धन कमाउने सपना (वियोगान्त प्रेम कथा)


जानकी जानु,  कुवेत

झुपडिकै बास भए पनी छहारी मिलेकै थियो, खोले फाँडो भए पनी पेट भरिएकै थियो । त्यो दिन थियो जुन दिन धन पैसाको लालचमा लाग्दा जिन्दगी किनाराले छाडेको बगर जस्तै भयो । मिठो सपनाको संसारमा डुब्दा त रमाईलो हुन्छ, सपनाको धाजामा खुट्टा टेक्दा त्यो दलदलमा भासीए पछि जिन्दगी अर्थहिन बन्न पुग्छ.. आज मेरो ब्यथा भनौ या धन पैसा कमाउने सपना बोकी बिदेश लाग्नेको कथा भनौ त्यस्तै भएको छ ।

उमेश मेरो जिबन साथी हो । हामी दुईको बैवाहीक जिवनपछि हाम्रो घर दु:ख सुख चली राखेकै थियो । अचानक उमेशलाई बिदेश जाने सोंच आयो, दिनको उज्यालोलाई छल्दै रातको अँधेरीले पच्छाएको थियो । बेलुकाको खाना खाईसकेपछि सँधैजसो टेलीभिजनमा हुने प्रसारणहरु हेरीन्थ्यो, उमेश केही भन्न लागे जस्तो गरी मलाई एकोहोरो हेरी रहे । उमेश के भयो हजुरलाई, आज किन यसरी हेरीरनु भाको ?
उमेश: सपना तिमिसंग केही कुरा गर्नु थियो, तिमी नरिसाउने भए मात्र भन्छु ।
– त्यस्तो के कुरा हो र आजसम्म हामी दुई बिच लुकेर बसेको आजसम्म हजुरको कुनै कुरामा रिसाएकी छु र ?
उमेश: सपना गाँउ घरको उकाली ओरालीमा कति कुटो कोदालो बोकेर हिड्ने ? जिन्दगी चलाउन पनि गाह्रो भयो तिमीलाइ पनी कहिले सुख दिन सकिन, म पनी बिदेशतिर लागौकी भनेर चाडपर्ब आउँदा पनी तिम्रो गुनीयो चोलो फेर्न सकीन, मेरो जिन्दगीमा आएर तिमीले धेरै दु:ख पायौ सपना ।
– कस्तो कुरा गर्नु भएको हजुर ? मेरो सुख भनेको नै हजुर हो अनी हजुरलाई प्रदेशको खाडीमा पठाएर म कसरी खुसी रहन सक्छु ? जसोतसो गुजरा चलेकै छ बिदेशमा गएर बगाउने पसिना यही आफ्नो मातृभुमिमा बगाए यही सुन फल्छ, यहि राम्रो हून्छ ।
उमेश: सपना त्यसो होइन एक दुइ बर्षको कुरा हो त्यसपछी त यहि कुनै सानो बिजनेस गरेर बसौलानी । उमेशको जिद्दिले गर्दा मैले रोक्न सकीन, बिहानीको मिर्मीरेसंगै उमेश प्रदेश जाने साइतमा निस्कीनु भयो । आँखाबाट झरेका आँशु लुकाएर बिदा गर्छु भन्दा आँशु लुकाउन किन सक्थे र ? आफ्नो प्राणलाई पराईको मुलुकमा पठाउनु पर्दा धर्ती भाषिए जस्तो भयो । उमेश: सपना नरौउ न तिमी यसरी, म नर्फकने गरेर जान लागेको त कहाँ हो र केही बर्षपछि फर्केर आउँछु नि ।

