Daily Archives: 21/11/2011

अल्घानिम सेक्युरिटी कम्पनीका नेपालीहरुले देखाए मानवताको उदाहरण


ईन्द्र भुषाल, कुवेत

अपाङ्ग चेलीहरुको लागि २२ हजार नेपाली सहयोग सन्कलन:
पर्वत जिल्लाको रानीपानी गाबिस का ५ अपाङ्ग नेपाली चेलीहरुलाई सहयोगको बातावरण जतासुकै बन्दै गएको अवस्थामा कुवेतको नेपाली ईतिहासमा खेलकुद क्षेत्रमा निकै चर्चामा रहेको अल्घानिम सेक्युरिटी ग्रुपमा कार्यरत नेपालीहरुले अनौपचारिक देउसी-भैलो कार्यक्रम गरी आफ्नो कम्पनीमा कार्यरत नेपालीहरुबाट अपाङ्ग चेलीहरुको लागि के.डी ७५ लगभग २२ हजार नेरु. सहयोग जुटाएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

प्रबासी नेपाली समाज कुवेतले २५ नोभेम्बरमा फूटबल प्रतियोगिता राख्दै..


जय आले, कुवेत

कुवेतमा नेपाली सँघ-संस्थाहरुको गतिविधि र हरेक क्षेत्रमा संलग्नता बढीरहेको छ । यसै सिलसिलामा अर्को एउटा नयाँ नेपाली संस्था प्रबासी नेपाली समाज युवा क्लबले आगामी २५ नोभेम्बर २०११ शुक्रबारको दिन, महबुल्लाको लतिफा टावरस्थित फूटबल मैदानमा अन्तर नेपाली फूटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

संस्कृति सिक्न नेपालमा


थाई बालक एघार वर्षीय मेथासित फामी (मेधासिद्धि गौतम) मजाले थाई भाषा बोल्छन् । थाइल्यान्डको मुख्य पर्यटकीय थलो फुकेटका यी बालक आफूसँग थाई-अंग्रेजी शब्दकोश राख्छन् । तर उनी थाइल्यान्ड छाडेर नेपाली/अंग्रेजी भाषा र संस्कृतिको अध्ययन गर्न नेपाल आएका हुन् । ‘त्यहाँको विद्यालयमा नेपाली भाषा पढाइ हुन्न, थोरै अंग्रेजी पढाउँछन्,’ बालकुमारीस्थित हिन्दु विद्यापीठमा कक्षा-४ मा अध्ययनरत उनले भने, पढ्नेक्रम जारी राख्नुहोस्

नेता (गजल)


इन्जिनियर राकेश कार्की, लस एन्जेलस्


जताजता फाईदा छ उताउता ढल्कीदिन्छु
कुर्सी के चाखेथेँ घरी घरी पल्कीदिन्छु

मीठा मीठा सपनाका ताजमहल देखाएर
जनताअघि जनताकै हुँ जस्तोगरी झल्कीदिन्छु पढ्नेक्रम जारी राख्नुहोस्

राहदानीमा तस्बिर परिवर्तन गरी कुवेत पुगेकी युवती फर्काइए


केपी ढुंगाना, काठमाडौं, मंसिर ५ -अर्काको राहदानीमा आफ्नो तस्बिर राखेर कुवेत पुगेकी अञ्जली मोक्तान पक्राउ परेकी छन्। बुद्धिमाया घलेको नाममा जारी सक्कली राहदानीमा तस्बिर फेरेर कुवेत पुगेकी उनलाई कुवेतको नेपाली दूतावासले नेपाल फर्काएको हो। आइतबार त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले उनलाई पक्राउ गर्‍यो। पढ्नेक्रम जारी राख्नुहोस्

वेलायतमा तेश्रो कपिलवस्तु दिवस कार्यक्रम


रामकुमार श्रेष्ठ, युके   

१७ नोभेम्बर, लण्डन । लन्डनस्थित नेपाली दूतावास हाताभित्र तेश्रो कपिलवस्तु दिवस कार्यक्रम मनाइको छ । २००९ देखि कपिलबस्तु दिवस विश्व दिवसका रुपमा मनाउन शुरु गरिएको हो । प्रत्येक डिसेम्बर १ र बिभिन्न देशमा आ-आफ्नो समयानुकुल सो दिनको आसपासमा कपिलबस्तु दिवस मनाउने गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

उदेश्य बोकेका युवाहरु !


चुगेन्द्र ताम्ली, साउदी अरब


कानमा रुवा खाँदेर
बोलिका गोलीहरु चलाउँदै
बसेका छन् ति पाखण्डीहरु
सरकारी कुर्सीमा.. पढ्नेक्रम जारी राख्नुहोस्