१८, जेठ १४ गते रेडियो नेपाल प्रवेश गरेकी थिइन् । उनले बताएअनुसार तत्कालीन शाही नेपाल वायु सेवा निगमको जागिर छाडेर हिन्दी समाचार पढ्न उनी रेडियो नेपाल छिरेकी थिइन् । विद्यालयस्तरको शिक्षा पूरा गरेकी ताम्राकारले २०२१ सालसम्म हिन्दी भाषामा समाचार पढेकी थिइन् । राजा महेन्द्रले हिन्दी समाचार हटाएपछि नेपाली भाषामा समाचार पढ्न थालेकी ताम्राकारका ‘रसरङ र ‘हाम्रो वन’ अत्यधिक चर्चित कार्यक्रम थिए । उनी अहिले पनि रेडियोमा कार्यक्रम चलाउँछिन् ।

अध्यक्ष सिरोहियाका अनुसार गत वर्ष घोषणा गरिएको रेडियो पत्रकारिता पुरस्कार स्वतन्त्र निणर्ायक मण्डलले सिफारिस गरेको आधारमा ताम्राकारलाई दिइएको हो । त्यसैगरी अर्को वर्ष ‘राजनीतिभित्रको भ्रष्टाचार’ थिममा आधारित रेडियो समाचार वा रिपोर्टलाई पुरस्कार प्रदान गरिनेछ । यसका लागि देशभरका रेडियोमा यस वर्ष प्रसारण भएका रिपोर्टलाई निणर्ायक मण्डलले छान्नेछ ।

त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड गीतकार किरण खरेललाई प्रदान गरिएको छ । ५० हजार नगदसहितको अवार्ड पाउने ७३ वर्षीय खरेलका ५ सयभन्दा बढी गीत छन् । तीनवटा गीतिसंग्रह पनि प्रकाशन गरिसकेका खरेल २ सयभन्दा बढी नेपाली चलचित्रका पनि गीतकार हुन् । रेडियो नेपालमा एक दशक उद्घोषक पनि रहेका खरेलको पहिलो गीत २०१६ सालमा रेकर्ड भएको थियो । रेडियो कान्तिपुरले यस अवार्डलाई ‘गीतसंगीतको जगेर्नाका साथै रेडियो उद्घोषकको पनि सम्मान’ भनेको छ ।

समारोहमा अध्यक्ष सिरोहियाले ‘ब्रेकिङ समाचारदेखि हेडलाइनसम्मका समाचारमूलक कार्यक्रम रेडियो कान्तिपुरका पर्यायवाची बनेको जनाउँदै संक्रमणकालको राष्ट्रिय जिम्मेवारीलाई ध्यानमा राखेर अघि बढ्ने बताए । श्रोताले मन पराएकै कारण लोकपि्रय बनेको जनाउँदै उनले चाँडै खाडी मुलुकका केही देशमा रेडियो कान्तिपुर मोबाइलबाट सुन्न सकिने बनाउने घोषणा गरे । अनलाइनमार्फत पनि सुनिंदै आएको रेडियो दुई वर्षअघि ‘लाइभ स्टि्रमिङ र पोड कास्टिङ विधिमार्फत साना ग्याजेटहरूमा सुनिंदै आएको छ ।

५२ सालमा सुरु भई हाल देशभरका ६२ जिल्लामा प्रसारण हुँदै आएको रेडियोले समारोहमा पप ब्यान्ड, दोहोरी, आधुनिक गायक/गायिका, गीतकार, संगीतकार, म्युजिक कम्पनी र एल्बमलाई (हेर्नुहोस् बक्स) सम्मान गरेको थियो । गायिका अञ्जु पन्त लगातार ५ वर्ष र गायक राजेशपायल राई तेस्रो वर्ष उत्कृष्टकै सूचीमा परे ।