सपना: कसरी रोकौं यि मेरा आँशु बिदाईको बेलामा
कसरी जानु भनौं र प्यारा बिदेशी मुलूकमा ?
उमेश: गहमा आँशु नराख्नु प्यारी बिदाईको बेलामा
फर्केर फेरी आउँनेछु प्यारी म तिम्रै काखमा !
सपना: कस्तो रैछ धनपैसा पनि छुटायो हामीलाई
बिदाईको बेला रोकीन्न आँशु के भनुँ हजुरलाई ।
उमेश: पसिनासंग धनपैसा साटी फर्केर आउँलानी
हाँसेर बिदा देउ मलाई प्यारी पुग्नु छ मुग्लानी !
उमेशलाई चाहेर पनि रोक्न सकीन, हेर्दाहेर्दै भन्ज्याङको डाँडा पनी काट्नु भयो प्रदेश पुगेको महिनौसम्म पनी केही खबर आएन । जाउँ त काहाँ जाउँ भनौ त कस्लाई भनौ न चिठ्ठी आँउछ न फोन न कुनै खबर ? केही थाहा भएन प्रदेश लाग्नु भएको मेरो हजुरको राह हेर्दाहेर्दै पाँच/छ महिना बितीसक्यो । दिन के रात के रोएर नै महीना बित्यो आँशुले सिरानीमा खाटा बस्यो तर पनी कुनै खबर छैन, खोज्नको लागि पनी कहाँ जाउँ ? मेनपावरले पनी केही जवाफ दिदैन, आज गरिबीले गर्दा मेरो हजुरलाई म बाट टाढा बनाई दियो, कही मेरो हजुर फर्केर आउने बेलासम्म पनी मैले आफ्नो प्राण बचाइ राख्न पनी सक्दीन कि जस्तो भयो । समयले छल गरे जस्तै एक बर्षपछी चिठ्ठी हात पर्यो । हतार गरी पत्र खोले आँशुले पत्र भिज्न थाल्यो मुटुभित्र गाँठो परि सास रोकीए जस्तो भयो, अब के गरु काहाँ जाउँ पत्रले बोलेको जवाफ मेरो हजुरको हालत कस्तो छ थाहा छैन मुटु नै चिरीने चिठ्ठी आयो । उमेश: मेरी प्यारी ह्रिदयकी रानी तिम्रो सम्झनामा यो रेगिस्तानमा पलपल तड्पी बाँचेको छु । भन्ने गर्थ्यौ प्यारी बिदेश नजानु, बिदेशमा धन पैसा कमाउन सजिलो हुन्छ भनी आएको थिएं तर मृत्युको ओछ्यान बनाई सुतेको छु, थाहा छैन कहिले कति खेर यो संसार मेरो आँखा अगाडी निष्पट्ट हुने हो थाहा छैन सपना..!!

