ईन्द्र भुषाल, कुवेत
आज धेरै किन किन बिर्सनेलाई सम्झि रहें
टोलाएर बसि रहें पहिला भन्दा दोधार भएं
केही लेखौं भने पनि पछी लाग्यो भन्छौ भनी
औंला गन्दै सम्झि रहें यो मनमा पिर मानी
मैले सम्झे तिमीले बिर्सेंउ अब दोषी कस्लाई भनौ ?
कती दिन टोलाएर कहिले सम्म औंला गनौ ?
भुल्न सके हुन्थ्यो मैले सम्झनाले मुटु खान्छ
भुल्ने कोशीस गर्न खोज्छु हृदयमा पैरो जान्छ
उस्तै छु म पहिला जस्तै तिम्रो सधैं भर पर्ने
निस्ठुरीले बिर्सदानि सधैभरी माया गर्ने !!
haina Indra ji tapailai kasle testo banayo ra?