अल्घानिम सेक्युरिटी कम्पनीका नेपालीहरुले देखाए मानवताको उदाहरण


ईन्द्र भुषाल, कुवेत

अपाङ्ग चेलीहरुको लागि २२ हजार नेपाली सहयोग सन्कलन:
पर्वत जिल्लाको रानीपानी गाबिस का ५ अपाङ्ग नेपाली चेलीहरुलाई सहयोगको बातावरण जतासुकै बन्दै गएको अवस्थामा कुवेतको नेपाली ईतिहासमा खेलकुद क्षेत्रमा निकै चर्चामा रहेको अल्घानिम सेक्युरिटी ग्रुपमा कार्यरत नेपालीहरुले अनौपचारिक देउसी-भैलो कार्यक्रम गरी आफ्नो कम्पनीमा कार्यरत नेपालीहरुबाट अपाङ्ग चेलीहरुको लागि के.डी ७५ लगभग २२ हजार नेरु. सहयोग जुटाएका छन ।

एउटै घरका ५ अपाङ्ग नेपाली चेलीहरुलाई बिजया दशमीको टिका ग्रहण कार्यक्रममा सन्कलित रकम र माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको चौथो वार्षिक बनभोज कार्यक्रममा बिशेष पहल गरी जुटाईएको रकम सँगै अल्घानिमबाट प्राप्त सहयोग रकम पनि सँगै नेपाल पठाउने कार्यक्रम तय गरिएको छ भने रकम हस्तान्तरणको लागि नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता लक्ष्मी पौडेल र क्लबका प्रमुख संरक्षक बाल कुमार गुरुङसँग बारम्बार संपर्क भएको छ ।

अल्घानिमबाट सहयोग जुटाईएको समाचार माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सुरक्षा बिभाग उपप्रमुख जितेन थिङले जानकारी दिदै मानबियतामा पनि हामी एउटै डुंगामा सवार हुनुपर्छ भन्ने उदेश्यले यो कार्य गरेको जानकारी दिनुभयो भने उक्त रकम पहिला उठाइएको रकम सँगै पठाउने योजनामा रकम सन्कलनमा बिशेष भूमिका खेल्ने सबैको सहमती भएको र अझै केहीले रकम सन्कलन गर्दै गरेको र सहयोग गर्न इच्छुक रहेको पनि जन-प्रगतिशिल मञ्चका अध्यक्ष कुमार झापालीले बताउनु भएको छ ।

One response to “अल्घानिम सेक्युरिटी कम्पनीका नेपालीहरुले देखाए मानवताको उदाहरण

  1. well done to security group Alghanim.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.