मरे भने हुनेछु प्यारी मृत्युको साथमा
बाँचे भने फर्कौला प्यारी म तिम्रो काखमा !
पिउन पनी पाईंदैन पानी जंगलकै हुन्छ बास
आधा खबुश खाएर प्यारी धान्नु पर्छ सास !
सपना बोकी आएको प्रदेश धन पैसा कमाउन
तिम्रो र मेरो सपनाको संसार सानो घर बनाउन !
झर्लक्क याद आयोनी प्यारि मुना र मदनको
संसारले आँखा चिम्लीन्छकी प्यारी भर छैन जिबनको !!
मेरो हजुरको पत्रले मन छियाछिया भयो । आज दैबले म माथी कस्तो खेल खेल्यो फेरी पनी एउटा झिनो आँसा सानो पत्रमा म मेरो हजुरलाई घर फर्कने आग्रह गरें, मेरो हजुर ! हजुर बिनाको मेरो जिन्दगी कुनै अर्थ छैन ढुङ्गा गिटी फूटालेर भए पनी जिन्दगी गुजारौला आफ्नो देशमा फर्केर आउनुस्, हजुरकी सपना हजुर फर्केर आउने बाटो हेरेर बसिरहेकी छे । कतै मुनाले झै मदनको पर्खाईमा हजुरकी सपना यो संसार देखी बिलौना हुने हो की ? थाहा छैन प्यारा एक मुठी सास बचाई राख्न हजुरकी सपनालाई गाह्रो भएको छ, हजुरको पर्खाईमा उदासी सपना ।
दिनरात मेरो रोएर जान्छ हजुरको यादमा
फर्कने बाटो हेरेर बस्छु गोधुली साँझमा !
हजुर बिना उजाड लाग्छ यो संसार मलाई
कसरी प्राण धानौ र प्यारा हजुर आउन्जेल सम्मलाई ?
चाहिंदैन मलाइ बिदेशको धन हजुर भए हुन्छ
जुनिजुनी हजुर मेरो साथ भए बि पुग्छ !!
हो प्यारा हजुर मेरो खुशि हो, जतिसक्दो चाडो घर फर्की आउनु एक पत्रको आधारमा चिठ्ठी आदान प्रदान भयो त्यसपछी कुनै खबर आएन साँझपख आगनमा कोही आई उभियो, त्यो अरु कोही नभई उमेशको साथी थियो । उमेशको साथीले बताए अनुसार जंगल भित्र भेँडा बाख्रा चराउने र चर्को घाँमको तापमा जलेर काम गर्नु पर्ने पिडा कस्लाई भन्नु छ र ? मेनपावरबाट पनी इन्जिनीएर भनी भिषा निकालीएको थियो तर कम्पनिमा पुगेपछी जंगलभित्र खटाइएको भन्दा झनै गारो भयो मेरो प्यारालाई कसरी घर फर्काउने म सँग कुनै माध्यम थिएन, अरु कुनै उपाए थिएन उहि पत्रको आधारमा घर फर्कने बिन्ती गरे, कुनै जवाफ आएन । आज भन्दा भोली हुँदै मेरो निराशमा जलेको दियो पनी निभ्न लागि सक्यो, थाहा छैन कतिखेर कुनबेला निभ्ने हो त्यो दैबलाई नै थाहाँ छ ।
बिरानो त्यो प्रदेशमा आफ्नो कोई छैन
फर्की आउनु मेरो प्यारा अब बस्न हुन्न !
मेरो पनी हालत त्यस्तै हजुर बिना यहाँ
जिन्दगी नै गोरेटो हो सुख छ र कहाँ !
हो लक्ष्मी प्रसाद देबकोटाले भने झै “हातका मैला सुनका थैला के गर्नु धनले.. साग र सिस्नु खाएको बेस आनन्द मनले” हो हजुरसंगै बसेर खोले र फाँडो खाएकै बेस हुन्छ । आज के पायो र प्रदेशको धनले मनमा अशान्ती बिमार हुँदा पनि छैउमै बसी पानी दिन नपाउँदा मुटुमा छियाछिया भएर आउँछ हो हजुर मिलनको दियो बाली हजुरको पर्खाईमा बसेकी छु, हजुरकी सपना ।

उमेश: तपाईंको मायाले भरीएको पत्र पाउँदा आँखा भरिएर आयो, मेरी प्यारी के गर्नु प्रदेशको ठाउँ मनखुसीले घर फर्कन नपाईंदो रहेछ, तिमले भने झै छिटो घर फर्कन पाए एक मुठी सास तिम्रो काखमा जानी थियो । खै सपना यस्तो लाग्छ मर्ने बेलामा एक मुठी पानी दिने पनी कोही हुँदैन जस्तो लाग्छ । मेरो ज्यान रेगिस्तानको तातो हावाले खाई सक्यो, सपना जिन्दगीमा तिमीलाई सुख दिन सकीन, हुनसक्छ भने मलाई माफ गरिदेउ । तिम्रो फूलजस्तो यौबनलाई सुर्यको तापले डसे जस्तो बनाई दिएं । कताकता खुसी पनी लाग्यो हाम्रो मायाको चिनो हुर्केको सुन्न पाउँदा, खुसी लाग्यो ।

