प्रबासी नेपाली समाज कुवेतले २५ नोभेम्बरमा फूटबल प्रतियोगिता राख्दै..


जय आले, कुवेत

कुवेतमा नेपाली सँघ-संस्थाहरुको गतिविधि र हरेक क्षेत्रमा संलग्नता बढीरहेको छ । यसै सिलसिलामा अर्को एउटा नयाँ नेपाली संस्था प्रबासी नेपाली समाज युवा क्लबले आगामी २५ नोभेम्बर २०११ शुक्रबारको दिन, महबुल्लाको लतिफा टावरस्थित फूटबल मैदानमा अन्तर नेपाली फूटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आयोजक संस्था प्रबासी नेपाली समाज युवा क्लबका टिम म्यानेजर श्री निर्मल तामाङ्ले प्रकाशनको लागि हामीलाई पठाउनु भएको सूचना जस्ताको तस्तै तल राखिएको छ । स्मरण रहोस्, सोही दिन बिहानको ८.०० बजेदेखी कालीगण्डकी कल्याणकारी समाजको वार्षिक अन्तर नेपाली भलिवल प्रतियोगिता पनि मंगाफस्थित भलिवल मैदानमा हुन गैरहेको छ ।

——————————————

सूचना !! सूचना !! सूचना !!

मिति: २१ अक्टोबर २०११

आदरणीय सम्पूर्ण कुवेतवासी ‘प्रबासी’ नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, खेलप्रेमीहरु साथै खेलाडीहरु; यहि आगामी २५ नोभेम्बर २०११ शुक्रबारका दिन बिहानको समय ठिक ८.०० बजे देखि महबुल्लाको लातिफा टावर नजिकैको फूटबल खेल मैदानमा प्रबासी नेपाली समाज युवा क्लबको आयोजनामा अन्तर नेपाली फूटबल प्रतियोगिता हुन गैरहेको कुरा सहर्ष जानकारी गराउन चाहन्छौ । साथै, उक्त प्रतियिगितामा यहाँहरुको उपस्थिती एवं सहभागीताको लागि हार्दिक अनुरोध समेत गर्दछौं ।

यस प्रतियोगिता सम्बन्धी थप तथा अधिक जानकारीको लागि सम्पर्क:

निर्मल तामाङ् – टिम म्यानेजेर, मोबाईल नं. ५५८४५३३७
पुष्प कुमार राई – टिम कप्तान, मोबाईल नं. ५५४६१७१६

धन्यवाद,

आयोजक,
प्रबासी नेपाली समाज युवा क्लब, कुवेत

4 responses to “प्रबासी नेपाली समाज कुवेतले २५ नोभेम्बरमा फूटबल प्रतियोगिता राख्दै..

  1. thank you very much from pravasi nepali youth club for publishing this topic on this site.

  2. bhaliball ra football same date and time hune vayo yasari brihat pratiyogita nai rakhne ho vane arko date ma rakhnu vako vaye sunma sugandha hune thiyo,

  3. dear bro nirmal , prabashi nepali samaj kuwait ko football team manager ma karerat hunubhayeko ma dherai dherai hardik shubha-kamana

    your dear bro

    DHONDUP LAMA
    KUWAIT HAWALLY

  4. nirmasl bro yo news publish garnu bhayera sabailai suchit hune mouka dinu bhayeko ma thanks ra yo game ma sabai kuwait basi sathi haru sahabhagi bhai dinu bhaye khel ko sobha aja badni thiyo ra bomjan cup ko lagi khel aja stareya hune thiyo

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.