श्रोताको रोजाइका आधारमा यी विधाका स्रष्टालाई सम्मान गरिएको हो । त्यसैगरी यस वर्ष पनि उत्कृष्ट तीन विज्ञापन कम्पनीहरूलाई सम्मान गरिएको थियो । रेडियोले यस वर्षदेखि उत्कृष्ट महिला लोकगायिका विधामा सम्मान वितरण सुरु गरेको छ । यसले हरेक गीतको रोयल्टी एकपटकको प्रसारणमा १० रुपैयाँ

दिन्छ । नेपाली रेडियोहरूमा चलेको यो महँगो दर हो ।

समारोहमा कान्तिपुर पब्लिकेसन्सका निर्देशक रामेश्वर थापा, द काठमान्डू पोस्टका सम्पादक अखिलेख उपाध्याय, साप्ताहिकका सम्पादक सुवास ढकाल, नेपाल साप्ताहिकका सम्पादक प्रशान्त अर्याल, इमेज च्यानलका अध्यक्ष आरके मानन्धर, कलाकार नीर शाह, राजेश हमाल, करिष्मा मानन्धर, बसुन्धरा भुसाल, ओमविक्रम व्ष्िट, प्रकाश गुरुङ, गायक विकास राना, तेक्वान्दो खेलाडी दीपक विष्ट, धनबहादुर गोपाली, डा. सुवास घिमिरे, झलकप्रसाद खनाल, नवराज भण्डारी, रितेश झा, आरके श्रेष्ठ, दिवेश अग्रवाल, महेश राणालगायतले पुरस्कार वितरण गरेका थिए ।

गत वर्षझैं यसपटक पनि राजधानी र बाहिरका गरी २६ श्रोता समारोहमा सहभागी थिए । रेडियो कान्तिपुरका नियमित ती श्रोता चिट्ठाबाट छानिएका हुन् । तीमध्ये मोफसलबाट ६ जना सहभागी थिए ।

स्याटेलाइट माध्यमबाट भेडेटार, वीरगन्ज, चितवन, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीका स्टेसनबाट प्रसारण भइरहेको रेडियो दुइटा पि|mक्वेन्सीबाट वर्षैभरि चौबीसै घन्टा प्रसारण हुँदै आएको छ । मनोरञ्जनलाई ७५ प्रतिशत समय र बाँकी २५ प्रतिशत समय समाचारसहित सामाजिक, धार्मिक लगायतका सूचनामूलक मुद्दालाई प्राथमिकता दिंदै आएको रेडियोसँग १ लाख ६५ हजार गीत छन् ।

लाखे ब्यान्डको भैरव नाचबाट सुरु भएको समारोहमा पोखराको लेकाली ब्यान्ड, पप गायक दीपेशकिशोर भट्टराई, नलिना चित्रकार, इन्दिरा जोशी, दीपक लिम्बू, प्रमोद खरेल, वीरु लामा, ज्योति मगर, श्रृति सिंह, विनया निरौलाले प्रस्तुति गरेका थिए । करिब तीन घन्टा चलेको समारोह कान्तिपुर टेलिभिजन र रेडियोबाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो ।

उत्कृष्ट

लाइफटाइम अचिभमेन्ट

किरण खरेल

रेडियो पत्रकारिता पुरस्कार

कृष्णा ताम्राकार

म्युजिक कम्पनी

विन्ध्यवासिनी म्युजिक प्रालि

रियाज म्युजिक प्रालि

भाइब्स क्रिएसन

ब्यान्ड

इथोस

एल्बम

वन्ली लभ -वसन्त चौधरी)

गीतकार

दिनेश अधिकारी

संगीतकार

आलोकश्री

पप गायक

निमा रुम्बा

पपगायिका

इन्दिरा जोशी

आधुनिक गायक

राजेशपायल राई

आधुनिक गायिका

अञ्जु पन्त

लोकगायक

कुलेन्द्र विक

लोकगायिका

विष्णु माझी

एजेन्सी

थम्सन नेपाल प्रालि

म्याक्स मिडिया प्रालि

एडी फ्याक्टर

Postde by: Dambar Rimal                                                       Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.