बाँचेछु भने फर्केर आउँला त्यो मुना हेर्नलाई
गौरबको साथ उच्च शिर पारी मेरो नाम दिनलाई !
म फर्की आउन सकिनं भने कोपीला फूल्न देउ
खै बाबा भनी सोधेछ भने चन्द्रमा देखाई देउ !
न रुनु प्यारी बैरीको सामु आफ्नो शिर झुकाई
राख्नु मेरो तस्बिर प्यारी छातीमा लुकाई !
दैबले खेल रचेछ कस्तो कसलाई पो थाह छ र
जिन्दगी प्यारी दुई दिनको पाहुना कस्को पो भर छ र ?
हो प्यारी जिन्दगी यो धर्तीमा दुई दिनको पाहुना हो आफ्नो मनलाई बलियो गाठो पार्नु पर्छ । कहिले पनी कमजोर नपर्नु नुन पानिको शरीर हो दैबले दया देखाएछ भने म अबश्य फर्केर आउनेछु, उही तिम्रो दिलको राजा..!!

उमेशको अन्तिम पत्र थियो त्यसपछि कुनै खबर आएन महिना बिती सक्यो, पेटमा हुर्केको कोपीला पनी फुल्न थाल्यो, बाबुको नाम दिने बेलामा बाबुको कुनै पत्तो छैन । चार पाँच महिनाको अन्तरमा चिठ्ठीमा धाँगो बाँधिएर आयो, रेगिस्तानको तापले मेरो हजुरको ज्यान खायो, दैबले म माथी ठुलो खेल खेल्यो, मेरो खुशि म बाट छिनी दियो, मेरो रुपको श्रींगार उजाड बनाई दियो, प्रदेशको धनले मेरो खुशि मेरो घर उजाड बनाई दियो । मर्न पनी सक्दिन किनकी उमेशको चिनो मेरो सन्तान बनेको छ, दैबले मेरो खुशि माथी आँखा गाड्यो, मेरो जिन्दगीको घर उजाडी लगिदियो । रुँदारुँदै म बेहोश हुन पुगेछु, काखमा रहेको कलिलो मुना रुन थाल्यो बिचरा के बोल्न सक्थ्यो र ? ति कोमल हात पाउले मलाई घच्घचायो उस्को रुवाईले म फेरी होशमा आएं, आफ्नो मनलाई आफैले सम्झाएं, म मेरो बच्चाको लागि भए पनि बाच्नुपर्छ तर थाहा छैन अझै पनि मेरो मनले उमेश फर्की आउँछ भनी खोक्रो आशा बोकी बाँचेकी छु । मेरो साथमा उमेशको नासो छ उमेशले नाम दिनुपर्छ “हे दैब मेरो उमेश म तिर नै फर्काई देउ मैले मेरो बच्चालाई उसको बाबुको नाम दिनु छ”

फूल बिनाको डाली भएकि छु
पखेंटा बिनाको चरी भएकि छू !
घर बिनाको संसार जिएकी छु
प्यास मेटाउन आफ्नै आँशु पिएकी छु !
मलाई पनी लैजाउ प्यारा जहाँ तिमी त्यही
यो धर्तीमा खुशि छैन तिमी बाहेक कही !
मेरो राजा किन मलाई छोडी गयौ भन
तिमी बाहेक रम्दैन कतै पनी मन !
कस्तो रैछ प्रदेश त्यो छिनी लग्यो उसलाई
प्रदेशले भेटी राख्यो मेरो हजुरलाई !!
न त पाएं मैले खुशि न त पाएं जीबन
मेरो खुशी छिनी लग्यो खुशी छैन यो मन !!
सारी छोड्यौ बिउ तिमले हुर्कीसक्यो आज
छुनमुन गरि आगानीमा नाच्छ मेरो माझँ !!
तोते बोली सुन्न प्यारा फर्की आए हुन्थ्यो
आँगनीमा छुनमुन गरि बाबा भनी छुन्थ्यो !!

एकान्तमा बसि मन बर्बराउँछ, कतैबाट सपना भनी आँखा छोपे जस्तो लाग्छ अनी झसङ्ग हुन्छु फेरी फोटो हेरी रुन थाल्छु । प्रदेशमा धन कमाउन गएको उमेशलाई आज प्रदेशले नै आफ्नो बनायो । मेरो पास पठाएन, मेरो जिन्दगीको दु:ख मेरो व्यथा अनि कथा बन्यो ।

जानकी जानु
दर्गाउँ-८, खैरेनिटार, तनहुँ
हाल: कुवेत
jb_janu@yahoo.com

Advertisements

18 responses to “धन कमाउने सपना (वियोगान्त प्रेम कथा)

  1. hello madam tapaiko ta dalley story padhna paina thalyo nee; thanks nice story.

  2. it’s much interesting.
    best of luck.

  3. Hellow didi namaskar
    didi hajeur ko pream katha parera malai sarai manpareyo didi peri pani hamilai katha parne maukka dinuhola .thanks

    Ma shyam rana gulmi
    hal kuwait city

  4. januka sister ati nai ramro chha thanks

  5. januka sister timro babana lai salam gharna chahan chhu a ti u tam b char 6 timro thanks sister

  6. Januka ji ekdamai raamro chha. Yathaartaharu ajhai misaaune kosis garnu hola. Keep it up……

  7. JB ji tapaile lekhnu vako katha sarai ramro chha. katha padhera dherai khusi lagyo. aaune dinharuma pani lekhdai garnu hola.(best of luck0

  8. hajur ko katha ek dam ramro 6 ra hamro dukhha dekhaauna khojnu bhayako 6. malai dharai man paryo.

    kuwait city
    kuwait

  9. so passion gr8 story.

  10. good story

  11. तपाइे भग्नु भएको पिडा बिदेशीएका महिलाहरूले पनि भोगि रहेका छन यो तपाइको लेखले प्रायः महिलाहरूलाइ सचेत एवं हाम्रो देश प्रतिको माया हुने छ …………………………………

  12. Sararai ramro xa tara yesto kahani ahile hakiqat ma vairaheko.bt nice story.sister.going ahead.

  13. धन्यवाद सम्पूर्ण साथीहरू हजुरहरुको मिठो प्रतिक्रिया को म अति आभारी छु सधै यसरी नै साथ दिनुहुन्छ भन्ने अपेक्षा मा छु हजुरहरुको दिन शुभ रहोस्

  14. Mapani 16 Barsha Kuwait ma bitai aeko hunda katha very much interesting lagyo !

  15. अर्जुन अभिषेक

    सार्‍है मार्मिक शब्द हरु पोख्नु भएको छ जानकी जी
    भबिष्यमा अझै समय सान्दर्भिक र मार्मिक शब्दहरुले ओतप्रोत भएका रचना हरु पोष्ट गर्नु होला र शब्दहरूमा कतै कतै त्रुटी छन जस्तो लाग्यो र पुर्णबिराम र अल्पबिराम को पनि अलि ख्याल राख्नु भए अझ सुनमा सुगन्ध हुने थियो ।

  16. हेलो जानकी जि हजुरको पेरेम कथा पढेर।सारै मन पर्यो पेरेम पेरमिका।
    को मन छुने कथा छ।
    आगामी दिनमा पनि यस्तै कथाहरू
    लेख्दै जानू होला।
    धन्यवाद।

  17. जानकी जानू दर्लामी

    मैले लेखेकी यो धाराबहिक कथा पढेर साथ हौसला दिनुहुने सम्पुर्ण मेरा प्यारा साथीहरू प्रती आभार कृतज्ञता राख्दाछु आगामी दिनहरुमा पनि यसरिनै तपाइहरुको साथ पाउने आशामा छु धन्यवाद

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )